कांग्रेसको माहाधिवेशन र नेतृत्व चयन

२६ असार २०७८, शनिबार

नम्रता बराल

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तालिका प्रकाशन पश्चात अहिलेको जल्दोबल्दो मुद्दाको रूपमा आएको मुद्दा हो । युवाहरू नेतृत्वमा आउनु पर्छ, यो निकै राम्रो मुद्दा हो यसले देशलाई अग्रगमन तर्फ लैजान्छ । नेतृत्वको सवालमा यहाँ राजनीतिमा युवाको नेतृत्वमा केन्द्रित रहेर केही कुरा राख्न चाहन्छु । केही दिन यता विश्व सामाजिक सञ्जालमा गर्मागर्मी बहसको बिषय नेतृत्वको उमेरलाई लिएर भइरहेको छ ।

नेतृत्वमा युवा खोजिरहेका हामीले उमेर र क्रियाशीलता केलाएर हेर्दा सक्षम नेतृत्व उमेर समुहले भन्दा पनि विद्वता,कौशलता, लगाव, त्याग, निष्ठा, र कार्य गर्ने शैलीमा निर्भर रहने देखिन्छ । उमेर भन्दा पनि एजेन्डा विचार राजनीतिमा प्रधान मानिनु पर्छ भन्ने लाग्दछ मलाई । हामीले सम्पन्न गरिसकेको पार्टीको १३औं अधिवेशन र सघीयता पछिको आम निर्वाचनलाई निहाल्दा संघीय संसदमा, प्रदेश सभा, केन्द्रीय समिति लगायत जिल्ला तथा क्षेत्रीय समितिहरूमा सबै तिर धेरै युवा साथीहरूको प्रतिनिधित्व देखिन्छ तर गहिरिएर हेरौ सोचौं युवा साथीहरूले प्रतिनिधित्व गरिरहनु भएका क्षेत्रहरूमा समेत नतिजा सन्तोषजनक भेटिएन ।

 

उल्लेख्य परिवर्तन किन आएन ? एकमात्र कारण गुट को राजनीति । सबै गुटको मतियार बने, आफ्नो सोच, चेतनालाई बन्धक राखेर कार्य गर्दा उत्साहजनक सफलता हात परेन । अब त्यता तर्फ फर्केर हेरौं अहिले नेतृत्वमा हामी उमेरले युवा खोज्दै छौ कि विचारले युवा ? सोच्ने, केलाउने बेला आएको छ । सोचमा अरुको भारी बोक्ने आफ्नो कुनै निर्णय क्षमता नभएको व्यक्ति उमेरले युवा हुँदैमा कुशल नेता बन्छ भन्नु गलत साबित भएका उदाहरण हामीले देखिसकेका छौं । यो मानेमा पनि अबको हर नेतृत्व तहमा स्पस्ट धारणा भएको पार्टीप्रति चिन्ता र चासो दिने, दुरदर्शी सोच, आफ्नो भिजन लागु गर्न सक्ने कुशल नेतृत्व चुन्नु र चुनिनु आवश्यक देखिन्छ  ।

नेतृत्वमा युवा पुस्ता नै किन

समग्र परिवेशलाई निहालेर हेर्दा नेतृत्वमा युवाहरू अगाडि बढ्नु पर्ने अपरिहार्य देखिन्छ । युवा कसलाई मान्ने भन्नेमा नेपालको कानुन अनुसार १६-४० वर्ष उमेर समुहका व्यक्तिलाई बुझाउँदछ जसको प्रतिशत ४०-३ देखिन्छ यो निकै ठूलो उत्पादन समूह हो जसलाई हामी द्यष्ययिनष्अब िरुपमा बुझ्न सक्छा । युवा हुनको लागि यो मात्र प्रयाप्त भने होइन केही जेनेटिक आधार पनि छन् । जसले युवालाई पुष्टि गर्दछ तर याँहा त्यति धेरै सुक्षम रुपमा नजाउ यति बुझौ कोही  व्यक्ति ३०-४० बर्षको उमेरमा नै निस्क्रिय जीवन बाँचिरहेका हुन्छन् भने कोही ६०-७० वर्षमा पनि नयाँ केही गर्ने हुटहुटिमा । जो व्यक्ति विचारमा युवा हुन्छन् तिनै व्यक्ति नै सफल नेता मानिन्छन । नेतृत्व लिनु भनेको चिया गफमा गफ गरे जस्तो सजिलो पक्कै पनि छैन ।

उमेरले मात्र युवा हुदैमा सबैले नेतृत्व वहन गर्न सक्छन भन्ने पनि हुँदैन । उमेर धेरै हुदैमा समाल्न नै नसकिने भन्ने पनि छैन केलाएर हेर्दा उमेर समूह भन्दा पनि व्यक्तिको सोच, ब्यबहार, जोश, जागर, इमान्दारिता,नैतिकता, दुरदर्शिता र कार्य योजना भएका व्यक्ति नेतृत्व मा स्पस्ट लक्ष्य र उदेश्य अनुरुप अगाडि बढेमा सफल हुने देखिन्छ । तसर्थ युवामा जस्तै जोस, जागर, उत्साहले परिपूर्ण व्यक्ति नै वर्तमान समयका संवाहक हुन् । नेतृत्वले समाजको आवश्यकता समय अनुसार बुझेर सो अनुसारको विचार विकास गर्ने क्षमता राख्न सक्नु पर्दछ ।

पुरानो सोचमा युगान्तकारी परिवर्तन ल्याउन युवाहरू सक्षम हुने हुँदा नेतृत्वको हरेक क्षेत्रमा युवा सहभागिता उल्लेख्य रहनु पर्छ । यसो भन्दै गर्दा काम गर्ने तत्परता, लगनशीलता बोकेर लक्ष्य र उदेश्य मा दृढ रुपमा अगाडि बढने क्षमता भएका व्यक्तिलाई नेतृत्व लिन उमेर संख्या बाधक बन्नु हुदैन भन्ने बुझ्नु पनि आवश्यक छ ।

कांग्रेस नै किन

जननायक बी पी कोइरालाले परिकल्पना गरेको कांग्रेस देशको मूल स्तम्भ बनेर रहेको छ । देशमा हुने हर साना ठूला परिवर्तनमा काँग्रेसको अहम भूमिका रहेको देखिन्छ । राजनीतिक पार्टीको प्रमुख उदेश्य आफु प्रति जन विश्वास निर्माण गर्नु हो । पार्टीले लिएको सिध्दान्त अँगालेको विचार हेरेर नै जनताले पार्टीप्रति आफ्नो धारणा बनाउने र विश्वास गर्ने गर्छन् । विशेषतः जनताले निम्न तीन आधारमा राजनीतिक पार्टीलाई हेरेर आफ्नो दृस्टीकोण बनाउछन् ।

क- पार्टीको निर्णय प्रक्रियामा आफ्नो सहभागिता,

ख- पार्टी तथा पार्टीका नेताहरूले देश र जनताको पक्ष्यमा पुर्याएको योगदान,

ग- पार्टी नेतृत्वको कार्य क्षमता र इमान्दारिता ।

यसरी हेर्दा नेपाली कांग्रेस पार्टीले अबलम्वन गरेका आधार देशमा रहेका अन्य राजनैतिक पार्टीका भन्दा अब्बल रहेका कारण नै यो पार्टी स्थापना काल देखि जन मानसमा गहिरो प्रभाव पार्न सफल देखिन्छ । नेपाली काँग्रेसले इतिहासको लामो काल खण्ड देखि निरन्तर आफ्नो प्रभाव जमाइरहेको छ जनताको विश्वास र वाह्य जगतको समेत ध्यानाकर्षण गरेको देखिन्छ । यो यसै सहज भएको भने पक्कै होइन । बी पी देखि शुशील दा, मगला मा देखि सैलजा दि लागायत सम्पूर्ण हाम्रा अग्रज नेता हरूको त्याग तपस्या, बलिदान,सघर्ष,कार्यकर्तामा उत्प्रेरणा र निरन्तरको गतिशीलताले नेपाली कांग्रेसले कार्यकर्ताको मात्र नभई जनताहरूको मन जित्न सफल रहेको हो तर यहि सतिसाल बनेको कांग्रेसको साख केही समय यता स्खलित हुदै आएको छ । राजनीतिको मेरुदण्ड रहँदै आएको काँग्रेसका उक्त आधार स्तम्भ हाल आएर जनमानसवाट हराउदै जान थालेका छन् । भत्किदै जादै छन् यसमा दोषी को ?

कांग्रेसमा महिला सहभागिता :

नेपालको संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेको छ । संसदमा सभामुख वा उपसभामुख मध्ये एक मा महिला हुनु पर्ने ब्यबस्था गरेको छ ।  त्यसै गरि स्थानीय तहमा गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमा एक, नगरपालिकामा मेयर वा उप( मेयर मध्य एक महिला हुनै पर्ने ब्यबस्था गरेको छ तर नेपाली कांग्रेसको आफ्नो पार्टी विधानमा महिला प्रतिनिधित्व नेतृत्वमा पुर्याउन आरक्षणको ब्यबस्था छैन जब कि नेपाली काँग्रेस लोकतन्त्रमा बिश्वास गर्ने मासबेश पार्टी हो । नेपाली काँग्रेसले समावेशी सिद्धान्त अगालेको छ ।

महिलाहरू राजनीतिमा अग्रसर बनाउनको लागि समानुपातिक कोटा निर्धारण गरेको छ भने स्थानीय निकायमा ४० प्रतिशत महिला सुनिश्चितता गरेको छ । वडा देखि क्षेत्र, जिल्ला, प्रदेश,माहाधिवेशन, महासमिति सबैमा महिलाको निम्ति उदार रहेको काँग्रेस किन नेतृत्वमा महिला प्रतिनिधित्व गराउनको लागि चुक्यो,के पार्टी भित्र नेतृत्वमा पुग्न योग्यता भएका महिलाहरू अझै तयार भएका छैनन् ? अबको बन्ने नयाँ कार्यसमितिमा सभापति वा उपसभापति एकमा महिला हुनै पर्ने प्रावधान बनोस् सधैँ बी पी बाबुले द्वारिकादेवी ठकुरानीलाई मन्त्री मण्डलमा समावेश गराएर महिलाप्रति देखाएको उदारताका भाषण भन्दा ब्यबहारमा नै महिलाको लागि नेपाली कांग्रेस उदार हुन सकोस् ।

अन्त्यमा १४ औं महाधिवेशनको तयारीमा जुट्दै गरेको काँग्रेस पार्टीका कार्यकर्तादेखि क्रियाशील सदस्य प्रत्येक स्थानीय तहसम्मको नेतृत्व चयनमा उद्दत छन् । नेतृत्व चयनमा नेपाली काँग्रेस क्रियाशील सदस्यले यतिबेला तलदेखि माथि सम्म  वैचारिक स्पष्टता भएका इमान्दार, कर्तब्यनिष्ठ राजनैतिक सुझबुझ भएका नेतृत्वलाई अगाडि बढाउन आबश्यक छ । नेतृत्वको बागडोर समाल्न अग्रसर सबैले यो अवसर प्राप्त गर्ने छैनन् । व्यक्ति भन्दा पनि पार्टीका मूल्य मान्यता र आदर्शलाई आत्मसात् गर्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व चयन आजको आबश्यकता हो ।

अन्त्यमा बीपीको  दूरदर्शिता प्रजातन्त्र आए पछि सुकिला मुकिलाले पार्टी कब्जा गर्ने छन् र इमान्दार कार्यकर्ताले पुनः सघर्ष गर्नु पर्ने छ । यही आहान स्मरण गर्दै यो माहाधिवेशनमा गुट,उपगुट सबै विकृतिलाई चिर्दै मैदानमा उत्रने बेला आएको छ  ।

(लेखक नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य हुन्।)

 

Leave a Reply