पत्रकार महासंघको कोराना राहत कोषमा तीन लाख सहयोग 

३० श्रावण २०७८, शनिबार

 

 

 

पाेखरा। नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा.लि.का तर्फबाट तीन लाख सहयोग प्राप्त भएको छ।

उक्त रकम शुक्रबार पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई हस्तान्त्रण गरियो। अष्ट्राटेक प्रा.लि.का फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी (एनएसडब्लु) इ. विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम अष्ट्राटेक प्रा.लि.का नेपालस्थित प्रतिनिधि शैलेश शाँखीले हस्तान्तरण गरे।

अवसरमा कार्यवहाक अध्यक्ष विष्टले कोराना संक्रमति पत्रकारका लागि सहयोग पु¥याउन महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गर्ने सस्थालाई धन्यवाद दिए।

उनले सहयोगले नेपाली पत्रकारप्रतिको विश्वास र स्नेह प्रकट भएको बताउँदै समस्या परेका पत्रकारहरू राहत पुग्ने बताए। उनले प्राप्त सहयोग लक्षित पत्रकारहरूलाई पारदर्शी ढङ्गबाट सहयोग गरिने बताए।

रकम हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य शिवराज खत्री र लेखा समिति सदस्य मुकुन्दप्रसाद भण्डारीको उपस्थिति रहेको थियो।
 

Leave a Reply