काँग्रेस पाेखरा ३ काे वडा सभापतिमा नारायण उदास

१९ भाद्र २०७८, शनिबार

 

पाेखरा  । नेपाली काँग्रेसकाे १४ अाैं महाधिवेशनमा पाेखरा महानगरपालिका वडा नम्बर ३ मा कार्यसमिति देखि क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिकाे सभापतिमा नारायण मान उदास निर्विरोध निर्वाचित भएका छन्।त्यसैगरी उपसभापतिमा मनाेज शिल्पकार,रजनी श्रेष्ठ ,सचिवमा वसन्तलाल कतिला,विष्णु राज पराजुली र सहसचिवमा गीता अधिकारी कुवँर,ऋषिराम पाण्डे निर्विरोध चयन भएका छन्।

त्यसैगरी वडा क्षेत्रीय प्रतिनिधिमा रविन्द्र वहादुर प्रजु,प्रकाश उदास,दिलिप गीरी,उमेश राज पराजुली ,कृष्णप्रसाद अधिकारी ,वासु गाैचन,महावीर थापा,मधुसूदन पाैडेल,महेन्द्र पुन ,सरिता पगेनी,शान्ति पराजुली ,कृष्ण परियार ,भार्गवीराज भण्डारी ,टीका हमाल, अलिमदिन मियाँ र सरस्वती ताम्राकार निर्विरोध निर्वाचित भएको    निर्वाचन अधिकृत दिवाकर पाैडेलले पाेखरा पाेष्टलाई जानकारी दिए।।

 

वडा अधिबेशनकाे उद्घाटन गर्दै नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले १४ अाैं महाधिवेशन मार्फत सशक्त काँग्रेस वनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गरे।उनलेे काँग्रेसवाट मात्रै समग्र देशको विकास सम्भव भएको उल्लेख गरे।

वडा,क्षेत्र र जिल्ला संगठनकाे मेरुदण्ड भएको उल्लेख गर्दै उनले सक्षम र सबल नेतृत्व चयनकाे लागि शुभकामना समेत दिए।

 

नेपाली काँग्रेस वडा कार्य समिति पाेखरा -३ का सभापति दिलीप गीरीकाे अध्यक्षतामा भएको कार्यक्रममा सचिवकाे प्रतिबेदन सचिव कृष्णप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए भने अार्थिक प्रतिबेदन काेषाध्यक्ष मनाेज शिल्पकारले गरेका थिए।

कार्यक्रममा पुर्व सभासद कृष्ण कुमारी परियार,पाेखरा ३ का वडाध्यक्ष रविन्द्र वहादुर प्रजु , लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य उपसभापति वुद्द गुभाजुले गरेका थिए।

 

Leave a Reply