दुई तिहाई भन्दा बढी मत ल्याई नगर सभापतिमा जित्नेछु —नगर सभापतिका उम्मेदवार  अधिकारी

२१ भाद्र २०७८, सोमबार

 

दमौली  । नेपाली कांग्रेस व्यास नगर सहसचिव एवं व्यास नगर सभापतिका आकांक्षी डम्बर अधिकारीले दुई तिहाई भन्दा बढी मत ल्याई विजयी हुने बताएका छन् ।

व्यास नगर क्षेत्र भित्रका अधिकांश क्षेत्रीय प्रतिनिधीको आफूलाई साथ रहेको समेत नगर सभापतिका आंकाक्षी अधिकारीको भनाई छ । क्षेत्रीय प्रतिनिधीमा निर्वाचित अधिकांश मतदाताहरु विवेकशिल मतदाता भएको हुँदा मतदाताहरुले विवेकपूर्ण ढंगले मतदान गर्ने समेत अधिकारीको भनाई छ ।

नगर सभापतिका आंकाक्षी अधिकारी आफू निर्वाचित भएको खण्डमा व्यास नगरपालिकाका १४ वटै वडामा व्यवस्थित ढंगले पार्टी कार्यालय सञ्चालन गर्ने , पार्टी संगठन सुदृढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने , आपतविपदमा परेका पार्टीका कार्यकर्ताहरुलाई सहयोगका लागि कोष स्थापना गर्ने , आगामी निर्वाचनमा तीनवटै स्थानीय तहमा पार्र्टीका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन भूमिका निर्वाह गर्ने बताएका छन् ।

त्यस्तै सभापतिका आंकाक्षी अधिकारीले अग्रजलाई उचित सम्मान गर्दै पार्टीको वडा देखि केन्द्र तहसम्म युवा पुस्तालाई नेतृत्व तहमा पुरयाउन पर्छ भन्ने माुद्धालाई सशक्त ढंगले उठाउने ,परापूर्वकाल देखि चलि आएको सनातन धर्म सस्कृति संरक्षणको एजेण्डालाई सशक्त ढंगले उजागर गर्ने ,पार्टी र लोकतन्त्र प्राप्तिका लागि महत्वपूर्ण योगदान पुरयाएका व्यक्तिहरुको तथ्याङक संकलन गरि सम्मान गर्ने बताएका छन् ।

Leave a Reply