युवा नेता दिपक वीर कुँवरले गरे कांग्रेसको कास्की ३ (ख) को सभापतिमा उम्मेदवारी घोषणा

४ आश्विन २०७८, सोमबार

कास्की  ।  नेपाली काँग्रेसको  १४ औँ महाधिवेशन अन्तर्गत कास्की प्रदेशनिर्वाचन क्षेत्र नं ३ ख को सभापतिमा दीपक विर कुँबरले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

पोखरा महानगरपालिका–६ बैदाम निवासी ५० वर्षीय कुँबरले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्दै पार्टीलाई एक ढिक्का बनाउन र युवाहरुलाई नेतृत्वमा अगाडि ल्याउने कार्यक्रम सहित आफूँले उम्मेदवारी दिने बताउनुभयो ।

सभापतिका प्रत्यासी कुँबरले आफू ७ वर्षको उमेर हुँदादेखी काँग्रेससँग भावनात्मक रुपमा जोडिएको बताउँदै उहाँले पार्टीको संगठन रफ्तारमा अघि बढाउन र आगामी निर्वाचनमा काँग्रेसको विजय सुनिश्चित गराउनु रहेको बताउनुभयो ।

उहाँले पार्टीका पुराना दस्ताबेजहरुलाई संग्रह गरेर व्यवस्थित रुपमा अभिलेखीकरण गर्ने समेत बताउनुभयो । कुँबरले भन्नुभयो,“अहिले पार्टीको संगठन जुन गतिका साथ अघि बढ्नुपर्ने हो, त्यो हुन सकेको छैन । युवाहरुको सहभागितामा पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन सभापतिमा उम्मेदवारी दिने निचोडमा पुगेको हुँ ।”आफू सभापतिमा निर्वाचित भएपछि काँग्रेसका तमाम् कार्यकर्तालाई पार्टी मेरो हो भन्ने अपनत्व हुने गरी काम गर्ने र सबैलाई योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिने योजनामा रहेको बताउनुभयो ।

पार्टीभित्र देखिएको गुटबन्दीले पार्टी कमजोर हुने भएकाले गुटबन्दी अन्त्य गर्नु समेत आफ्नो मुख्य लक्ष्य हुने कुँबरले बताउनुभयो ।

Leave a Reply