काँग्रेस माछापुच्छ्रे गाउँपालिका सभापतिमा विरेन्द्र गुरुङ निर्वाचित

९ आश्विन २०७८, शनिबार

 

 

कास्की  । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेपाली काँग्रेस माछापुच्छ्रे गाउँपालिका कास्कीको आज सम्पन्न  अधिवेशनबाट सभापति पदमा विरेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ ।

गुरुङले मधुसुदन अधिकारीलाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो । गुरुङले ९१ मत प्राप्त गर्दा अधिकारीले ७८ मत पाउनुभयो । सभापतिमा निर्वाचित गुरुङ वडा नं १ को वडाध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी उपसभापतिमा राम गुरुङ र मीनबहादुर गुरुङ निर्वाचित हुनुभयो । सचिव पदमा सञ्जय लम्साल र केशवराज अधिकारी, सहसचिवमा बालकृष्ण गौतम र महादेव गुुरुङ निर्वाचित हुनुभएको छ । अन्य पदमा भने यसअघिनै सर्वसम्मत सदस्य निर्वाचित भएका छन् ।

यसअघि वडा अधिवेशन भइसकेका  देशका विभिन्न पालिकाहरुमा शनिबार अधिवेशन भएको हो ।

 

Leave a Reply