नेपाली कांग्रेसको १४औ महाधिवेशन : कास्कीका स्थानीय तहमा महिला नेतृत्व 

१२ आश्विन २०७८, मंगलवार

 

नम्रता बराल

नेपाली कांग्रेसको १४औ महाधिवेशन २०७८ भाद्र १८ गते देखि केहि जिल्लालाई छाडेर शुरुवात भइसकेको छ| कास्की का सबै वडामा वडा अधिवेशन सम्पन्न भएका छन भने नगर तथा गाउ पालीका अधिवेशन पनि सम्पन्न बनेर नतिजा आइसकेको अबस्थामा हामी छौ|पटक पटक समय तालीका सर्दै गरेको कांग्रेसको यो अधिवेशन वडा/पालिका को अधिवेशन पनि ख्यालख्यालमा सकिएको प्रत्याभूति भएको छ भने बाकि रहेका क्षेत्र, प्रदेश, जिल्ला हुदै केन्द्रसम्म कुनै आकलन गर्न सक्ने अबस्था छैन त्यसो त केन्द्रले दशैँ पछी बाकि ३३० प्रदेश निर्वाचन क्षेत्र,१६५ प्रतिनिधी सभा निर्वाचन क्षेत्र,७७ जिल्ला र ७ प्रदेशमा अधिवेशन गराउने भन्दै गर्दा क्रियाशिल सदस्यहरु विश्वस्थ हुन सकिरहेका छैनन| दशैँ पछीको मिती नतोकिएकोले त्यो मानेमा पनि नेपाली कांग्रेसको १४औ माहाधिबेशन धुचुक धुचुक दोधारे अबस्थामा यसै गरि भएर सकिने पो हो कि ?

 

नेपाली कांग्रेसको १४औ महाधिबेशन अन्तर्गत वडा र पालीका स्तरका अधिवेशन सम्पन्न भएका छन| सबै क्षेत्रका नतिजाहरु सार्वजनिक बनिरहदा आधा आकाश ढाकेको महिला वर्गमा ध्यान जानु स्वाभाविक नै हो| यहा धेरै सुक्ष्म विश्लेषण गर्नु भन्दा सरसर्ती हेर्दा देखिएका कुरामा मात्र लागौ| नेपाली कांग्रेस देशको पुरानो लोकतान्त्रिक पार्टी वि पी कोइरालाको प्रथम मन्त्री मण्डल गठन हुदा नै द्वारीका देवी ठकुरानी सामेल भएको इतिहास भजाउदै गर्दा हाल हुने मन्त्री मण्डल हुन वा पार्टीको आन्तरिक चुनाव कहिँ कतै महिलाहरुलाई न्यायोचित स्थान दिने गरिएको देखिदैन| सन्दर्भ यहि १४औ अधिवेशनका सकिएका वडा तथा पालीका तहमा हेरौ कास्कीमा नेतृत्व तहमा कति जाना महिलाहरु चुनिनु भयो वा सहमतिमा आउनु भयो? कास्की कांग्रेसमा उपलब्ध रेकर्ड अनुसार हेर्दै गर्दा केवल अन्नपूर्ण गाउ पालीकामा एक जाना महिला गोमा नेपाली उप-सभापति सहमतिका आधारमा आएको भेटियो बाकी पालीकाहरुमा महिला केवल सदस्यमा सिमित रहेको देखिन्छ| निर्वाचन प्रक्रियावाट महिलाहरु नेतृत्वमा आउन सक्दैनन भन्ने पुर्व अनुमान गरेर नै नेपाली काग्रेसको कृयाशील सदस्यता नामावली प्रकाशन भए लगतै सामाजिक संजाल मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको थियो|

 

निर्वाचन प्रकृयाबाट महिलाहरु कार्यकारी पदमा निर्वाचित भएर आउन सक्ने अबस्था तथ्याक हेर्दा नदेखिएकै हो| कुल ८,५२,७११ मा पुरुष ६,५३,४३८ महिला १,९९,०७९ र अन्य १७६ रहेका देखिन्छन| त्यसमा धेरै मित्रहरुको सुझाब दिनु भएको थियो क्रियाशिल सदस्यताको सख्याले महिला निर्वाचित हुनुमा प्रभावित हुदैन तर हाल दुई तहका अधिवेशन सम्पन्न बनिसकेको र नतिजा हामी सबैको माझमा आइरहदा कास्कीका पाच पालीकामा एक जाना उप सभापति छाडेर अन्य महिला कार्यकारी पदमा आउँन सकेको देखिदिन |

यसरी हेर्दा महिलाहरु पछाडी पर्नुको कारण के ? भन्ने प्रश्न उठछ| ३३ प्रतिशत महिला आरक्षण हुदै गर्दा काग्रेसको बिधानमा कार्यकारी पदमा केन्द्र देखि वडा तह सम्म महिलाको सिट नछुट्याइनुले आज पोखरा महानगरका ३३ वडामा एक जाना पनि महिला सभापती बन्न सक्नु भएन भने कास्कीका पाँच पालीकामा कार्यकारी पदमा एक जना बाहेक अन्य महिला पर्न सक्नु भएन|महिला दिदीबहिनी केवल कोटामा मात्र सिमित रहनुले यो देखाउछ कि अझै धेरै समय महिलाहरुले पार्टिमा आफुलाई स्थापित गर्न सघर्ष गर्नु पर्ने छ । यस नतिजालाई सरसर्ती हेर्दा पनि नेपाली काग्रेसको बिधान ब्यबहारिक देखिदैन तल्लो तहमा महिला आरक्षण भएता पनि नेतृत्व तहमा नहुनाले कार्यकारी पदमा महिला पुग्नै सकस हुने अबस्थाले कतै अबसरबाट बन्चित हुने त होइनन भन्ने देखिन्छ| कोटामा अब्यबहारिकताले कतै महिला नै नपाएर खोजेर राख्नु पर्ने र कतै अबसरबाट नै बन्चित हुने महिला छन् यस्तो तालमेल नमिल्ने बिधान परिमार्जित हुनु पर्ने देखिन्छ । ब्यबहारिक रुपमा नै काग्रेस बलियो बनाउने आधार भनेकै पार्टिको आफ्नो बिधान र सिध्दान्त हो| जम्मा जम्मी २२.६२ प्रतिशत मात्र महिला क्रियाशील सदस्यता रहेको अबस्थामा खुल्ला प्रतिस्पर्धा गरेर महिला ७४.२६ प्रतिशत रहेका पुरुष सग उही दौड दौडिन सक्लान, के त्यो न्यायोचित होला ? हामी सबैले सोच्नु पर्ने अबस्था सृजना भएको छ | कास्कीको अबस्था जस्तो देश भरीको अबस्था हो भने राजनीतिमा महिला सहभागिता किन ? यो हेर्दा केन्द्रमा पनि महिलाहरु आरक्षणकोटा भन्दा खुल्लाबाट नेतृत्वमा पुग्न त्यति सजिलो देखिदैन| जब जग नै छैन भने धुरी थामिदैन त्यता तर्फ महिला नेताहरुको ध्यान पुग्न सकोस शुभकामना अग्रज नेतृत्व पंत्तीलाई | अन्तमा नेपाली काँग्रेसको १४औ माहाधिबेशन २०७८ अन्तर्गत नगरपालिका/गाउपालीका गरि कास्कीका ५ वटै पालिका सभापति एवं पदाधिकारीहरु, ३३ वडाका सभापति, पदाधिकारीहरु लगायत सम्पूर्ण टिमलाई बधाई एवं सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछु।

 

Leave a Reply