कांग्रेस पोखरा महानगर नगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी

१० आश्विन २०७८, आईतवार

 

 

पोखरा ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् । बिजुक्छेले अन्तिम परिणाममा ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेका छन् । बिजुक्छे यसअघि नगर उपसभापति थिए ।
यसैगरी सभापतिकै उम्मेदवार पोखरा ९का वडाध्यक्ष रामराज लामिछानेले २ सय ९, काँग्रेस नेता मिलनप्रसाद तिवारीले १ सय ५३, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले १ सय २७, पत्रकार ज्योति हमालले ११ मत ल्याएका छन् ।

नगर उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भए । चुनावमा ६ प्रतिस्पर्धी थिए । सचिवमा टुवराज बास्तोला विशाल र गणेशबहादुर थापा निर्वाचित भए । शनिबार भएको मतदानमा १ हजार ३ सय ७० मतदातामध्ये १ हजार ३ सय ४४ मत खसेको थियो ।

Leave a Reply