कास्की कांग्रेसको जिल्ला सह-सचिबमा बिकास थापाको उम्मेदवारी

८ मंसिर २०७८, बुधबार

कास्की ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाद्वारा नेपाली कांग्रेस कास्कीको सह-सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थापा पछिल्लो समय कास्की कांग्रेसको राजनीतिमा एक चर्चित पात्रका रुपमा चिनिदै पनि आएका छन्। ने.वि. संघ कास्कीको सभापति भए पश्चात् उनीद्वारा गरिएका विभिन्न राजनीतिक कार्यक्रम र आन्दोलनहरुले उनलाई कास्की कांग्रेसको राजनीतिमा चर्चित बनाएको पाइन्छ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उनी पोखरा १८ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर महाधिवेशनमा होमिएका थिए भने मंसिर ७ गते उनले आफ्नो ब्यक्तिगत सामाजिक संजाल मार्फत कास्की कांग्रेसको सह-सचिब पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। युवाहरूलाई कांग्रेस पार्टीमा जोडेर कांग्रेसलाई बलियो र संगठित बनाउने मुख्य लक्ष्यका साथ आफ्नो उम्मेदवारी घोषणा गरेको युवा नेता बिकास थापाले बताउँछन्।

कास्कीमा युवाहरुको समुहको नेतृत्व गर्दै आएका मनोज गुरुङको समर्थनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेको बताउँछन। हालै भएको क्षेत्रीय अधिबेशनमा कास्की क्षेत्र नं ३ बाट मनोज गुरुङ अत्याधिक मतका साथ क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। थापाले युवाहरूको साथ र अग्रजहरुको मायमा आफुले सह-सचिब पदमा उम्मेदवारी दिएको जनाउँदै सबैलाई साथ, सहयोग, माया, आशिर्वाद र अमुल्य मतका निम्ति अनुरोध पनि गरेका छन्।

Leave a Reply