कांग्रेस कास्की सभापतिमा ५० प्रतिशत भन्दा बढि मत ल्याउन नसकेपछि पुन : मतदान हुने

११ मंसिर २०७८, शनिबार

 

कास्की ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार भएको कास्की ज़िल्ला अधिवेशनमा कुनै पनि सभापतिका उमेदवारले ५० प्रतिशत भन्दा बढि मत

ल्याउन नसकेपछि पुन: मतदान हुने भएको छ ।

शुक्रवार बेलुका ७.३५ देख़ि सुरु गरिएको मतगणना अनुसार पार्टी सभापतिका लागि देउवा पक्षबाट उम्मेदवार बनेका किशोरदत्त बरालको पक्षमा ६ सय ४४ र शेखर समूहका सुदीपमोहन भट्टराईले ४ सय ७२ मत  प्राप्त गरेका छन ।

 

त्यस्तै सभापति पदमा उम्मेदवारी दिएका आई बहादुर गुरूङ, पोषनाथ शर्मा र गिरीराज गौतमले क्रमशः ४ सय ६२, ३ सय ३५ र ६३ मत प्राप्त गरेका छन ।

बिधानत: कुनै पनि उम्मेदबारले ५० प्रतिशत भन्दा बढि मत

प्राप्त गर्न नसकेकाले प्रथम हुने किशोरदत्त बराल र द्दितिय हुने सुदिपमोहन भट्टराई बिच पुन:अाज प्रदर्शनी केन्द्र नयाँ वजार पाेखरामा विहान १० वजेदेखि दिउँसो ४ वजेसम्म मतदान हुने निर्वाचन अधिकृत आरसी बिमलले बताए ।

शुक्रवार भएको कास्की ज़िल्ला अधिवेशनमा  २ हजार ८८ जना प्रतिनिधि मध्ये २ हज़ार २३ जनाले मतदान गरेका थिए ।

 

Leave a Reply