सिभिल ईन्जिनियरिङ् पढ्न कुश्मा थापालाई सहयोग

२१ फाल्गुन २०७८, शनिबार

पोखरा ।   आर्थिक अभावका कारण विद्यालयको शुल्क बुझाउन नसकेका कारण परीक्षा दिनबाट बञ्चित एक छात्राले परीक्षा दिन पाउने भएकी छिन् । स्याङ्जाको त्रिभुवन आदर्श नमुना माविमा प्राबिधिक धार तर्फ सिभिज ईन्जिनियरिङ् पढिरहेकी कुश्माले सेमेष्टर फि बुझाउन नसकेकै कारण दोस्रो सेमेष्टरको परीक्षाबाट बञ्चित भएकी थिईन् । यो खबर थाहा पाएपछि वेलायत स्थित स्याङ्जा समाजको पहलमा उनलाई सहयोग भएको हो ।

समाजकी अध्यक्ष शारदा गुरुङ्को अग्रसरतामा उनलाई ४८ हजार रुपैंया संकलन गरेर हस्तान्तरण गरिएको थियो ।
सानैदेखि मेधावी छात्राको परिचय बनाएकी मगर स्कुलका हरेक परीक्षामा प्रथम हुने गर्थिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले चाहेजस्तो शिक्षा लिन पाएकी थिईनन् । उनले ईन्जिनियरिङ् पढ्न पनि वेलायतमा बस्ने स्याङ्जालीहरुको सहयोग पाएकी थिईन् । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चका वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङ्को रु. २० हजारको सहयोगमा उनी त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयमा भर्ना भएकी थिईन् ।

उनले स्याङ्जाको भारती माध्यमिक विद्यालय काल्खुबाट एसईई गरेकी कुश्माको परिवारले मजदुरीबाट जिविकोपार्जन गर्दै आएको छ । चाहेको शिक्षा लिनको लागि आर्थिक अभाव भएपछि छिमेकीले सहयोग जुटाउन पहल गरेका थिए । सो पहल स्वरुप वेलायत निवासी खुमा थापा, कृष्णकुमारी थापा र लक्ष्मी थापाले उनलाई अध्ययनको लागि रकम सहयोग गरेका थिए ।
दोस्रो सेमेष्टरको शुल्कको समस्या समाधान भएपनि उनले डिप्लोमा ईन सिभिल ईन्जिनियरिङको पढाई पुरा गर्न अझै चार सेमेष्टर बाकी छ । यसका लागि अब कसरी सहयोग जुटाउने भन्ने समस्या रहेको उनले सुनाईन् । ‘आर्थिक अभावका कारण मन फुक्ने गरी पढ्न पनि नपाउने कस्तो नियति हो यो ?’ उनले भनिन् ।

 

Leave a Reply