पोखरा महानगरको मेयरमा काँग्रेसवाट डा. परमेश्वर पोखरेलको  उम्मेदवारी

४ बैशाख २०७९, आईतवार

पाेखरा ।पाेखरा महानगरपालिकाकाे मेयरका लागि काँग्रेसवाट डा. परमेश्वर पाेखरेलले दावी पेश गरेका छन्।

अाईतवार काँग्रेस पाेखरा महानगरसमितिले मेयर, उपमेयरका अाकाक्षीलाई अान्तरिक उमेदवारी पेश गर्न अाव्हान गरेपछि पाेखरेलले मेयरमा अान्तरिक उमेदवारी पेश गरेका हुन।

नेपाल खानेपानी संस्थानका पुर्व अध्यक्ष समेत रहेका डा.पाेखरेलले पाेखरालाई नमुना महानगर वनाउने याेजना सहित अाफुले मेयरमा अान्तरिक उमेदवारी पेश गरेको पाेखरा पाेष्टलाई वताए ।

उनले फेवातालको संरक्षणमा दीर्घकालिन योजना ल्याउन नसक्नु, सडकको प्रभावकारी व्यवस्थापन नगरिनु, बसपार्क जस्तो सम्वेदनशिल विषयमा गम्भिर भएर योजना नआउनु   दुखद विषय भएको उल्लेख गर्दै महानगर हाँक्ने मेयरमा स्पष्ट नीति र भिजन अावश्यक रहेको वताए ।

पोखरेलले सातै ताललाई जोडने रिङ रोड, पर्यावरण जोगाउने योजना, स्थानीय मापदण्ड, साइकल लेन, फोहोर व्यवस्थापन, आकाशे पुल लगायत विषयमा गम्भिर बन्न नसके पोखरा सहर नै कुरुप हुने चिन्ता आम नगरिकमा परिरहेको अवस्थामा  विकासको योजना ल्याउने क्षमता भएको   मेयर अावश्यक रहेको वताए ।

खानेपानी संस्थानले हाल गरिरहेको आयोजना जस्तै अरु ५ अर्वको योजना थप गर्ने क्षमता आफुसँग भएको बताउने पोखरेलले पोखराबासीको चाहना अनुरुप काम गर्ने दावी गरे।

 

 

 

 

 

 

 

 

Leave a Reply