काँग्रेसबाट पाेखराकाे मेयरमा १८ जना अाकांक्षी

४ बैशाख २०७९, आईतवार
पाेखरा।पाेखरा महानगरपालिकाकाे मेयरका लागि काँग्रेसवाट १८ जनाले र उपमेयरका लागि १० जनाले दाबी पेश गरेका छन्।
कांग्रेस पोखरा महानगर कार्यसमितिले आइतबार मेयर र उपमेयरको आकांक्षीलाई आन्तरिक उम्मेदवारी पेश गर्न आह्वान गरेको थियो। उक्त आह्वानअनुसार मेयरमा १८ जना र उपमेयरमा १० जनाले दाबी पेश गरेका हुन्।
महानगरको मेयरमा   गण्डकी प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुनमन्त्री बिन्दुकुमार थापा, जिल्ला सभापति किशोरदत्त बराल,    सरस्वती गुरुङ,गणेशबहादुर भट्टराई, सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्माचार्य, कृष्ण केसी, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले दाबी गरेका छन्।
यस्तै उपमेयरमा माया बराल, लक्ष्मी पाण्डे, रंगिला आचार्य, आनन्दी राणा, टीकाकुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले दाबी पेश गरेका हुन्।

Leave a Reply