काँग्रेस पाेखरा -३ काे चुनावी अभियान तिब्र

१९ बैशाख २०७९, सोमबार

 

पाेखरा।वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि नेपाली काँग्रेस पाेखरा -३ ले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको छ।  घरदैलो अभियानको पाँचौ दिन वडाध्यक्षका उम्मेदवार प्रकाशमान उदास , सदस्यका उम्मेदवारहरु शान्ति देवी पराजुली ,सवि परियार ,नवीन अाले मगर,सनकमान सिके सहितको टाेलिले तेर्सापट्टि,काेपिलढुङ्गा लगायतका ठाउँमा घरदैलो गरेको छ।

प्रचारकाे क्रममा अाफ्नाे पक्षमा मत अाउनेमा ढुक्क भएको अध्यक्षका प्रत्यासी उदासले बताए । उनले भने ´जनताको काम गर्न जाने हाे ,सेवा गर्न जाने हाे ।हामी हाम्रा जनताकाे जनजिविकासंग जाेडिएका सवालमा गम्भीर भएर काम गर्ने प्रतिवद्वता गर्छाैं ।

वडामा पुर्णरुपमा अार्थिक पारदर्शिता कायम गर्ने ,समुदायको तल्लो तहको हित र अधिकारलाई विशेष प्राथमिकता दिई काम गर्ने उदासले वताए ।

प्रचार अभियानका संयाेजक रजनी श्रेष्ठका अनुसार नालाकोमुखवाट शुरु भएको घरदैलो अभियान पालिखे चाेक,शंकर टाेल,भिसि मार्ग ,तेर्सापट्टि ,धर्म शिला मार्ग हुदै काेपिलढुङ्गासम्म सकिएको छ ।

मंगलबार हुने घरदैलो कन्या मार्ग  लगायतका क्षेत्रमा हुने वताईएकाे छ।

 

Leave a Reply