पाेखरा -२३ लाई जातीय छुवाछूत मुक्त वडा वनाउछु: रामकाजी गुरुङ

0
291

 

 

पाेखरा।स्थानीय तहकाे निर्वाचन नजिकिएसंगै यतिबेला राजनितीक दलहरू निर्वाचनकाे प्रचारप्रसारमा व्यस्त रहेका छन्।

पाेखरा -२३ मा गठवन्धनवाट वडाध्यक्षका उम्मेदवार रामकाजी गुरुङले पाेखरा महानगरपालिका वडा नम्बर २३ लाई जातीय छुवाछूत मुक्त वडा वनाउने घाेषणा गरेका छन्।

नेपाली काँग्रेस पाेखरा २३ ले बुधबार वाम्दिमा अायाेजना गरेको काेणसभालाई सम्वाेधन गर्दै उनले जातीय विभेद समाजकाे कलंक भएको उल्लेख गर्दै यस्तो कलंक हटाउन अाफु प्रतिवद्ध रहेको  वताए । उनले भने ,हाम्रो वडामा दलित समुदाय,महिला तथा पछाडि पारिएको निम्न मध्यम वर्गीय समुदायको वाहुल्यता छ ।त्यसैले हामी जातीय छुवाछूत तथा भेदभाव मुक्त वडा घाेषणा गर्न पहल गर्छाैं ।`

समतामूलक र न्यायपुर्ण समाज स्थापना गर्ने संकल्पका साथ संयुक्त गठवन्धन अघि बढेको गुरुङले वताए ।

पाेखरा -२३ लाई सबल र समुन्नत वडा वनाउन नेपाली काँग्रेस ,नेकपा माअाेवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीकाे संयुक्त गठवन्धनवाट अाफु वडाध्यक्षकाे उमेदवारकाे रुपमा प्रस्तुत भएको वताउदै सवैकाे सहकार्यसंगै अघि बढ्न चाहेको गुरुङले वताए ।

विकासका लागि सवैभन्दा महत्त्वपूर्ण माध्यम सडक संजाल भएको उल्लेख गर्दै स्तरीय सडक निर्माण र सुधारका लागि अाफु प्रतिवद्ध रहेको गुरुङले वताए ।

गाउँ र नगरका युवाहरूलाई प्राेत्साहन दिई स्वराेजगारकाे प्रवर्द्धन गर्न युवा उद्दम चुनाैती काेष काे कार्यन्वयन गर्ने पनि उनले वताए ।ग्रामीण पर्यटन प्रवर्द्धन ,कृषि र पशुपालन ,पुर्वाधार निर्माण लगायतका क्षेत्रमा काम गर्ने याेजना समेत उनले सुनाए ।

संयुक्त गठवन्धनकाे तर्फबाट पाेखरा-२३ मा अध्यक्षमा काँग्रेसवाट रामकाजी गुरुङ ,सदस्यहरुमा ईन्दिरा लामिछाने ,गाेपाल पराजुली ,धन बहादुर गुरुङ रहेका छन् भने दलित महिला सदस्यमा नेकपा माअाेवादी केन्द्रवाट देवकी सुनार रहेकी छन्।