कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका मीनबहादुर  र  सिता  विजयी

२ जेष्ठ २०७९, सोमबार

 

पोखरा ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  नेपाली कांग्रेसका उम्मेदवारहरुले जीत हासिल गरेका छन् । अध्यक्षमा मीनबहादुर गुरुङ र उपाध्यक्षमा सिता अधिकारी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले पराजित गरेका थिए । अध्यक्षमा विजयी भएका मीनबहादुरले ५ हजार ९ सय ८१ मत प्राप्त गरेका थिए भने  एमालेका विक्रमले ५ हजार ५ सय १५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस कैं सिता अधिकारी निर्वाचित भएकी छिन् । उनले एमालेकी सीता तिवारीलाई ४ सय २५ को मतान्तरले पराजित गरेकी छिन् । अधिकारीले ५ हजार २ सय ७५ मत प्राप्त गरेकी थिईन् । उनकी प्रतिस्पर्धी एमालेकी तिवारीले ४ हजार ८ सय ९७ मत प्राप्त गरेकी थिईन् ।

 

गाउँपालिकाका  ७ वटा वडामा समेत कांग्रेसले जीत हासिल गरेको  छ ।जसमा वडा नं. १ मा इन्द्र गुरुङ, वडा नं. २ मा गणेश आचार्य, वडा नं. ३ मा हरिचन्द्र लम्साल, वडा नं. ४ मा मधुसुदन अधिकारी, वडा नं. ५ मा नारादप्रसाद पौडेल, वडा नं. ८ मा राम गुरुङ र वडा नं. ९ मा हरिबहादुर क्षेत्रीले वडाध्यक्षमा जीत हासिल गरेका छन् ।

Leave a Reply