नेपाल महिला संघ पाेखरा महानगरकाे महिलाका लागि नेतृत्व बिकास अभियान सुरु

१७ फाल्गुन २०७९, बुधबार

पाेखरा।नेपाल महिला संघ पाेखरा महानगर समितिले महिलाहरूकाे नेतृत्व बिकास गर्ने अभियान मंगलबारदेखि पाेखरामा सुरु गरेको छ।

पाेखरा महानगरपालिका वडा नम्बर १६ बाट अभियानकाे सुरुवात गरिएको नेपाल महिला संघ पाेखरा महानगर समितिका सभापति माया बरालले जानकारी दिनुुभयाे।अभियानलाई ३३ वटै वडामा संचालन गरि प्रत्येक टाेलमा महिलाको नेतृत्व स्थापित गराउने अभियानको उदेश्य रहेको सभापति बरालले जानकारी दिनुभयो ।

२०७२ सालमा नेपाल महिला संघ पाेखरा महानगर समितिले पाेखरा महानगरका ३३ वटा वडामा  अभियान गर्ने निर्णय गरेको भएता पनि विभिन्न कारणले अभियान संचालन गर्न नसकिएको सभापति बरालले बताउनुभयो ।

 

कार्यक्रमकाे उद्घाटन गर्दै पाेखरा महानगर पालिका वडा नम्बर १६ का वडाअध्यक्ष अमृत शर्मा तिमिल्सिनाले महिलाको नेतृत्व बिना लैङ्गिक समतामूलक समाज निर्माण गर्न नसकिने बताउनुभयो ।  वडा स्तरमा गठन हुने उपभोक्ता समिति ,बिद्यालय ब्यबस्थापन समितिमा महिलाको प्रतिनिधित्व गराउन खाेज्दा महिलाहरुले अग्रसरता नदेखाउने गरेको सुनाउदै अध्यक्ष तिमिल्सिनाले महिलाका लागि नेतृत्व बिकास तालिम अति आबश्यक तालिमका रुपमा रहेको बताउनुभयो ।

 

राज्ययले पछाडि पारेको बर्ग महिला ,दलित ,जनजातिको नेतृत्व स्थापित गर्नका लागि वडा कार्यलयले पनि विभिन्न कार्यक्रमहरु संचालन गरेको उहाँकाे भनाइ थियाे।

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिताका लागि पनि हरेक समुदायका महिलाको नेतृत्व बिकास हुनु अति आबश्यक रहेको बताउनुभयो ।

 

नेपाली काँग्रेस पाेखरा १६ का उपसभापति मीन बहादुर गुरुङले राज्यले महिलाको लागि उपलब्ध गराएका हक अधिकार प्राप्त गर्नका लागि पनि महिला नेतृत्वमा पुग्न आबश्यक रहेको बताउनुभयाे।

कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका नेता मञ्जुश्री बस्नेतले राजनीतिक दलले महिलाहरूकाे नेतृव बिकासमा भन्दा सभा समारोह र जुलुसमा देखाउनका लागि बढि प्रयाेग गरेको परिप्रेक्ष्यमा नेपाल महिला संघ पाेखरा महानगर समितिकाे महिलाका लागि नेतृत्व बिकास अभियान राजनीतिक दलका लागि पनि अनुकरणीय अभियान भएको बताउनुभयो ।उहाँले महिला संघको अभियानलाई सबैले साथ दिनुपर्नेमा जाेड दिनुभयो ।

 

नेपाल महिला संघ पाेखरा महानगर समितिका सभापति माया बरालकाे अध्यक्षतनमा भएको कार्यक्रममा नेपाल दलित संघ क्षेत्र नम्बर २ ख का सचिव प्रदिप लामिछाने ,नेपाली काँग्रेस पाेखरा १६ का सचिब बलराम आचार्य ,नेपाल महिला संघ पाेखरा १६ का सभापति कमला तिमिल्सिना ,नेपाल दलित संघ पाेखरा १६ का सभापति ओममाया नेपाली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले नेतृत्व बिकास कार्यक्रमकाे सहजिकरण गर्नुभएको थियाे।

कार्यक्रममा पाेखरा -१६ का दलित समुदायका महिलाहरुकाे सहभागिता रहेको थियाे।

 

 

 

 

 

 

 

 

Leave a Reply