१२ सय परिवारलाई पुग्ने त्रिपाल लिएर रूकुममा उपप्रधानमन्त्री खड्का

२५ कार्तिक २०८०, शनिबार
 काठमाडौँ  ।  उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुग्नुभएको छ । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उहाँ आज विहान सुर्खेत विमानस्थलबाट प्रभावित क्षेत्र पुग्नुभएको हो । यही कात्तिक १७ गते जाजरकोट केन्द्र भइ भूकम्प गएयता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय हुनुहुन्छ ।
स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग स्थानमा क्षेत्रमा स्थल र हवाईमार्गमार्फत खड्का राहत वितरणमा केन्द्रित हुनुहुन्छ । उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै आइतबारसम्म सबै पीडितलाई तत्कालीन राहत सामग्री पुर्याउने गरी काम भइरहेको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले रूकुम पुर्याएको त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय, रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय, मुसिकोट नगरपालिकामा पाँच सय, सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण हुनेछ ।

Leave a Reply