पोखरा। मादी गाउँपालिकामा गठबन्धनका अध्यक्ष र उपाध्यक्षले चुनावी प्रतिवद्धतामा सबै क्षेत्रलाई समेटेका छन् । मादीमा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्ष माओवादी केन्द्रका उम्मेद्वार लालबहादुर गुरुङले आफ्नो प्रतिवद्धताम सिक्लेस कोरी केबलकार निर्माणका लागि पहल देखि वृद्धा आश्रमसम्मका योजना रहेका छन् । यस्तै दलित, विपन्न र सुकुम्बासी विद्यार्थीहरुलाई निशुल्क पोशाक स्टेशनरी, विपन्न समुदायलाई निशुल्क बिमा, एक घर एक राजगार कार्यक्रमलाई उनीहरुले प्राथमिकताका साथ राखेका छन् । बाली, पशु बिमा तथा नश्ल सुधारमा जोड, कृषिमा आधुनिकीकरण, सामुहिक खेती र चक्लाबन्दी लगायत कृषिमा धेरै प्रतिवतना जनाएका छन् । एक वडा एक खेल मैदान निर्माण र खेलाडी सम्मान कार्यक्रममा पनि जोड दिएको छ । पर्यटक पैदल मार्ग निर्माण, होमस्टेको व्यवस्थापन, पर्यटकीय सुचना केन्द्र, शहिद पार्क लगायत पर्यटन क्षेत्रको विकाशमा पनि मादी गाउँ पालिकाका गठबन्धनको उम्मेदवारको प्रतिवद्धता रहेको छ । पर्यटन क्षेत्रमै विकाशका लागि क्ह्पुचे ताल, सिक्लेस, लम्तरी, दुधपोखरी, ताङतिङ, याङ्जाकोट, मुग्रीबेशी लगायत क्षेत्रलाई पर्यटकीय गन्तव्य घोषणा गरिने पनि प्रतिवद्धता जनाएका छन् । गाउँपालिकाका मुख्य सडक र केन्द्रदेखि वडा जोड्ने सडक आवश्यकताका आधारमा कालोपत्रे गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । एक घर एक धारा, जोखिमयुक्त पोल स्थानान्तरण, वृद्धाश्रम, सामुदायिक भवन निर्माण पनि प्रतिवद्धता गठबन्धनको उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् । गठबन्धनले जितेमा प्रत्येक वडामा फ्री वाइफाई जोन बनाउने पनि प्रतिवद्धता गरेको छ ।
Home ब्रेकिङ्ग न्युज मादीमा गठबन्धनको प्रतिवद्धता : सिक्लेस कोरी केबलकार पहलदेखि फ्रि वाइफाइ जोनसम्म
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.