नेपाली कांग्रेस बर्तमान स्थितिमा कम्जोर देखिएको छ। यसका पछाडी थुप्रै कुराहरुको हात छ तर नेपाली कांग्रेसले नेपाली युवाहरुको चाहाना उनिहरुको इच्छालाई राम्रोसँग पुरा गर्न नसक्नु एक महत्त्वपूर्ण कारणमा पर्छ। देश बिकास गर्ने युवाहरुले हो। जब युवाहरु नै वैदेशिक रोजगारको नाममा खाडी मुलुक गएर आफ्नो रगत र पसिना चुहाउछ्न त तब देशमा बिकास कसरी हुन्छ। आफ्नो घर परिवारबाट टाढा भइ वैदेशिक रोजगारका लागि अरुको देशमा जानू युवाहरूको रहर होइन उनीहरुको बाध्यता हो। देशमा युवाहरूलाई रोजगार दिन नसक्नु देशब्यापी रुपमा चुनौतीपुर्ण छ।
अब नेपाली कांग्रेसले युवाहरूलाई मध्यनजर गर्दै अगाडि बढ्न आवश्यक छ। वैदेशिक रोजगारलाई अप्रबद्धन गरि स्वरोजगारलाई प्रबद्धन गर्नु पर्ने बेला आएको छ। अहिले देश कुन स्थितिमा छ भन्ने कुरालाई एकचोटि सबैले स्मरण गर्न जरुरी छ। एक विद्यार्थी कक्षा ५ मा पढ्दा म डाक्टर, पाइलट, इन्जिनियर, बिजनेस मेन बन्छु भन्छ तर त्यहि विद्यार्थी जब कक्षा १०/१२ मा पुग्छ उस्ले अब आफू डाक्टर, इन्जिनियर, पाइलट र बिजनेस मेन होइन म अब अमेरिकी, बेलायत, र अन्य बिकसित राष्ट्र जान्छु भन्न थाल्छ अनि उ १२ पश्चात् विद्यार्थी बिजामा बिदेश पलायन हुन्छ । यो किन यस्तो भयो त भन्दा ५ पढ्ने विद्यार्थीलाई देशको आर्थिक स्थिती,आर्थिक नितिबारे थाहा हुँदैन तर उ १०/१२ पढ्ने भएसी उसलाई देशको आर्थिक स्थिति र आर्थिक नितिबारे ज्ञान हुन्छ। त्यसकारण देश बिकासका लागि अब देशको आर्थिक नितिमा युवालाई प्राथमिकता दिइ अघि बढ्नु पर्छ। त्यसैले अब यो निति र युवालाई मध्य नजर गर्दै अघि बढ्नका निमित्त सम्पुर्ण कांग्रेसिहरु र नेपाली युवाहरु एक भएर जुट्नु पर्छ।
अब समय आएको छ। नेपाललाई बिकसित राष्ट्र बनाउनका लागि सबै नेपाली जन्ता अग्रसर भएर अगाडि बढ्नु पर्छ। नेपाली कांग्रेसले महासमिति बैठकबाट नेपाली युवाहरूलाई स्वदेशमै रोजगार दिने आर्थिक नीति ल्याएको छ। नेपाली कांग्रेसले मात्र चाहेर यो सम्भब नहुन सक्छ तर सम्पुर्ण नेपाली जन्ता, युवाहरुले नेपाली कांग्रेसलाई साथ दिए यो आर्थिक नीति र योजना अवश्य सफल हुन्छ । नेपाली युवाहरुको लागि नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल पनि अग्रसर भइ स्वदेशमै युवाहरुले कसरी रोजगार सिर्जना गर्ने भन्ने कुरामा लाग्न अपिल गर्दछु भने कसरी विद्यार्थीलाई वैदेशिक रोजगारबाट सचेत गराउने भन्ने कुरालाई ध्यानाकर्षण गर्दै विद्यार्थीहरुमाझ प्रशिक्षण कार्यक्रम गर्न नेपाल विद्यार्थी संघलाई हार्दिक अपिल गर्दछु ।त्यसैले अब नेपाली कांग्रेसको यो योजनालाई सबै नेपाली युवाहरुले र नेपाली जन्ताले साथ र सहयोग गरिदिनु हुन अनुरोध गर्दै नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई युवाहरूका लागि लड्नु परे पछि नहट्न समेत आग्रह गर्दछु ।।