शेयर बजार : छ अङ्कले घट्यो

३ मंसिर २०७५, सोमबार

: धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । […]

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

३ मंसिर २०७५, सोमबार

यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन । विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी […]

रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा

३ मंसिर २०७५, सोमबार

भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताउनुभयो । […]

उत्पादन बिनाको समृद्धि कुरामा मात्र सिमित : सहमहामन्त्री डा महत

२९ कार्तिक २०७५, बिहीबार

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले उत्पादन बिनाको समृद्धि कुरामा मात्र सिमित हुने बताउनु भएको छ।  नेपाल उद्योग बाणिज्य महासंघ नेपाली कांग्रेस केन्द्रिय समितिद्वारा गठित समग्र आर्थिक नीति मस्यौदा समिति र नेपाल उद्योग बाणिज्य महासंघका बिच भएको  अन्तरक्रिया कार्यक्रममा  बोल्दै  सहमहान्त्री महतले बिपि ले लिएको आर्थिक समृद्धि उत्पादन बढेमा मात्र पुर्ण हुने बताउनू भयो […]

‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु

२९ कार्तिक २०७५, बिहीबार

    काठमाडौँ, श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडाँैमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार […]

शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा पनि

२९ कार्तिक २०७५, बिहीबार

    काठमाडौँ, कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो […]

विश्व बैंकसँग अठार अर्बको सम्झौता

२८ कार्तिक २०७५, बुधबार

पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैंकसँग १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गर्नुभयो । दोस्रो पुल […]

समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्री

२८ कार्तिक २०७५, बुधबार

  काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजीकका […]

कामना सेवा बिकास बैंकको १२ औं बार्षिकोत्सबको अबसरमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण

२७ कार्तिक २०७५, मंगलवार

  पोखरा,  कामना सेवा बिकास बैंक लिमिटेड पोखराले आफ्नो १२ औं बार्षिकोत्सबको अबसरमा महर्षि गुरुकुल  बेद बिद्याश्रमलाई दुई थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नदीपुरमा रहेको बिद्याश्रमलाई सहयोग गरिएको बैंकका संचालक देबकृण्ण काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा पुर्ब अध्यक्ष राजेन्द्रनिधि कोईराला,पुर्ब संचालक दिपक बाटाजु,बिण्णु पराजुली,,संस्थापक शम्भु श्रेष्ठ,बेद बिद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेल […]

विभिन्न पर्वको अवसरमा नयाँ नोट सटही सुविधा दिँदै : नेपाल राष्ट्रबैंक

२६ कार्तिक २०७५, सोमबार

काठमाडौं।  वर्षको एक पटक मात्रै नयाँ नोट सटही सुविधा दिँदै आएको नेपाल राष्ट्रबैंकले  वर्षभरी नै विभिन्न पर्वको अवसरमा नयाँ नोट सटहीको व्यवस्था गरेको छ । यस अघि दशैंमा मात्रै बाँड्दै आएको नयाँ नोटको सटहीलाई सहज बनाउदै बैकले यो सुबिधा ल्याएको हो। नेपाल राष्ट्र बैंकका मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल राष्ट्रबैंकले आफ्ना […]