कश्यपधाममा बालाचर्तुदशी पर्व मनाइयो

२५ मंसिर २०८०, सोमबार

पोखरा  । कास्की जिल्लाको उद्गम  तथा  धार्मिक पर्यटकीय स्थल  कश्यप तपोधाममा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाईएको छ ।पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट  स्थित धामको गरामा रहेको महाङकालेश्वर  मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा सद्विज छरि बालाचर्तुदशी पर्व मनाईएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । पर्वको अवसरमा कश्यप ऋिषिले […]

एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला

२२ मंसिर २०८०, शुक्रबार

पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा ‘मानव पुस्तकालय’को दोस्रो शृंखला सम्पन्न भएको छ । कार्यक्रम ‘मानवजीवनका भोगाइजन्य अनुभव पनि आफैंमा पुस्तक हो’ भन्ने अवधारणामा आधारित रही अन्तक्र्रियात्मक रूपमा सम्पन्न भएको थियो । विद्यालयमा गठित युवा रेडक्रस सर्कल र एसओएस पाठक मञ्चमा क्रियाशील विद्यार्थीहरूको आयोजनामा सम्पन्न भएको मानव पुस्तकालयको दोस्रो शृंखलामा अतिथिका रूपमा ५ जना […]

चन्द्रावतीको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण

१९ मंसिर २०८०, मंगलवार

  पोखरा  ।  साहित्यकार चन्द्रावती अधिकारी वाग्लेको कविता संग्रह पलपलका भावनाहरुको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । नारी प्रतिभा वाङमय प्रतिष्ठानले वाग्लेको जन्मदिनको अबसरमा  उक्त संग्रह लोकार्पण गरेकाे हो । पुस्तक लोकार्पण गर्दै विम्वकवि रमेश श्रेष्ठले मानिसको विविध तिर्खाले नै संसारमा ठूला ठूला आविष्कार , सृजना र परिर्वतन भएको बताउदै सहित्य क्षेत्रमा लेखकको तिर्खा समुद्र […]

चित्राको मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज

६ मंसिर २०८०, बुधबार

पोखरा । पाँच वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा लगानी गर्दै आएका सन्तोष अधिकारी अभिनय मार्फत आउने भएका छन् । आमा, घर लगायतका सिनेमामा निर्माताको भूमिकामा काम गरिसकेका अधिकारी अभिनित सिनेमा “चित्रा” आगामी पौष २७ गते रिलिज हुँदैछ । सिनेमाको छायाँकन सकेर सम्पादनको काम भइरहेको अधिकारीले जानकारी गराएका छन् । चित्रा बाबुछोरीको कथा हो । पछिल्लो समय […]

रजत जयन्तीको अवसरमा पोखरा आदर्श माध्यमिक विद्यालयमा जिल्ला स्तरीय कविता प्रतियोगिता

२९ भाद्र २०८०, शुक्रबार

पोखरा   । पोखरा आदर्श माध्यमिक विद्यालयमा स्कुल स्थापनाको २५ औ वर्ष विशेष अन्तर्गत रजत जयन्तीको  अवसरमा जिल्ला स्तरीय कविता प्रतियोगिता  शुक्रबार सम्पन्न भयो। गण्डकी प्रज्ञा प्रतिष्ठान , पोखरा नेपालको सहकार्यमा भानु सभाहलमा भएको उक्त प्रतियोगितात्मक कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत नाट्य प्रज्ञा प्रतिष्ठान नेपालका पुर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले बालबालिकाहरुको  नेपाली साहित्यप्रति  अभिरुचि रहेकोमा  खुसी […]

बुद्ध आधारभूत विद्यालयमा बालविवाह विरुद्ध तीजगीत , खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

२५ भाद्र २०८०, सोमबार

प्रकाश अधिकारी । बागलुङ । ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । नेपालीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता आयाेजना गरिएको बुद्ध बाल क्लबले जनाएकाे छ। तमानखोला गाउँपालिकाले मुख्य सहयोग […]

पोखरा–३१ पचभैयामा प्रथम राष्ट्रिय नाथ सम्मेलन

२५ भाद्र २०८०, सोमबार

पोखरा । बृहद आध्यात्मिक परिषद्को आयोजना तथा श्री गोरक्षनाथ पीठको व्यवस्थापनमा पोखरा–३१ पचभैयामा यही भदौ २५ गतेदेखि २७ गतेसम्म प्रथम राष्ट्रिय नाथ सम्मेलन हुने भएको छ । मानव जगतको कल्याणका लागि धार्मिक भावना जगाउने उद्देश्यका साथ नेपालभरिका विभिन्न मठ, मन्दिर तथा आश्रममा रहेका पिठाधिस तथा धार्मिक गुरुहरूलाई एकै ठाउँमा जम्मा गरि पहिलो पटक तिन दिने राष्ट्रिय […]

रेडियो जननीको तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम

२४ भाद्र २०८०, आईतवार

पोखरा । रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको नवौँ तीज गित प्रतियोगितामा खहरे आमा समुह वडा नं. ६ प्रथम हुन सफल भएको छ । हरितालिका तीजको अवसरमा “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले आयोजना गरेको प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समुह वडा नं. ८ द्धितिय, जयमुल आमा समुह वडा […]

र्‍‌यान्डम रिडर्स अध्यक्षमा रुपिन्द्र सर्वसम्मत

७ भाद्र २०८०, बिहीबार

पोखरा । लामो समयदेखि सुस्ताएको र्‍‌यान्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ । सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो । यसअघि सोसाइटीका उपाध्यक्ष रहेका रुपिन्द्रले संस्थाको स्थापना कालदेखि नै विभिन्न पदमा रही कार्य गर्दै आएका छन् । गजल सन्ध्या, पोखराका पूर्व अध्यक्ष […]

कौशिला देवी भण्डारी बालसाहित्य पुरस्कार अनुराग सापकोटा र रोजिना अधिकारीलाई

२१ श्रावण २०८०, आईतवार

पोखरा  ।  कौशिला देवी भण्डारी बालसाहित्य पुरस्कार २०७९ द्वारा शितलादेवी मा. वि.पोखरा ११ कक्षा ८ मा अध्ययनरत छात्र अनुराग सापकोटा र महेन्द्र मा. वि. माछापुच्छ्रे गाउँपालिका लाहाचोकमा कक्षा १०मा अध्ययनरत छात्रा रोजिना अधिकारीलाई प्रदान गरिने भएको छ। बालबालिकालाई साहित्यप्रति रूचि जगाउने उद्देश्यले उक्त पुरस्कार नारी प्रतिभा वाङ्मय प्रतिष्ठानका संस्थापक सल्लाहकार डा.पुष्पा के. सी.भण्डारीद्वारा आफ्नी सासु […]