धर्मनिरपेक्षताको आडमा विदेशी धर्म:कमल थापा

३० फाल्गुन २०७५, बिहीबार

दमौली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराएर विदेशी धर्म स्थापित गर्न खोजिएको आरोप लगाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली स्वाभिमान यात्राका अवसरमा आज दमौलीमा आयोजित कोणसभामा थापाले सनातन हिन्दू धर्ममाथि आक्रमण गरी सङ्गठितरुपमा विदेशी धर्म स्थापित गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको सनातन […]

पोखरा –बागलुङ जिरो किलोमिटरको सडकलाई सुरक्षित सडक बनाइने

२९ फाल्गुन २०७५, बुधबार

  चिप्लेढुङ्गा,  पोखरा महानगरपालिका वडा नं ५ को पहलमा पोखरा –बागलुङ जिरो किलोमिटरको सडकलाई सुरक्षित सडक बनाइने भएको छ । सुरक्षित सडकको मापदण्डलाइ ध्यान दिँदै रोड मेडियन ब्यारियर (३३ सेन्टिमिटरको उचाइ) निर्माण आजदेखि शुरु गरिएको महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । नेपालीका अनुसार उक्त सडकमा २५ साङ्केतिक खम्बा […]

प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ

२९ फाल्गुन २०७५, बुधबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेशन, इन्फर्मेशन एण्ड डेभलपमेण्ट(आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गर्नुभएको छ । ‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका साथ आजदेखि शुभारम्भ भएको अनलाइन न्यूज पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय सरकारलाई थप सबल बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सङ्घीयतामा मुलुक प्रवेश गरेसँगै नगर […]

जबर्जस्ती करणीको प्रयासपछि हत्या गरेको अभियोगमा जन्मकैदको फैसला

२९ फाल्गुन २०७५, बुधबार

  भोजपुर,  जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ । राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको अभियोगमा जन्मकैदको फैसला गरेको अदालतले जनाएको छ । साथै अदालतले राईलाई एक लाख रुपैया क्षतिपूर्तिको फैसला गरेको निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिनुभयो । राईलाई जिल्ला न्यायाधीश […]

मलेसियामा अलपत्र नेपालीको उद्धार

२९ फाल्गुन २०७५, बुधबार

  काठमाडौँ, मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न […]

सरकार–सीके रावत सम्झौताको साझा व्याख्या आवश्यक : काङ्ग्रेस

२९ फाल्गुन २०७५, बुधबार

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच हालै भएको ११ बुँदे सहमतिको तत्काल दुवै पक्षबाट साझा व्याख्या गर्न माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सहमतिको पहिलो बुँदाले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मूलधारमा आउन सहमत गराएको सन्देश दिएको भन्दै स्वागतयोग्य भनेको […]

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

२९ फाल्गुन २०७५, बुधबार

खस्यौली, २ रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार […]

११ बूँदे सम्झौता राउतबाट कार्यान्वयन नभएको आरोप

२९ फाल्गुन २०७५, बुधबार

  काठमाडौँ,  राष्ट्रियसभाको आजको बैठकमा सांसद बलराम बाँस्कोटाले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच सम्झौता हुनु सरकारको महत्वपूर्ण कार्य भए पनि सम्झौतालगत्तै स्वतन्त्र मधेशको नारा घन्केको अवस्थालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको विशेष समयमा सांसद बाँस्कोटाले सम्झौतानुसार गठबन्धनका संयोजक सिके राउतले कार्यान्वयन गर्नुपर्ने नत्र सरकारले उनलाई गिरफ्तार गर्नुपर्ने सुझाव दिनुभयो । नेपालको संविधानले […]

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य : सभापति देउवा

२९ फाल्गुन २०७५, बुधबार

विराटनगर, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उहाँले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके […]

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ ,विप्लव नेकपामाथि आशंका

२९ फाल्गुन २०७५, बुधबार

  चितवन, भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट […]