मनोज घर्तीमगरलाई ‘मौलिक कौराहा पुरस्कार’

३ श्रावण २०७९, मंगलवार

पोखरा। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् । पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक […]

कवि तेजनाथ घिमिरेको निधन

३२ असार २०७९, शनिबार

पोखरा ।  पोखराका कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा उहाँको निधन भएको छोरा कलाकार प्रकाश घिमिरेले जानकारी दिए । पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उहाँलाई अक्सिजन दिएर घरमै उपचार भइरहेकोमा आज बिहान ८३ वर्षको उमेरमा निधन भएको […]

गण्डकी सरकारबाट ५४ वटा ऐन पारित, ३९ ऐन कार्यान्वयनमा

३० असार २०७९, बिहीबार

पोखरा ।गण्डकी प्रदेश सरकारका कानून संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेश सभाबाट हालसम्म ५४ वटा ऐन पारित भएको बताउनुभएको छ । बुधबारको प्रदेश सभामा सांसदहरुले उठाएका सवालको जवाफ दिँँदै मन्त्री थापाले ५४ ऐन मध्ये कार्यान्वयनमा ३९ ऐन रहेको जानकारी गराउनुभयो । गण्डकी प्रदेश सभाको गठन भए पश्चात हालसम्म विभिन्न ५४ वटा […]

स्थानीय उत्पादनले बजार नपाएको महिला उद्यमीको गुनासो

२४ असार २०७९, शुक्रबार

पोखरा ।गण्डकी प्रदेशका महिला पर्यटन व्यवसायी एवं उद्यमीले स्थानीय उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गरी बनाइएका उत्पादनले बजार नपाउँदा व्यवसाय नै धरासायी भएको उनीहरुले बताए । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आइतबार पोखरामा गरेको ‘पर्यटकीय उत्पादनको विकास र प्रवद्र्धनमा महिलाको भूमिका’ विषयक अन्तरक्रियाका वक्ताले सरकारका निकायले स्थानीय उत्पादनको […]

निर्बाचन सम्म गठबन्धन कायमै रहन्छ – कांग्रेस उपसभापति खड्का

२४ असार २०७९, शुक्रबार

पोखरा ।  नेपाली कांग्रेसका उपसभापति एबं पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले बर्तमान गठबन्धनलाई कायमै राखेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितीको बैठकलाई सम्बोधन गर्नुहुंदै उपसभापति खड्काले बर्तमान सरकार बन्नुभन्दा अघि संबिधान,नियम कानुन सबै मिचिंदै गएपछि तत्कालिन बाध्यत्मक परिस्थितीले गर्दा बर्तमान गठबन्धन बन्नपुगेको स्पष्ट गर्नुभयो । वहांले गठबन्धनको मर्म र […]

पर्यटकीय बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

२२ असार २०७९, बुधबार

पोखरा।पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा […]

प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा    

२२ असार २०७९, बुधबार

    पोखरा । नेपाल प्रेस युनियनको अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवारी घोषणा गरेकी छन् । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष  विन्दुले  अध्यक्ष पदमा उम्मेदवारी घोषणा  गरेकी हुन्  । कार्यक्रममा वाेल्दै उनले प्रेस स्वतन्त्रता ,पत्रकारको पेशागत सुरक्षाका साथै पत्रकारको ट्रेड युनियन अधिकार स्थापनाका लागि आफ्नो […]

नि:शुल्क कानुनी सहायता  सम्वन्धी अन्तरक्रिया कार्यक्रम

१९ असार २०७९, आईतवार

    पोखरा  । पोखरा  उच्च अदालत बार एशोसियसन महिला समितिको आयोजना एंव गण्डकी प्रदेश सरकार कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा एक दिवसिय नि:शुल्क कानूनी सहायता सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सरकारका महान्याधिवक्ता रोहित राज बास्तोलाले  विधालय तह देखि नै कानुनी शिक्षा आवश्यक रहेको बताउनु भयो। […]

पाेखरा -१० मा ३ महिने व्युटिसियन तालिम

१९ असार २०७९, आईतवार

  पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर १० ले आयोजना गरेको ३ महिने व्युटिसियन लेवल -२ तालिम आइतबार पाेखरामा सम्पन्न भएको छ।समापन कार्यक्रममा वाेल्दै पाेखरा-१० का वडाध्यक्ष राजेश गुरुङले महिलालाई सीप सिकाएर आत्मनिर्भर वनाउने उदेश्यले तालिमको आयोजना गरिएको वताए ।उनले सिकेको सिपलाई व्यवाहारमा उतार्न समेत तालिमका सहभागीलाई अनुरोध गरे। तालिम संयाेजक एवम् पाेखरा -१०का पुर्व वडा सदस्य […]

अरुणा, मनिषा र सरगम मध्ये को होला सर्वोत्कृष्ट ?

१७ असार २०७९, शुक्रबार

पोखरा  ।  छैटौं सस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को एउटा महत्वपूर्ण विधा हो वर्ष उत्कृष्ट महिला खेलाडी । यो विधाको मनोनयन सूचीमा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल परेका छन् । उनीहरु मध्ये एकजनाले सर्वोत्कृष्ट बन्दै अवार्ड हात पार्नेछन् । यो अवार्ड कसको पोल्टामा पुग्ने हो आ–आफ्नै अड्कलबाजी हुन थालेको छ […]