काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

२१ आश्विन २०७५, आईतवार

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन […]

भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

१९ आश्विन २०७५, शुक्रबार

नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो । पेनालटीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट […]

नेपाल–प्यालेस्टाइनबीचको खेल शनिबार

१९ आश्विन २०७५, शुक्रबार

डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो खेलमा शनिबार प्यालेस्टाइनसँग प्रतिष्पर्धा गर्दैछ । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न शनिबारको खेल जित्नै पर्नेछ । शनिबार बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा साँझ ६ः१५ बजे शुरु हुने खेलमा नेपाल सेमिफाइनलमा पुग्न प्यालेस्टाइनलाई २–० गोलभन्दा बढीको अन्तरमा पराजित गर्नुपर्नेछ । अघिल्लो […]

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक स¥यो

१९ आश्विन २०७५, शुक्रबार

  काठमाडौँ, १८ असोज   नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सरेको छ । काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको हो । काङ्ग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा […]

निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कैलालीका विद्यार्थी सडकमा,सरकार अपराधी बचाउन लागीरहेको आरोप

१७ आश्विन २०७५, बुधबार

  कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मलापन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कैलालीका बिद्यार्थी सडकमा उत्रिएका छन । बलात्कार पछि हत्या भएको ६४ दिन पुगीसक्दा पनी सरकराले अपराधी पत्ता  लगाउन सकेको छैन  । घटनको अनुसन्धान गरीरहेको प्रहरीले समेत हत्याकाण्डको ठोस प्रमाण अहिले सम्म फेला नपरेको  र अनुसन्धान जारी रहेको वताउदै आएको छ। हत्यामा संलग्नलाई […]

समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइए

१७ आश्विन २०७५, बुधबार

धनगढी । प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोके पछि अन्तर्राष्ट्रिय जैविक मार्गसमेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइएका छन्  । राष्ट्रिय दैनिक कान्तिपुर , नागरिक र अन्नपूर्ण पोष्ट लगायतका दैनिक अखबार अत्तरीया बजारमा अपराधिक मानसिकता भएको एक […]

मन्त्री पद्मा अर्यालको संरक्षण भ्रष्टाचार आरोपी शर्मालाई

१७ आश्विन २०७५, बुधबार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले साझा प्रकाशनका पूर्वअध्यक्ष एवं प्रबन्ध निर्देशक डोलिन्द्र शर्मालाई संरक्षण गरेको आरोप लागेको छ । १०५ वर्ष पुरानो सरकारी स्वामित्वको साझा प्रकाशनमा शर्माले भ्रष्टाचार गरेको भन्दै ०७४ असोज ८ मा शिक्षा मन्त्रालयले उनलाई बर्खास्त गरेको थियो। शर्मा आफ्नो महाप्रबन्धक पद बाँकी रहेको भन्दै बेला बेलामा कार्यालय जाने गरेका […]

नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रदेश सभा सञ्चालन हुन सकेन ।

१६ आश्विन २०७५, मंगलवार

  प्रदेश नम्बर ७ को  मंगलबार बस्ने बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रदेश सभा सञ्चालन हुन सकेन । आइतबार बसेको सात नम्बर प्रदेशको  सभा बैठकमा तोकिएको  स्थायी राजधानीका बिषयमा असहमति जनाउँदै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले नाराबाजी गरेपछि  बैठक सञ्चालन हुन नसकेको हो । मंगलबार  दिउँसो १ बजे सम्मका लागि स्थगित […]

एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई तत्कालका लागि रोक

१६ आश्विन २०७५, मंगलवार

सरिता तिम्सिना पगेनी एकीकृत सम्पति कर उठाउन पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि रोकेको छ । गत वर्षको तुलनामा पोखरा महानगरपालिकाले कर को दरमा बृद्धि गरेपछि  ज्ञानबहादुर कोइरालाले उच्च अदालत पोखरामा रिट निबेदन दिएका थिए । सोहि मुद्धाको सुनुवाई गर्दै मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले मंगलबार मुद्धाको अन्तिम टुंगो […]

जनताले काँग्रेस नै ठिक भन्न थाले, नेता सिंह

१६ आश्विन २०७५, मंगलवार

काठमाडौं , नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  जनताले काँग्रेस नै ठिक भन्न थालेको बताएका छन । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे । क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा मंगलबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिहंले  महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले […]