गणतन्त्र दिवसको अवसरमा कांग्रेसका सभापति शेरबहादुर देउवाको शुभकामना
लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका छन् । आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति गणतन्त्र दिवसको अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु, उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलता पश्चात […]
त्रीदिवसिय कार्यक्रम सहित प्रेस युनियनले स्थापना दिवस मनाउने
काठमाडौं– नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२ देखि १४ गतेसम्म त्रीदिवसिय कार्यक्रम सहित स्थापना दिवस मनाउने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका […]
श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीहरुको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले […]
गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएनन्
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । अधिकारी नेतृत्वको सरकारले शनिबार प्रदेश सभामा विश्वासको मत पाएनन् । प्रदेशसभामा उपस्थित भएका ५९ सदस्य मध्ये मुख्यमन्त्री अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्यो । यससँगै पुस २५ गते बनेको अधिकारी नेतृत्वको एमाले सरकार एक सय पाँच दिनमा ढलेको हो । […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित हुँदा पौडेलले ३२ हजार ८०२ मतभार पाए । आफ्नै उम्मेदवार उठाएको नेकपा एमाले, तटस्थ बसेका राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाहेक सबै दलले पौडेललाई मत दिएका छन् । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलका नेताहरु पौडेलेको […]
नेपाल महिला संघ पाेखरा महानगरकाे महिलाका लागि नेतृत्व बिकास अभियान सुरु
पाेखरा।नेपाल महिला संघ पाेखरा महानगर समितिले महिलाहरूकाे नेतृत्व बिकास गर्ने अभियान मंगलबारदेखि पाेखरामा सुरु गरेको छ। पाेखरा महानगरपालिका वडा नम्बर १६ बाट अभियानकाे सुरुवात गरिएको नेपाल महिला संघ पाेखरा महानगर समितिका सभापति माया बरालले जानकारी दिनुुभयाे।अभियानलाई ३३ वटै वडामा संचालन गरि प्रत्येक टाेलमा महिलाको नेतृत्व स्थापित गराउने अभियानको उदेश्य रहेको सभापति बरालले जानकारी दिनुभयो । […]
पत्रकारसँग आन्तरिक मामिला मन्त्रालयको अन्तरक्रिया
पोखरा । आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले अन्तरक्रिया गरेका हुन् । सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी […]
नेपाल लिटरेचर फेस्टिभलमा हार्नेहरुको चर्चा
पोखरा । खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ। दुवैमा प्रायः जित्नेहरुको चर्चा हुन्छ। राम्रै खेल खेलेर हारे पनि उनीहरु विजेताको छायामा पर्छन्। तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरुको चर्चा भयो। नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो चुनाव लडेका घनश्याम भुसाल र चुनाव लड्ने अवसरबाट वञ्चित नेपाली कांग्रेसका मिनेन्द्र रिजालको हार छलफलको […]
कास्की काँग्रेसले अन्तरघातमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने
पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाइ कारबाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको आज बसेको बैठकले तेस्तो निर्णय गरेको हो । बैठकमा पधादिकारि एबम सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेको प्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए । बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष […]
सुनसरी- ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी
सुनसरी । सुनसरी- ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन । निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले पराजित भए । कार्की ३० हजार ४८३ मत सहित बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद […]