कास्की – २ मा प्रतिनिधि सभा सदस्यमा एमालेकी विद्या भट्टराई निर्वाचित
पाेखरा । कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई फराकिलो मतान्तरले निर्वाचित भएकी छन् । विहिवार सम्पन्न मतगणनामा भट्टराईले उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलसंग ४,५०३ मतान्तरले निर्वाचित भएकी हुन् । भट्टराईले १६,९९८ मत प्राप्त गर्दा कंडेलले १२,४९५ मत प्राप्त गरे । यस्तै गठबन्धनका तर्फबाट […]
सप्तरी – २ मा चन्द्रकान्त ( सिके ) राउत विजयी
सप्तरी । सप्तरी दुईमा सिकेको शान्दार जीत ललिता साह ( सप्तरी ) मङ्सिर ७ गते । सप्तरी क्षेत्र नम्बर दुईमा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त ( सिके ) राउतको शान्दार जीत भएको छ । आइतवार सम्पन्न निर्वाचनको सोमवारबाट शुरू गरिएको मतगणनाको अन्तिम परिणाम वुधवार सार्वजनिक गरिए अनुसार डाक्ट चन्द्रकान्त (सिके ) राउतले ३५ हजार […]
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत […]
प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौं पटक निर्वाचित
डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल […]
तनहुँ – २ मा कांग्रेसका शङ्कर भण्डारी निर्वाचित
तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक […]
कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
कास्की । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका […]
स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश
पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा स्थानियको हित विपरित कुनै निर्णय हुन नदिने बताए । चुनाव प्रचार प्रसारको अन्तिम दिन विहिबार पोखरा २२ को चिसापनीमा आयोजित […]
कुमारजीले अघि सारेका योजना पुरा गर्ने दायित्व बोकेर आएको छु : थापा
पोखरा । गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले आफुले कुमार खड्काले अघि सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्येक्ष उम्मेदवार बनेका थापाले आफु क्षेत्र २ को विकासमा दत्त चित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै […]
जित्नेमा ढुक्क छु – किशोरदत्त बराल
पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताउनु भएको छ । ‘गठबन्धनको लहर बढेको छ, मतदाताले मलाई र मेरो वीचारलाई मन पराएको पाएँ उहाँले भन्नुभयो – त्यसैले निर्वाचन जित्नेमा म ढुक्क छु ।’ निर्वाचन क्षेत्रका मतदाताले उत्साह थपिदिएको र विजय गराउने आश्वासन पाएको […]
पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’
पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर । साझाचोकमा एमालेका उम्मेदवारहरु आउने हल्ला सुनेपछि उनीहरु मात्र हैन स्थानिय मतदाताहरु उम्मेदवार आउनु अगावै पोखरा १३ स्थित साझा चोकमा जम्मा भैसकेका थिए । केहिवेरमा चुनावी सभामा […]