कोरियन एयरका अध्यक्षमाथि प्रहरी सोधपुछ

२८ भाद्र २०७५, बिहीबार

सिओल– कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ । हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको निजी निवासमा राखिएका सुरक्षागार्डको भुक्तानी कोरियन एयरबाट गरेका थिए । सिओल महानगरीय प्रहरीमा उपस्थित भएका चोले संवाददाताहरुसँग आफूले प्रहरीलाई घटनाका बारेमा सबै कुरा बताएको जानकारी दिए […]

सीपेकको सुरक्षामा कुनै सम्झौता हुँदैनः पाकिस्तानी सेना प्रमुख

२८ भाद्र २०७५, बिहीबार

इस्लामावाद– पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताएका छन् । पाकिस्तानका लागि चिनियाँ राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । बेलायतस्थित फाइनान्सियल टाइम्सले पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले चीन–पाकिस्तान आर्थिक करिडोरका विषयमा चीनसँग नयाँ सम्झौता गर्ने तयारी गरेको समाचार […]

सन् २००७ देखि २०१८ सम्म भएका भीषण आक्रमणहरु

२८ भाद्र २०७५, बिहीबार

काबुल । अफगानिस्तनमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात रहँदै आएको छ । तर सन् २०१४ पछि इस्लामिक स्टेस (आईएस) आतङ्ककारी समूहको पनि बिगबिगी बढ्न थाल्यो र आईएस समूहले पनि बारम्बार यस्ता भीषण आक्रमण गर्दै आएका […]

आगलागीमा परी एउटै परिवारका सातको मृत्यु

२८ भाद्र २०७५, बिहीबार

कम्पाला । आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो । बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रवक्ताको भनाइ छ […]

पोप फ्रान्सीस अर्को वर्ष जापान जाने

२८ भाद्र २०७५, बिहीबार

भ्याटिकन सिटी । पोप फ्रान्सीसले आउँदो वर्ष आफू जापान जाने घोषणा बुधबार गरेका छन् । झण्डै ४० वर्ष अघि जोन पावल द्वितीयपछि पहिलो पटक उनले सन् २०१९ मा जापानको भ्रमण गर्ने भएका हुन् । ‘मैले तपाईहरुसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि म अर्को वर्ष जापान आउनेछु,’ भ्याटिकनसिटीमा एउटा जापानीज टोलीसँगको भेटमा उनले भने । उनले […]

अमेरिकाका पाँच राज्यमा संकटकाल घोषणा

२८ भाद्र २०७५, बिहीबार

अमेरिकाको पूर्वी तटस्थित इलाकामा जुन फ्लोरेन्स चक्रावतको खतरा छ, त्यो पछिल्लो तीन दशकको सबैभन्दा ठूलो चक्रवात हुने मौसम विभागले चेतावनी दिएको छ । मौसम विभागका अनुसार अटलान्टिकको तातो पानीबाट यो चक्रवातले शक्ति पाइरहेको छ र भविष्यमा यो थप शक्तिशाली हुने आशा गरिएको छ । अधिकारीले अबको ३६ घण्टामा चक्रवातका साथै पानीको स्तरमा वृद्धि भएको हुँदा […]

पत्रपत्रिकाबाट चीनमा पैदलयात्रुमाथि कार जोतिँदा ९ को मृत्यु, ४३ घाइते

२८ भाद्र २०७५, बिहीबार

दक्षिणी चीनको निकै व्यस्त इलाका स्क्वायरमा पैदलयात्रुमाथि एक कार जोतिँदा ९ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यसबारे स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् । हुनान प्रान्तको हेंगयाङ्ग सिटीस्थित बिन्जियाङ स्क्वायरमा बुधबार स्थानीय समयानुसार बेलुका सात बजेर ४० मिनेटमा रातो एसयुभीले मानिसहरु जोतेको बीबीसीले बताएको छ । स्थानीय मिडियाका अनुसार […]