सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरे

२८ आश्विन २०७५, आईतवार

सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।  आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर पनि फहराएका थिए ।  प्रदर्शनकारीहरुले ट्रम्पलाई “महिला विरोधी एजेण्डा” बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश […]

इन्डोनेसियाको जाभा र बालीमा भूकम्प, तीन जनाको मृत्यु

२५ आश्विन २०७५, बिहीबार

कार्ता, २५ इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६।० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो […]

काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

२५ आश्विन २०७५, बिहीबार

श्रीनगर, भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप […]

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

२५ आश्विन २०७५, बिहीबार

याङ्गुन, म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ । अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना […]

गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

२४ आश्विन २०७५, बुधबार

काठमाडौँ, २४ असोज गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्९एनआरएनए०ले काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गैर आवासीय नेपाली दिवसको […]

अफगानिस्तानः कम्तीमा १५ जना सुरक्षाकर्मी मारिए

२३ आश्विन २०७५, मंगलवार

काबुल, २३ असोज अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् । आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ । जवाजन प्रान्तको कुस टेपा जिल्ला नै […]

विश्व टी–२० छनोट नेपाल र भूटान मङ्गलबार प्रतिष्पर्धा गर्ने

२२ आश्विन २०७५, सोमबार

काठमाडौँ, २२ असोज आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटासँग खेल्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदान उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहन शुरु हुनेछ । यसअघि नेपालले म्यानमार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज […]

अमेरिकाको चासो माल्दिभ्स र श्रीलंकातर्फ

२२ आश्विन २०७५, सोमबार

काठमाडौं । अमेरिकाको चासो माल्दिभ्स र श्रीलंकातर्फ देखिएको छ । पछिल्लो समय चीनको प्रभाव बढ्दो क्रममा रहेका उक्त मुलुहरुमा अमेरिकाले आँखा लगाएको हो । पछिल्ला केही कदमले अमेरिका कूटनीतिमा कमजोर बन्दै गएको अवस्थामा उसले आफ्ना शीर्ष राजनीतिक अधिकारलाई उक्त दुई मुलुकको भ्रमणमा पठाउने निर्णयमा पुगेको हो । अमेरिकी अधिकारीले आइतबार दिएको दिएको जानकारीअनुसार अक्टोबर ९ […]

अराजकता, उदन्डता, बेतिथि र बलात्कार, जस्ता घटनाले जनता आजित ः बाँनिया

२२ आश्विन २०७५, सोमबार

अराजकता, उदन्डता, बेतिथि र बलात्कार, जस्ता घटनाले जनता आजित ः बाँनिया नेपाली काग्रेस काठमाण्डौ सभापति सवुज वाँनीया ले सवल र सुदृढ काग्रेस नेपाली जनताको चाहना भएको वताउनु भएको छ । वडा दशैं तथा दीपावली को पूर्व संन्ध्यामा नेपाली जनसम्पर्क संन्ध्यामा नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड च्याप्टर परिवार न्यूयोर्क अमेरिका द्वारा हिक्सभिलमा आयोजित काग्रेस समर्थकहरूको वृहद भेला […]

राष्ट्रपति चयनका लागि क्यामरुनमा निर्वाचन

२१ आश्विन २०७५, आईतवार

क्यामरुन, २१ असोज क्यामरुनमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । वर्तमान राष्ट्रपति पल बीया सातौ कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । उहाँका विरुद्धमा विपक्षीहरुले संयुक्त रुपमा निर्वाचन लडेका छन् । राष्ट्रपति पल अफ्रिकी शासकहरुमध्ये सम्भवतः सबैभन्दा धेरै समय राष्ट्रपति हुने व्यक्ति हुनुहुन्छ । “मलाई मतदान गरेपछि गौरब लाग्यो,” विमानस्थलमा काम गर्ने एक […]