कोरोनाबाट अमेरिकामा ३२ हजार बढीको मृत्यु

५ बैशाख २०७७, शुक्रबार

 काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ । अमेरिका कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार २ सय २५ पुगिसकेको छ । […]

 बेल्जियममा एक बिरालोमा देखियो कोरोना भाइरस

१६ चैत्र २०७६, आईतवार

  बेल्जियममा एक बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । घरमालिकबाट बिरालोमा कोरोना भाइरस सरेको बताइएको छ । द ब्रसेल्स टाइम्सका अनुसार बिरोका घरमालिक हालै इटालीबाट फर्केका थिए । बिरालोको दिशाबाट कोभिड–१९को संक्रमण भएको पुष्टि गरिएको हो । विशेषज्ञहरुले भने यो घटना अपवाद भएको भन्दै आफ्ना घरेलु जनावर र उनीहरुबाट आफ्नो सुरक्षाको विषयमा […]

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या ६ पुग्यो

९ चैत्र २०७६, आईतवार

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या  ६ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ ।    

भारतको बिहारमा कोरोना भाइरसको संक्रमणबाट ३८ वर्षीय सैफ अलीको मृत्यु

९ चैत्र २०७६, आईतवार

भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण  ३८ वर्षीय पुरुषको ज्यान गएको छ । बिहारको राजधानी सहर पटानाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो । दुबै मिर्गौला काम नलाग्ने  भएका उनको शनिबार विहान मृत्यु भएको थियो ।  उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । यससँगै […]

६ वर्षपछि सार्क मुलुकका नेता एकै ठाउँमा:कोरोनाविरुद्ध सहकार्य

३ चैत्र २०७६, सोमबार

कोरोना भाइरसको संक्रमणको सामना गर्नका लागि आगामी रणनीति तयार गर्न आइतवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भिडियो कन्फरेन्स भएको हो ।  

इटालीमा कोरोना भाइरसले एकै दिन १३३ जनाको मृत्यु

२६ फाल्गुन २०७६, सोमबार

काठमडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको छ । इटालीमा एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ । अहिलेसम्म त्यहाँ ३ सय ६६ जनाको ज्यान गइसकेको छ । चीनपछि सबैभन्दा इटालीमा मानिसहरुको ज्यान गएको हो । संक्रमितहरुको संख्या पनि एकै दिनमा २५ प्रतिशतले बढेको छ । ७ हजार ३ सय […]

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोभिड–१९ को सङ्क्रमण

२ फाल्गुन २०७६, शुक्रबार

बेइजिङ। चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रवार जानकारी गराएको छ। यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो। एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भन्नुभयो, “सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।” कोभिड–१९ बाट […]

केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने

२९ माघ २०७६, बुधबार

नयाँ दिल्ली ।आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिने भएका छन् । उनी दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्। सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको […]

युरोपियन युनियनबाट औपचारिक रुपमा बेलायत बाहिरियो

१८ माघ २०७६, शनिबार

लण्डन। करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ। युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामाकरण गरे र हाल संसारभरका मिडियाले यही शब्दको प्रयोग गरेका छन्। शनिबार बेलायत र विश्वका मिडियाले ब्रेक्जिट सफल भएको लेखेका छन्। यसअघि राखिएको अन्तिम समयतालिका सन् २०२० को […]

गिरिजा प्रसाद कोईराला फ़ाउन्डेशन अमेरिकाले मनायो “४४औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवस”

२० पुष २०७६, आईतवार

गिरिजा प्रसाद कोईराला फ़ाउन्डेशन अमेरिकाले “४४औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवस” फ़ाउन्डेशनको आफ्नै कार्यालय ७२-२४ ब्रोडवे, ज्याकसन हाईट्स, न्यु योर्कमा मनाएको छ। महामानव बि. पि. कोईरालाले वि. सं. २०३३ पौष १६ गते नेपालको बहुदलिय प्रजातन्त्रको मुल्य र मान्यतालाई आत्मसात गर्दै स्वतन्त्र, सार्वभौम र अखण्ड देश नेपालको संरक्षण र संबर्द्धन संवाद, सहमति, सहकार्य र एकताबाट मात्र […]