माउन्ट अन्नपूर्ण मा. वि.का कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न

२६ चैत्र २०८०, सोमबार

पोखरा  । पोखरा   – ३ नदीपुर भिसि मार्गस्थित माउन्ट अन्नपूर्ण मा.वि.का होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्ट विषय लिएर कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयले चैत्र २५ गते होटल कृष्टल महल लेकसाइडमा एक भव्य समारोहका बिच बिदाई कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष  चिनकाजी गुरुङले होटल […]

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु

२५ चैत्र २०८०, आईतवार

पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा […]

पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिपमा पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि

२५ चैत्र २०८०, आईतवार

  पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र […]

सवारी साधनको स्वरुप परिवर्तन  गरी ध्वनी प्रदुषण गर्ने व्यक्तिलाई   कारवाही  हुने

२३ चैत्र २०८०, शुक्रबार

        जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा शुक्रबार पोखरा महानगरपालिका वडा नं. ९ नयाँवजार स्थित मोटरसाइकल वर्कसप संचालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थान आदीका संचालक, व्यवसायी तथा मजदुरहरुसंग सवारी साधनको स्वरुप परिवर्तन (Modify) गरी ध्वनी प्रदुषण गर्ने गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्ने […]

गृहमन्त्रालयले गर्याे ९ उपसचिवको सरुवा

२१ चैत्र २०८०, बुधबार

    गृहमन्त्रालयले ९ उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले बुधबार ९ उपसचिवको सरुवा गरेको हो ।   जसमा कृष्ण गैरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमन्त्रालयमा उपसचिव मोहनप्रसाद न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछाम, झंकनाथ ढकाललाई गृहमन्त्रालय, पुष्कर रानालाई विमानस्थलस्थित अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरीका रेवतीरमण शर्मालाई तातोपानीस्थित अध्यागमन कार्यालय, सीता परियारलाई इलाका प्रशासन […]

आलु महोत्सवको तयारी अन्तिम चरणमा

२१ चैत्र २०८०, बुधबार

पोखरा।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको उद्घाटन दिन नजिकिदै गर्दा यसको तयारी अन्तिम चरणमा पुगेको छ । जस अन्तर्गत हालसम्म ९० प्रतिशत तयारी भइसकेको छ । स्टल निर्माण लगभग सकिएको छ भने हेमजाका बुद्ध चोक, मेलवोट, साँझा लगायत गरी कुल ७ स्थानमा स्वागतद्वार निर्माण गरिसकिएको छ । स्टलतर्फ कुल एक सय ४० मध्ये कृषिका लागि […]

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए पदबाट राजीनामा

२१ चैत्र २०८०, बुधबार

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पाण्डेले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो । नेकपा माओवादी केन्द्रले गत फागुन २३ मा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डको सरकार अल्पमतमा परेको थियो । अल्पमतमा परेको सरकारले ३० दिनभित्र विश्वासको मत […]

पोखरा घुम्न आउने पाहुनालाई लक्षित गरी बन्यो नानी अपार्टमेण्ट

२१ चैत्र २०८०, बुधबार

पोखरा  ।  पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनाललाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा.लि.ले उक्त अपार्टमेण्ट बनाएको हो । ‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न आउने पाहुनाका लागि लक्षित गरेर यो अपार्टमेण्ट बनाईएको हो ।’ नानी अपार्टमेण्ट प्रा.लि.की सञ्चालक […]

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेमा  जीप दुर्घटना

१८ चैत्र २०८०, आईतवार

पोखरा ।    कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरेमा  जीप दुर्घटना भएको छ । पोखराबाट भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आज दिउँसो ३ः३० बजे  दुर्घटनामा परेको परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निरीक्षक सूर्य रानाले जानकारी दिए ।   दुर्घटनाका  घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै गरेको इन्स्पेक्टर रानाले बताए । पोखराको […]

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा

१७ चैत्र २०८०, शनिबार

पोखरा । जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो । शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा […]