आज महाअष्टमी पर्व,महाकाली,महालक्ष्मी र महासरस्वतीको बिशेष पुजाआजा गरी मनाइँदै,

३१ आश्विन २०७५, बुधबार

  पोखरा, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज  महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ ।यस दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । यसै दिन पोखराका शक्तिपीठ  बिन्दुबासीनी ,भद्रकाली,अकलादेबी,शितलादेबी, काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, […]

दशैँका बेला पोखरा सहित १० ठाँउमा खाद्यान्नमा सहुलियत पसल सञ्चालन

२९ आश्विन २०७५, सोमबार

  काठमाडौँ, दशैँको अवसरमा खाद्य संस्थानले काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल सञ्चालन गरेको छ । वित्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, दाङ, तुलसीपुर, पोखरा सुर्खेत र धनगढीमा सहुलियत पसलको सञ्चालन भइरहेको छ । काठमाडौँको नख्कु, जावलाखेल, थापाथली र रामशाहपथमा सहुलियत पसल सञ्चालन भइरहेको छ । बिक्री संस्थानका बिक्रीवितरण विभागका प्रमुख लालमोहन ठाकुरका अनुसार जापनी चामल प्रतिकिलो […]

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बालिकाहरुलाइ आत्मरक्षा तालिम दिन थालियो

२९ आश्विन २०७५, सोमबार

  सोवेतो, दक्षिण अफ्रिका। दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन् । एउटी ११ वर्षीया बालिका त्यस प्याडलाई हात र कुहिनाले बेस्सरी हिर्काउँछिन् । थाबिसाङ […]

सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन

२९ आश्विन २०७५, सोमबार

  पोखरा ,सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो । बडादशैंको टिकाको दिन हुन सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निशुल्क बस सेवा सञ्चालन गर्न लागिएको […]

बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

२९ आश्विन २०७५, सोमबार

  धनुषा,  महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ । जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आउनुभएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा कारवाही गर्नका […]

महँगीयो भेँडाच्याङ्ग्राको मूल्य, च्याङ्ग्रालाई प्रतिगोटा २० देखि २२ हजार र भेँडा प्रतिगोटा १७ देखि १९ हजारसम्ममा खरीद बिक्री

२९ आश्विन २०७५, सोमबार

बेनी, २९  दशैँलाई लक्षित गरी  करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो । दशैँलाई लक्षित गरी यो वर्ष १६ हजार ७०० भेँडाच्याङ्ग्रा निकासी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोमस्थित सेवा केन्द्रका पशु चिकित्सक […]

लमहीको विकट क्षेत्रमा सभामुख, स्थानीयले विकासका योजना मागे

२८ आश्विन २०७५, आईतवार

  घोराही,  सभामुख कृष्णबहादुर महराले आज दिनभर लमहीको विकट क्षेत्रको अनुगमन भ्रमण गर्नुभएको छ । यहाँको लमही नगरपालिकाका विकट क्षेत्र मानिने हात्तिखालको वडा नं ९ मा पर्ने गोठुवा, पैते, अमेलियालगायतका स्थानमा उहाँले आज दिनभर घुमेर स्थानीयसँग भेटघाट गर्दै उनीहरुको गुनासो सुन्नुभयो । लमही नगपालिकाका प्रमुख जीतबहादुर केसीका साथमा महरा लमहीको विकट गाउँमा पुग्नुभएको हो । […]

बारामा ६ वर्षिय बालकको अपहरणपछि हत्या, दुई पक्राउ

२८ आश्विन २०७५, आईतवार

मुकेश यादव,बारा  । बारामा  मा एक ६ वर्षिय बालकको अपहरण पछि हत्या भएको छ । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलका धनेश्वर प्रसाद यादवको छ वर्षीय छोरा गोलु भन्ने दिपक प्रसाद यादवको अपहरण पछि घांटी थिचेर हत्या भएको छ । असोज २४ गते बुधबारका दिन सांझ चारबजे देखि बेपता भएका दिपकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले […]

धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना , तिमिल्सिना

२८ आश्विन २०७५, आईतवार

  बागलुङ,  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि […]

श्रद्धाञ्जलिका लागि काङ्ग्रेसका नेता स्वर्गीय बास्तोलाको पार्थिव शरीर सानेपामा

२८ आश्विन २०७५, आईतवार

  काठमाडौँ, नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि […]