राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही

२ मंसिर २०७५, आईतवार

  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताउनुभएको छ । शाहीले आज पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न दबाब सिर्जना होस् भन्ने उद्देश्यका साथ गत वैशाख १ गते प्रधानमन्त्रीसहितको टोली रारा पु¥याएर कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणा गरेपनि संघीय सरकारले खासै चासो […]

थ्री स्टार शीर्ष स्थानमा

२ मंसिर २०७५, आईतवार

काठमाडौं । ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा ब्रिगेड ब्वाईजलाई ५ – १ ले हराउदै थ्री स्टारले जितलाई कायम राखेको हो।   सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन रजिन धिमाल, सुनिल बल, रन्जन बिष्ट, निराजन खड्का र कप्तान बिक्रम […]

युवकको हत्या

२ मंसिर २०७५, आईतवार

नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ । उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा आज मृत्यु भएको हो । चन्दलाई आफन्तले […]

शिक्षामा लगानी बढाउन शिक्षाकर्मीको दवाव

२ मंसिर २०७५, आईतवार

   मौलिक हक स्थापनाका लागि नेपालले उपलब्धि हासिल गरे पनि शिक्षा क्षेत्रमा लगानी कम भएकामा अन्तर्राष्ट्रिय नागरिक समाजका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनमा सहभागी शिक्षाकर्मीले संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० वा कूल गार्हस्थ उत्पादनको छप्रतिशत बजेट […]

राजनीतिमा युवा सहभागिता बढाउनुपर्छ ः महामन्त्री कोइराला

२ मंसिर २०७५, आईतवार

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणका लागि राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने बताउनुभएको छ । विराटनगर कोइराला निवासस्थित जिपी फाउण्डेशन प्रदेश नं १ कार्यालयको आज महामन्त्री कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र फाउण्डेशनका केन्द्रीय सभापति सुजाता कोइरालाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । महामन्त्री कोइरालाले पार्टीको उज्ज्वल भविष्य निर्माण […]

नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन

२ मंसिर २०७५, आईतवार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ । झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारीे दिनुभयो । प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ […]

हराउँदै त्रिशूलीको कान्छी बदाम

२ मंसिर २०७५, आईतवार

लौ आयो त्रिशूलीको कान्छी बदाम आयो, नुवाकोटे बदाम” भन्दै अहिले पनि राजधानीलगायत अन्य ठाउँमा व्यापारीले डालामा राखेर बदाम बेच्ने गर्थे । अहिले साँच्चिकै भनूँ भने नुवाकोटे बदामको स्वाद अहिलेका मानिसले चाख्न पनि पाएका छैनन् । नुवाकोट, विदुर –७ तुप्चेका ३९ वर्षीय कृष्ण रिजाल भन्नुहुन्छ, “पहिला हामी भुरा हँुदा आफ्नै घरमा मात्र नभई टोलछिमेकले कात्तिके चिसो […]

ललितपुरका मुख्य–मुख्य सडकमा अब सिसिटिभी क्यामेरा

२ मंसिर २०७५, आईतवार

ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ। ललितपुर महानगरपालिकाका नगरप्रमुख (मेयर) चिरिबाबु महर्जनले महानगर भित्रका मुख्य–मुख्य सडकमा सिसिटिभी क्यामेरा जडान गर्ने तयारी भइरहेको जानकारी दिए। १३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पु¥याउन महानगरपालिकाले सिसिटिभी क्यामेरा सडकमा जडान गर्ने […]

बेनिशा र रीमाको लेजबियन सम्बन्धको भिडियोमा डीसलाइक धेरै

२ मंसिर २०७५, आईतवार

  केही समय अगाडि चलचित्र ‘सुनगाभा’ बनेको थियो, जसले लेजबियन जोडीको सम्बन्धलाई प्रस्तुत गरेकोे थियो । हलमा असफल भएपनि यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । मानिसको सोच परिवर्तन हुँदै गएपछि समाजमा खुल्ला रुपमा देखिन थालेको यस्तो सम्बन्धले पर्दामा पनि स्थान पाइरहेका छन् । यही क्रममा, एउटा म्यूजिक भिडियोमा दुई यूवतीको लेजबियन सम्बन्धलाई प्रस्तुत […]

बलात्कारपछि हत्या : न्याय पाउने हरायो आश

२ मंसिर २०७५, आईतवार

सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधँैका लागि बिदा लिइन् । “मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो”, […]