देशदेखि विदेशसम्म यस्तो हुनेछ सेलिब्रेटीको तीज

२८ भाद्र २०७५, बिहीबार

यतिबेला महिला दिदीबहिनीलाई तीजको रौनकले छोइसकेको छ । हिन्दु नारीहरूको महत्वपूर्ण चाड पनि हो तीज । तीजमा दर खाने, खुसी साटासाट गर्नेदेखि उपहार आदान–प्रदान गर्नेसमेत गर्दछन् । यो तीजको रौनकले केहीलाई महिना दिन अगाडिदेखि नै छोएको छ भने कोही कामको चटारो मिलाएर तीज मनाउनतिर लागेका छन् । यो तीजले हाम्रा केही सेलिब्रेटीलाई व्यस्तसमेत बनाएको छ […]

‘विवाह नामको संस्थामा समाजले महिलाहरुलाई कमजोर बनाएको छ’

२८ भाद्र २०७५, बिहीबार

एजेन्सी । भारतीय अभिनेत्री कल्की कोचलिनको विचारमा समाजले ‘विवाह’ नामको संस्थालाई यसरी बनाएको छ कि यसमा महिलालाई कमजोर रुपमा हेरिन्छ । कल्कीले शैली चोपडा तथा मेघना पन्तद्वारा लिखित किताब ‘फेमनिस्ट रानी’को विमोचन समारोहमा बोल्ने क्रममा यी कुरा बताएकी हुन् । उनले विवाहबारे थप बोल्दै एक महिलाको लागि विवाहलाई लिएर रहेको ‘सबैभन्दा ठूलो समस्या’ भनेको योसँग […]

कामना फिल्म अवार्ड : मनोनयन सूची सार्वजनिक

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं –कामना प्रकाशनले सिजी कामना फिल्म अवार्ड्सको चौथो संस्करणको मनोनयन सूची सार्वजनिक गरिएको छ । ०७४ साल १ वैशाखेदेखि चैत मसान्तसम्म सार्वजनिक रुपमा प्रदर्शनमा आएका चलचित्रमध्यबाट निर्णायक मण्डलले उत्कृष्ट ५ मनोनयनको सूची सार्वजनिक गरेको हो । ३१ विधामा प्रदान गरिने चौथो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७५ अन्र्तगत सर्वोत्कृष्ट चलचित्र विधामा ब्लाइन्ड रक्स, घामपानी, कृ, […]

नेपाल आउँदै बलिउड अभिनेता गोबिन्दा

२८ भाद्र २०७५, बिहीबार

काठमाडौँ — बलिउड अभिनेता गोबिन्दा नेपाल आउने भएका छन् । आइतबार राजधानीमा आयोजना हुने ‘एलजी सिनेमा सर्कल अवार्ड’को लागि उनी नेपाल आउने भएका हुन् । अवार्डमा पाहुनको रुपमा उनले सहभागी जनाउने अवार्डका अध्यक्ष दिनेश डिसीले बताए । डिसीका अनुसार गोबिन्दा शनिबार नेपाल पाउनेछन् । तीन दिनको भ्रमणका लागि नेपाल आउन लागेका गोबिन्दाले अवार्डमा बरिष्ठ निर्देशक […]

‘छक्का पञ्जा ३’को यस्तो छ नयाँ गीत ‘उमेर ढल्किन्छ… ’

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’को नयाँ गीतसार्वजनिक भएको छ । दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे र बुद्धी तामाङ लगायतको अभिनय देख्न सकिने गीत नवलपरासी स्थित सास्वत धाममा छायाँकन गरिएको छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द पोखरेल र […]

विदेशमा ‘रामकहानी’

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – गत शुक्रबारबाट प्रदशर््नमा आएको चलचित्र ‘रामकहानी’ यूरोप, अष्ट्रेलिया र अमेरिका लगायत देशमा रिलिज हुन लागेको निर्देशन सुदर्शन थापाले जानकारी दिएका छन् । चलचित्र सेप्टेम्बर १६ मा अमेरिकाको बोष्टनमा हुँदैछ । यसपछि अमेरिकाका विभिन्न राज्यमा यो चलचित्र रिलिज हुनेछ । यस्तै, चलचित्र अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन हुने तयारीमा छ । यस्तै, चलचित्रको यूरोप प्रदर्शन […]

असोज ३ गते ‘ब्ल्याक आउट’ गर्न राजपा नेपालले जिल्लामा पठायो यस्तो सर्कुलर

२७ भाद्र २०७५, बुधबार

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन असोज ३ गते मधेसमा ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । संविधान जारी भएको दिनको सम्झनामा सरकारले असोज ३ गते संविधान दिवस बनाउने निर्णय गरेको छ । तर, राजपा नेपालले सो दिन कालो दिनको रुपमा मनाउने निर्णय गर्दै विरोध प्रदर्शन र विरोध सभा गर्ने समेत निर्णय गरेको […]

निर्मला पन्त हत्या प्रकरणः विष्टसँगै बम दिदीबहिनी पनि छुटे

२७ भाद्र २०७५, बुधबार

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा अभियुक्त बनाइएका दिलिपसिंह बिष्ट रिहा भएका छन् । बिष्टसँग बम दिदीबहिनी पनि रिहा भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गर्न आदेश दिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । १४ वर्षीय रोशनी बमलाई साधारण तारेखमा छाडिएको छ […]

काठमाडौंको रातोपुलबाट वाइसिएलका केन्द्रीय सदस्य पक्राउ

२७ भाद्र २०७५, बुधबार

काठमाडौं । प्रहरीले योङ कम्युनिष्ट लिग (वाईसिएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई काठमाडौंबाट गिरफ्तार गरेको छ । मंगलबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको रातोपुलबाट गिरफ्तार गरेको हो । वाइसिएलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठमाथि प्रहरीले ठेक्केदारमाथि धम्क्याएको आरोपमा गिरफ्तार गरेको जनाएको छ ।  श्रेष्ठले केही समय अघिदेखि आफ्नो घर निर्माण गर्न ठेक्केदारलाई जिम्मा […]

तीन डीआईजी एआईजीमा बढुवा सिफारिस, एक नम्बरमा पुस्कर कार्की

२७ भाद्र २०७५, बुधबार

काठमाडौं– नेपाल प्रहरीका डीआईजी पुस्कर कार्कीसहित तीन डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस भएका अरु दुई जनामा ठूले राई र धिरु बस्नेत रहेका छन् । कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । तर, सर्वेन्द्र खनाललाई सरकारले चयन गरेपछि उनी डीआईजीमा खुम्चिएका थिए । उनै कार्की अहिले एक नम्बरमा रहँदै एआईजीमा बढुवा सिफारिस […]