युवाको उत्सापूर्वक साथ पाएको छुँ : दिपक माइला

२८ कार्तिक २०७९, सोमबार

पोखरा । कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख साथ पाएको बताए । ‘आफ्नो भुगोल अन्तर्गतका ठाउँहरुमा घरदैलो कार्यक्रममा पुग्दा युवा साथीहरुको उत्साहपूर्वक सहभागीता पाएको छुँ,’ उनले भने, ‘आज सम्म कुनै पनि पाटीमा […]

विपक्षीले रोक्ने कसरत गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भए: रामजी बराल 

२८ कार्तिक २०७९, सोमबार

पोखरा ।  कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन् । उनले यो योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा आएको बताए । माछापुछ«े गाउँपालिकाको धम्पुसमा आयोजना […]

दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न निर्वाचन आयोगको ध्यानाकर्षण

२७ कार्तिक २०७९, आईतवार

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ । आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन र निर्वाचनमा खटिएका […]

दीपक कोइराला : व्यवहारमा मिलनसार, काममा परिपक्व

२७ कार्तिक २०७९, आईतवार

पोखरा ।घरेकजसो चुनावी सभामा कांग्रेस नेता यज्ञबहादुर थापा कास्की १ को १ मा प्रदेशसभा सदस्य उम्मेदवार दीपक कोइरालाको तारिफ गर्छन् । कोइरालाले आफ्नो पहिलो कार्यकालमा थुप्रै काम गरेको भए पनि प्रचारप्रसार नगरेकोमा गाली पनि गर्छन् । भन्छन्, ‘उनी मिजासिलो छन् । सबैसँग मिल्छन् । धेरै काम गरेर पनि आफूले यो–यो गरे भनेर भन्न जान्दैनन् ।’ […]

संविधान जोगाउने गठबन्धनका नेतालाई भोट हालिन्छ : मतदाता

२७ कार्तिक २०७९, आईतवार

पोखरा ।  पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलो अभियानमा छन् । मंसिर ४ नजिक आएकाले उनीहरुलाई मतदाता रिजाउन भ्याइनभ्याइ छ । कास्की २ का उम्मेदवार श्रीनाथ बराल, २ (क) का विश्वप्रकाश लामिछाने र २ (ख) का विन्दुकुमार थापा आईबार पोखरा १६ र ११ को घरदैलो र चुनावी कोणसभामा व्यस्त भए । उनीहरुले मत […]

पोखराका दुर्गम क्षेत्रलाई सुगममा परिणत गर्ने गठबन्धनको प्रतिवद्धता

२२ कार्तिक २०७९, मंगलवार

पोखरा ।कास्की २ मा पाँच दलीय गठबन्धनका उम्मेद्वारले पोखरा महानगरमा पछि थपिएका दुर्गम वडालाई योजनावद्ध रुपमा चाडै सुगममा परिणत गर्ने प्रतिवद्धता गरेका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, कास्की २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने र कास्की २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले […]

कास्की काँग्रेसका नेता कृष्ण थापा एमालेमा प्रवेश

२२ कार्तिक २०७९, मंगलवार

पोखरा ।  नेपाली काँग्रेस कास्कीका प्रभावशाली नेता कृष्ण थापा काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमवार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनी एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेपछि छोटो प्रतिक्रिया दिदै थापाले आफ्नो स्वःइच्छा र राष्ट्रिय परिस्थिति अनुसार नेकपा […]

कास्कीकोटको खानेपानी समस्यामा ध्यान दिन्छु, सडक छिट्टै पक्की हुन्छ : बराल

१९ कार्तिक २०७९, शनिबार

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं। ३ ९ख० का उम्मेद्वार प्रकाश बरालले गुण्टीचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्वना भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं। २४ मा शनिबार घरदैलो गरेपछि गुण्टेचौरमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । विगतमा नेताहरुले आश्वासन दिएर पूरा नगरेको उल्लेख […]

विजयी भएपछि पनि गठबन्धनमा छलफल गरी बिकास गर्छौं – बराल

१९ कार्तिक २०७९, शनिबार

पोखरा।  मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् । पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले […]

चुनावपछि भूमिहिन र अव्यवस्थित बसोबासीलाई रातोपूर्जा : उम्मेदबार बराल

१७ कार्तिक २०७९, बिहीबार

पोखरा। आसन्न प्रनितिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बरालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिट्टै अन्त्य गरिने बताएका छन् । चुनावी घरदैलो तथा अभियानका क्रममा आज पोखरा महानगरपालिका–१ मा भएको सम्पर्क कार्यालय उद्घाटन तथा कोणसभामा उनले वडाका कसेरी, सिमपानी लगायतका स्थानमा बसोबास गरिरहेका वास्तविक भूमिहिन र अव्यवस्थित […]