सोमबारदेखि वर्षा हुने,आवश्यक सतर्कता अपनाउन अनुरोध

१० श्रावण २०७८, आईतवार

काठमाडौं ।सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । “आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने […]

पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज  विनियोजन गर्ने मन्त्री शर्माको निर्णय

१० श्रावण २०७८, आईतवार

  पोखरा । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपÒर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणका लागि मन्त्रालय पुग्नु भएका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमख उमा गौतम कोइराला ,इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायत कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । पदभार ग्रहणसँगै उहाँले दुइ वटा महत्वपूर्ण निर्णयहरु […]

नेपालबाट कतार जाने यात्रुका लागि क्वारेन्टिन र खोपबारे कतार सरकारको नयाँ नियममा  यस्तो छ प्रावधान

१० श्रावण २०७८, आईतवार

  पाेखरा।  वैदेशिक रोजगारी या अन्य कामले कतार प्रवेश गर्ने नेपालीले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ। कतार सरकारले आफ्नो मुलुक प्रवेशबारे हालै जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। कतार प्रवेश गर्ने हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य […]

९ दिनदेखि हराएका सुमनको खोजीका लागि श्रीमतीको गुहार

९ श्रावण २०७८, शनिबार

  काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका -६ का सुमन ढुङगाना ९ दिनदेखि सम्पर्कविहीन भएपछि खोजीका लागि आग्रह गरिएको छ । ३६ वर्षीय सुमन गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएकाले खोजी गरी दिन श्रीमती सम्झना ढुङगानाले आग्रह गरेकी हुन् । उनले प्रहरी चौकी पाँचखालमा निवेदन दिँदै खोजीका लागि गुहार मागेकी हुन् । घरमा कसैलाई जानकारी नदिएर […]

सराङकोटमा गणेश मन्दीर निर्माण हुने

९ श्रावण २०७८, शनिबार

पोखरा  । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा १८ को सराङकोटमा हाल निर्माण हुन लागेको गणेश मन्दीर सहितका अन्य भौतिक संरचना निर्माणको लागि सहयोग गर्ने बताएका छन्। २३ लाख ७५ हजारको लगानीमा निर्माण हुने गणेश मन्दीरको शनिबार शिलन्यास गर्दै मन्त्री बरालले सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन गर्न मन्दीर सहित थप भौतिक संरचना निर्माणमा […]

मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याइयो

९ श्रावण २०७८, शनिबार

    पाेखरा। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याएको छ। निगमको वाइडबडी ए३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ शव र तीन अस्तु नेपाल ल्याएको हो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत् नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले […]

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण

९ श्रावण २०७८, शनिबार

पाेखरा।पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २१९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । […]

गण्डकीमा  मन्त्रिमण्डल बिस्तार, थप ६ जना मन्त्रीले लिए शपथ

८ श्रावण २०७८, शुक्रबार

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक महिनापछि मन्त्री मण्डललाई पूर्णता दिएका छन् । शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट थप मन्त्री बनाएका छन्। ११ मन्त्रालय रहेको मन्त्रीपरिषद्लाई पूर्ण बनाएका हुन् । नयाँ जिम्मेवारी अनुसार कांग्रेसका कुमार खड्काले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री, […]

गण्डकी सरकारले दियो प्रहरीलाई गाडी

८ श्रावण २०७८, शुक्रबार

पोखरा । गण्डकी प्रदेश सरकारले नेपाल प्रहरीलाई एउटा बस र चारवटा पिकअप भ्यान प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीलाई बिहीबार पोखरामा आयोजित कार्यक्रममा गाडीका चाबी हस्तान्तरण गरे । प्रदेशको शान्ति सुरक्षा चुस्त पार्न र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने अभियान अन्तर्गत प्रदेश सरकारले गाडी प्रदान गरेको […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

८ श्रावण २०७८, शुक्रबार

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए । कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले […]