बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई छ महीना जेल

कास्की : बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवानाको सुनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गरेका थिए । सो घटनाका बारेमा प्रहरीमा उजुरी परेपछि प्रहरीले सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उक्त अभियोगमा गत जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको हो । न्यायाधीश काजीबहादुर राईले उक्त मुद्दामाथि फैसाला गर्नुभएको हो । उक्त घटनामा परिवारका सासु, ससुरा, देवर, देवरानीले भने सफाइ पाएका छन् । –––

पोखरा ३ मा नेपाली काँग्रेसको साधारण सदस्यता बितरण अभियान शुरु

  पोखरा ,नेपाली काँग्रेस क्षेत्र नं ३ को निर्देशन अनुसार पोखरा ३ मा नेपाली काँग्रेसको सदस्यता बितरण अभियान शुरु गरिएको छ ।  संगठनलाई ब्यबस्थित ,मर्यादित,र अनुशासित तवरले संचालन गर्न साधारण सदस्यता अभियान शुरु गरिएको क्षेत्र नं ३ का सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो ।राष्ट्रियता,लोकतन्त्र र समाजबाद सिद्धान्तमा आस्था राख्ने   ब्यक्तिलाई साधारण सदस्यता दिन सकिने उहाँले बताउनु भयो । साधारण सदस्य बन्न १६ बर्ष उमेर पुरा गरेको नेपाली नागरिक हुनु पर्ने पनि उहाँले बताउनु भयो। नेपाली काँग्रेसका महासमिति सदस्य एबं सदस्यता बितरण अभियान वड नं ३ का संयोजक रामजि कुवँर ले काँग्रेसमा आन्तरिक जागरण ल्याउन अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताउनू भयो । ०७५ मंसिर को अन्त्य सम्म स्थानिय संगठनको अबस्था,साधारण सदस्यता बितरण संख्याको अभिलेखका साथ  प्रतिबेदन बुझाउन पनि संयोजक कुवँरले आग्रह गर्नु भयो । पुर्ब सांसद शारदा पौडेलले नेपाली काँग्रेसका साथै अन्य दलमा आस्था राख्ने  सदस्यहरुको अभिलेख राख्न पनि अभियानले सघाउने हुदाँ सत्य तथ्य डाटा संकलन गर्नु पर्ने धाराणा राख्नु भयो । नेपाली काँग्रेस वडा नं ३ कार्य समितिले आयोजना गरेको छलफलकार्यक्रममा क्षेत्र नं ३ का सचिब खिमलाल बाँस्तोला,जिल्ला सदस्य कृण्ण तिम्सिना,उमेशराज पराजुली,क्षेत्रिय सदस्य मधुसुदन पौडेल,सदस्यता बितरण समितिका सदस्य हरि प्रसाद लामिछाने ,राधा अधिकारी,बिनोद त्रिपाठी,मान बहादूर लामिछाने  लगाएतले आ आफ्ना बिचार राखेका थिए।  वडा नं ३ का १० वटै टोलमा सदस्यता बितरण का लागि  संयोजक  समेत तोकिएको नेपाली काँग्रेस वडा नं ३ कार्यसमितिका सचिब सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो । नेपाली काँग्रेस वडा नं ३ कार्यसमितिका सभापति दिलिप गीरी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सरिता तिम्सिना पगेनी ले गरेकी थिइन।

दुर्घटना बीमा गर्न पत्रकारलाई आग्रह

नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि शुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र पत्रकार महासङ्घबाट सो बीमा कार्यक्रम शुरु गरिएको हो । महासङ्घले उक्त कार्यक्रमअन्तर्गत आव २०७५÷०७६ मा दुर्घटना बीमा कार्यक्रममा जिल्ला, प्रतिष्ठान शाखा र एशोसिएट संस्थाका सदस्य पत्रकारलाई आवश्यक प्रक्रिया पु¥याई आउँदो मङ्सिर १५ गतेसम्ममा सहभागी हुन अनुरोध गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले गत वैशाख र असारमा बीमा गरिएका पत्रकारले बीमाका लागि प्रक्रिया पु¥याई २०७६ वैशाखपछि सम्पर्क गर्नुपर्ने जानकारी दिनुभयो । सरकारले पत्रकारका लागि दुर्घटना बीमा निर्देशिका, २०७० मार्फत पाँच लाखसम्मको दुर्घटना बीमा स्थापना गरेको थियो । दुर्घटना बीमा गर्न पत्रकारले सूचना विभागले जारी गरी अवधि नसकिएको परिचयपत्र र महासङ्घको सदस्यता नवीकरण तथा सदस्यता लिएको हुनुपर्नेछ ।

रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन सरकारसँग आग्रह

रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरूले जतिसक्दो छिटो लैजान पहल गर्न आग्रह गरेका हुन् । इपिएस पीडित नेपाल समूह गठन गरी उनीहरूले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । आज शान्तिवाटिकामा आयोजित कार्यक्रममा पीडित समूहका अध्यक्ष लेखराज कार्कीले सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण भएका व्यक्तिको कोरिया जाने प्रक्रिया तत्काल अगाडि बढाइनुपर्ने बताउनुभयो । सन् २०१७ मा भाषा परीक्षा पास गरेका कामदारको प्रक्रिया अघि नबढाई २०१८ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारलाई प्राथमिकता दिइएकाले आफूहरू अन्यायमा परेको उहाँले बताउनुभयो । इपिएस प्रणालीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरी भाषा परीक्षा उत्तीर्ण कामदारलाई कोरिया लगिसकेपछि मात्र नयाँ परीक्षा सञ्चालन गर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।