गण्डकी कोटिहोममा स्याङ्जाका पालिकाबाट आर्थिक सहयोग घोषणा

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।
कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहयोग गर्ने भक्तजन दिनहुँ बढ्दै गएका छन् । कोटिहोममा आउने जनप्रतिनिधिले यस्ता खालका कोटिहोम नेपालका विभिन्न ठाउँमा गएर सञ्चालन गर्न समेत सुझाव दिएका छन् ।
यस क्रममा आइतबार कोटिहोममा स्याङ्जा जिल्लाका पालिका बाट प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । कोटिहोममा गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराई, वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारी, आँधीखोल गाउँपालिका स्याङ्जाकी उपाध्यक्ष सीता थापाको उपस्थित रहेको थियो ।
उनीहरूले कोटिहोम दर्शन मात्रै होइन पालिका बाट अनाथ बालबालिकाका लागि अभिभावक वन्ने घोषण समेत गरे । गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराई र  वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारीले पालिकाको तर्फबाट अनाथ वाल वालिकाको अभिभावक बन्न १÷१ लाख सहयोग गर्ने घोषण गरे । त्यति मात्रै होइन मानव सेवाका लागि आवश्यक परेमा अन्य शीर्षकमा पनि सहयोग गर्ने सकिने वचन दिए ।
कोटिहोममा बोल्दै गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराईले मानव जीवनलाई सार्थक बनाउनका लागि मानव सेवामा जोडिन सबैलाई आग्रह गरे । ‘मानव सेवा फाउन्डेसनले अनाथ वाल वालिका र ज्येष्ठ नागरिकको लालन पोषणको अभियानमा सञ्चालन गरेको यो कोटिहोम आफैमा उत्कृष्ट छ’ उनले भने, ‘धर्तीमा आफ्नो उपस्थितिलाई सार्थकता बनाउन पनि यस कोटिहोममा आएर सबैले सहयोग गरौँ ।’
वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारीले यस्ता खलाका महायज्ञले नैतिक शिक्षा तथा आफ्नो धर्म संस्कार सिकाउने काम गरेको हुनाले देशका हरेक ठाउँमा यस्ता महायज्ञ गर्नु पर्ने उल्लेख गरिन् । उनले देशलाई धर्म सापेक्ष बनाउनका लागि सबै लाग्नु पर्ने बताइन् ।
कोटिहोममा पं. सूर्य प्रसाद तिमिल्सिनाबाट २५ हजार ५ सय ५ अर्घखाचीका दधिराम पाण्डेले १५ हजार १ सय १५, पोखरा–१० का कुमान सिंह गुरुङबाट १५ हजार, एकता टोल नारी समूह लिला बराल बाट रु २५ हजार ५ सय ५५, गलेश्वर ज्येष्ठ नागरिक समूह  पोखरा गलेश्वर मार्ग बाट २५ हजार ४ सय, पोखरा– २३ की ८८ वर्षिया सन्तु देवकोबाट  बाट रु ७ हजार २०, फेदी खोला स्याङ्जाकी कमला बरालबाट ३ टिप समिधा, तालबराही मन्दिर गुठी व्यवस्थापन संस्था बाट  रु २५ हजार ५ सय ५५, इन्द्रेणी आमा समूहबाट १५ हजार ५ सय ५५, स्याङ्जा दरबार चोक आमा समूह फेदी खोला ४ बाट ११ हजार ५ सय सहयोग प्रदान भएको छ ।
केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको अभियानबाट प्रभावित भए पछि मानव सेवामा जोड्न जग्गा नै दान गरेका छन् ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।
कोटिहोम शनिवार देखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । २५ जनाको समूहका साथ पुनः पोखरा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको लामिछानेले जानकारी दिए । त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा चर्चित गायक थानेश्वर गौतमको भजन प्रस्तुतिले अतिथि तथा भक्तजन छमछम नाचेका थिए । पोखराका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले पनि कोटिहोमको दर्शन गरेका छन् ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।
कोटिहोममा आज देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खड्का ‘बिखर्ची’ ले विश्वमा शान्तिको सन्देश फैलाउन यस्ता कोटिहोम आवश्यक रहेको बताए । ‘हाम्रो सनातन धर्म संस्कृतिको जगेर्ना सँगै यसबारे जनचेतना जगाउन आयोजना गरिएको यो वक्तृत्वकला प्रतियोगिता उत्कृष्ट छ’–उनले भने ।
प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए।
उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनीषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुनेछ ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजकालगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
उनका अनुसार कोटिहोममा तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्पयोग पूजा, मंगल चतुर्थी व्रतउद्यापन, सप्तवार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, मांगलिक शान्ति, ऋणमोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्तिपाठ, श्रीसूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोगनिवारण पाठ, ग्रहसूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्रीसूक्त पाठपारायण, भूमिदोष निवारण, दशमहादान, अष्टमहादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।
युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्।
महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो छ। त्यसैगरी आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको जानकारी दिए। त्यसैले पनि कोटिहोममा आएका भक्तजन शिवलिङ्ग र शिवमूर्तिसँगै फोटो खिच्दै जाने गरेका छन्।
तनहुँ दमौलीकी कामना क्षेत्री बुधबार कोटिहोम दर्शन गर्न आइन्। उनले कोटिहोम प्रवेश गर्नासाथ सबैभन्दा पहिला शिवलिङ्ग खोजिन् र दर्शनपछि कोटिहोमका अन्य स्थानहरू घुमिन्।
“घरमा टिभी हेर्दा शिवलिङ्ग देखेँ, अनि त्यत्तिकै बेलादेखि कोटिहोम पुगेर प्रत्यक्ष दर्शन गर्ने धोको थियो, जुन आज पूरा भयो,” उनले भनिन्। पोखरा–१० अमरसिंहचोककी अर्को कामना क्षेत्रीले पनि सामाजिक सञ्जालमा शिवलिङ्ग देखेपछि कोटिहोम आएकी बताइन्। यस्तै प्रतिक्रिया अधिकांश भक्तजनको सुनिएको छ।
त्यसैगरी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा र १०० कुण्डीय कोटिहोमको परिक्रमा गर्ने भक्तजनको पनि भिड लागेको छ।
अर्कोतर्फ, मूलद्वारको प्रवचन स्थल भने आजका अन्य दिनहरूभन्दा केही फरक देखिएको छ। प्रवचन स्थललाई विशेषरूपमा सजाइएको थियो, जहाँ भक्तजनहरूको उपस्थिति उल्लेखनीय थियो। सोही प्रवचन कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, नगरपालिकाका कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई झनै भव्य र उत्साहजनक बनाएको थियो।
नगरप्रमुख विष्णुबहादुर विष्ट र उप–प्रमुख भरत गोपाली प्रवचन स्थलमै छमछम्ती नाचेर धार्मिक वातावरणमा रमाएका थिए। कार्यक्रमको क्रममा नगरप्रमुखले कोटिहोमलाई सम्बोधन गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कुरामा जोड दिए। उनले ज्येष्ठ नागरिकप्रतिको कदर र सेवा नै हाम्रो कर्तव्य भएको बताए। साथै, उनले केही सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि जनाए। उक्त सहयोग नगरपालिकाको तर्फबाट मात्र नभई व्यक्तिगत रूपमा समेत उपलब्ध गराइने उनले स्पष्ट पारे।
प्रवचन स्थलमा उपस्थित स्थानीय बासिन्दाहरूले नगरप्रमुखको सक्रियता र सहयोगी भावना प्रति प्रशंसा व्यक्त गरेका थिए। उनीहरूले यस प्रकारका धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधिहरूको उपस्थितिले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। यस्तो सहभागिताले जन–प्रतिनिधि र नागरिकबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन कोटिहोम दर्शनमा आउने संकेत पाएको बताएका छन्। जेठ १० गते अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कोटिहोममा कथा वाचन गर्न आउने भएकाले यो अनुमान गरिएको हो।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन्। जेठ १४ देखि २२ गतेसम्म श्रीमद् देवीभागवत कथावाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीको पनि प्रवचन हुनेछ। यी दुई ख्यातिप्राप्त वाचिकाहरूको उपस्थिति भक्तजनको आकर्षण बढाउने आयोजकको विश्वास छ।
कोटिहोममा युवा दार्शनिक चैतन्यकृष्ण महाराज, अनन्त श्री विभूषित पुज्य १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले पनि भजनसहित कथा वाचन गरेका छन्। राष्ट्रिय भजन प्रतियोगितामा बुधबारसम्म १७० समूहले भजन प्रस्तुत गरिसकेका छन्।
खुला रक्तदान कार्यक्रममा ३०० भन्दा बढीले रक्तदान गरिसकेका छन्।
कोटिहोममा जेठ ९ र १० गते फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, गुरु, धार्मिक तथा सामाजिक अभियन्ता, संघसंस्थाका पदाधिकारीलाई सम्मान गरिने कार्यक्रम तय भएको छ।
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम को नयाँ भवनको शिलान्यास गरिसकेको छ। यसै उद्देश्यले पोखरामा कोटिहोम सञ्चालन गरिएको हो। यहाँ विभिन्न जातजातिका संस्कृतिहरूको पनि प्रस्तुति भइरहेको छ।
कोटिहोममा जेठ ११ गते ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता हुनेछ। नामावली दर्ता जेठ १० गतेसम्म खुला गरिएको छ।
जेठ १४ गते नेपालका सुप्रसिद्ध मोटिभेटर डा. तारा प्रसाद गिरीले निशुल्क प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। विद्यालयस्तरका विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आयोजकले आह्वान गरेका छन्।
धार्मिक क्षेत्रमा उदाउँदै गरेका प्रतिभालाई कोटिहोममा उचित स्थान दिइने संकल्पकर्ता महाराजले जानकारी दिएका छन्।
कोटिहोममा दैनिक ४ सय बढी ब्राह्मणले  हवन कुण्डमा हवन गरिरहेका छन्। यहाँ तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, हनुमान चालीसा १०८ आवृत्ति पाठ, रुद्राभिषेक, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, दशमहादान, भूमिदान, गोदान लगायतका धर्मकर्महरूको व्यवस्था गरिएको छ।
जेठ १० गते दक्षिण एशियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट झाँकी प्रस्तुत हुनेछ। उनीहरूले थाली नृत्यसमेत प्रदर्शन गर्नेछन्।

पोखरा –  २७ का वडाध्यक्ष गुरुङको परिवारबाट वीर आधारभूत विद्यालयमा  २ लाख रुपैयाको अक्षयकोष स्थापना

  लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रवार विद्यालयमा २ लाख रुपैयाको अक्षयकोष अक्षयकोष स्थापना गरेका छन् । वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ,दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमरबहादुर गुरुङ र दाजु स्व धनबहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन् । गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको चेक प्रधानाध्यापक विन्दु सुवेदीलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले बुबा र दाजुको सम्झनामा विद्यालयका विद्यार्थीहरूको शैंक्षिक विकासमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए । सोही अवसरमा विद्यालयका सल्लाहकार समेत रहेका समाजसेवी सुवेदारमेजर जगबहादुर गुरुङले विद्यालयलाई नगद पचास हजार रुपैया सहयोग गरे । यस्तै अर्का समाजसेवी रामबहादुर गुरुङ ढल्केले नगद पन्ध्र हजार रुपैया सहयोग गरका थिए । कार्यक्रममा बोल्दै लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल र राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङले दाताहरुलाई धन्यवाद दिदै रकमको सदुयोग हुने विश्वास व्यक्त गरे ।

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि एक लाख भक्तहरूले उपस्थिति जनाउने अनुमान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा व्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय हुने आयोजकको विश्वास छ ।  आयोजकका अनुसार भोलि (शनिवार) ३३ जिल्लाबाट भक्तजन आउने छन् ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले भोलि (शनिवार) मात्रै  एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने अनुमान गरेको जानकारी दिए । उनका अनुसार शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेकोले पनि कोटिहोममा भोलि भक्तजनको उपस्थिति उल्लासमय हुने विश्वास लिइएको छ ।
कोटिहोममा भोलि (शनिवार) सुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महारज आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
उनका अनुसार जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ३ गते देखि ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । उनीहरूले कोटिहोममा प्रवचन गर्नेछन् ।
कोटिहोममा आज चर्चित गायिका एलिना चौहान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए।
कोटिहोममा भोलि (शनिवार) देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
कोटिहोममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव श्रीनाथ बरालले पोखरामा सबै खालका पर्यटन भित्राउन कोटिहोमले सहयोग गरेको बताए ।
‘सुन्दर नगरी पोखरा पर्यटकीय राजधानीको रुपमा परिचित छ’ उनले भने, ‘कोटिहोमले धार्मिक पर्यटन मात्र नभई सबै खालका पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलको छ ।’
उनले महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीको उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टी साथमै रहेको विश्वास दिलाए । त्यसै गरी खुश्वु ओलीले हिन्दु धर्म सङ्कटमा परेको वेला यति ठुलो महायज्ञ लगाएर धर्मको रक्षा गरेकोमा आभार व्यक्त गरिन् ।
गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले ऐतिहासिक कोटिहोममा आफू साक्षी हुन पाउँदा सुखद अनुभव भएको बताइन् ।
कोटिहोममा चलचित्र निर्देशक तीर्थ बहादुर थापा, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सीता पौडेल, प्रदेश कमिटी उपाध्यक्ष मुक्ति पौडेल, प्रदेश कमिटी सचिवालय दानी शर्मा बराल, कास्की जिल्ला अध्यक्ष खड्का हमाल, प्रदेश सदस्य सरस्वती ठकुरी, प्रदेश सदस्य मिना शाही ठकुरी, प्रदेश सदस्य प्रेम थापा, वडा नं. १७ का उपाध्यक्ष इशारा थापा, हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी शारदा पङ्गेनी अर्याललगायतको उपस्थिति रहेको थियो।
कोटिहोममा शुक्रवार धुर्कोट गाउँपालिका–५ गुल्मीकी श्यामकला भण्डारीबाट ५१ हजार १ सय ५५, पोखरा–७ रत्न चोक निवासी कमला कार्की र उनका परिवारले २१ हजार ५५, सितागंगा नगरपालिका वडा नं. ३ अर्घाखाँचीका कुलराज पौडेलले ११ हजार १ सय ५५ गाउँ सुधार आमा समूह स्याङ्जाबाट ११ हजार १ सय ११, पुतली बजार– ११ स्याङ्जाकी रुकी अर्यालले १६ हजार, चिन्तनशील आमा समूह पोखरा– ५ बाट १५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।
उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।
त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजा सहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।
कोटिहोममा ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक खनालले जानकारी दिए । उनका अनुसार नामावली दर्ता जेठ १० गते सम्म रहेको छ ।
प्रतियोगितामा बाँके, बर्दिया, जुम्ला, पर्वत, स्याङ्जा, कास्की, नवलपुर, वाग्लुङ, लमजुङ, चितवन, काठमाण्डौं, तनहुँ, धादिङ, म्याग्दी लगायतका जिल्लाबाट नाम दर्ता भइसकेको उनले जानकारी दिए ।
महायज्ञमा गत वैशाख २७ गते देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा  प्रवचन गरिरहेका छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम जारी रहेको छ ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुशलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्।
कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिङ्गको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
कोटिहोममा जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।