घाँटी रेटी हत्या

मुकेश यादव बारा, बारामा शनिबार सांझ एकजना वृद्धको हत्या भएको छ। कलैया उपमहानगरपालिका(२३ कोइरिया टोलकाकरिब ६० बर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताएका छन । खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो। घटना करिब साँझ साढे आठ बजेको हो। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए ।

काठमाडौँ रोएल्सको पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात

भारतीय खेलाडी गौरव तोमरले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै २ अंक जोडेको छ । सबैले एक(एक खेल खेलिसक्कदा घरेलु टोली पोखरा पल्टन र बुटवल ब्लास्टर्सले पनि २ अंक जोडिसकेको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । नरेश बुढाऐरले २४ बल खेल्दै समान २ छक्का र चौका प्रहार गर्दै नटआउट २८ रन जोडे। जयकिशन कोल्सावालाले २५ रन जोडे। धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले १÷१ विकेट लिए । धनगढीका लागि कप्तान दीपेन्द्रले अर्धशतकिय पारी खेले पनि जित दिलाउन सकेनन् । धनगढीले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । सन्दीप जोरनले २७ रन जोडे। काठमाडौँका अमर सिंह राउटेला, बसन्त रेग्मी र सुशन भारीले २÷२ विकेट लिए । आजै भएको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ । १३६ रनको लक्ष्य पछ्याएको चितवन १६ दशमलब ५ ओभरमा ६५ रनमा अलआउट भयो । चितवन राइनोजका कोहि पनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । यसअघि बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा  ६ विकेटको क्षतिमा १३५ रन जोडेको थियो । बुटवलका लागि सागर पुनले ४६ रन , शंकर रानाले ४८ रन र सिद्धान्त लोहनीले १७ रनको योगदान गरे । कप्तान सोमपाल कामी ६ रनमा नटआउट रहे । चितवनका लागि करन केसिले दुई विकेट र शक्ति गोचनले एक विकेट लिए ।

पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा अधिकारी चयन

पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको  छ। संस्थाको उपाध्यक्षमा राजेश केसी र तारा गुरुङ, महासचिव दिपक पहारी, सचिव अर्जुन गुरुङ, कोषाध्यक्षमा ईश्वर पहारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा विजेन वाटाजु, वुद्ध गुरुङ, समित के।सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल केसी, सन्तोष अधिकारी,प्रकाश लामीछाने, अजय थापा, विष्णु पौडल र सुमन के।सी चयन भएका छन् । अध्यक्षमा चयन भएपछि अधिकारीले सिडनी मात्रै नभई अष्टेलियामा रहेका हरेक नेपालीको समस्या तथा उनीहरुको समृद्धिका लागि हरपल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरामा लामो समय पर्यटन र खेलकुदको क्षेत्रमा कार्य गरेका समाजसेवी अधिकारी एक दशक भन्दा वढि समयदेखि अष्टेलियामा पनि खेलकुदको क्षेत्रमा उत्तिकै सक्रिय छन् । अधिकारीको पहलमा २०७२ सालमा कास्कीको भदौरे तामागी र लुम्लेको पहिरो पीडितहरुको लागि राहत वितरण गरिएको थियो । साथै अधिकारीकै पहलमा पोखराको ठूलाखेतमा स्वास्थ्य शिविर पनि भएको थियो । सन् २०१० मा धु्रव गुरुङको अध्यक्षतामा स्थापना भएको समाजले अष्टेलियामा रहेका पोखरेलीहरुको समस्या र समृद्धिका लागि कार्य गर्दै आएको छ । उच्च शिक्षा र रोजगारीका लागि त्यहाँ गएका पोखराका नेपालीहरु संगठीत भएका छन्, यो निकै राम्रो हो एनआरएनए अष्टेलियाका सचिव देव गुरुङले वताउनुभयो । उच्च शिक्षा र रोजगारीका लागि आफ्नो गाँउ ठाँउ छाडी यहाँ आएका पोखरेलीहरुको लागि संस्था नै खोलेर संगठित हुनु सवैका लागि उदारहणीय कार्य भएको एनआरसीका अध्यक्ष विष्णु हमालले वताउनुभयो । साथै नवनिर्वाचित अध्यक्ष अधिकारीले वडा दशै तथा तिहार लगायतका सवै चाडपर्वको शुभकामना पनि दिनुभएको छ ।

मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय क्रिकेट विवाद सल्टिने सङ्केत

–कुमार चौलागाई काठमाडौँ,  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ ९क्यान०ले राष्ट्रिय खेलकुद परिषद ९राखेप०लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । निलम्बित क्यानको आज बसेको कार्यसमिति बैठकले २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । बैठकले मुद्दा फिर्तासँगै क्यान निलम्बन फुकुवाका लागि सबै पक्षसँग छलफल तथा समन्वयका लागि पाँच सदस्यीय अधिकार सम्पन्न समिति पनि बनाएको छ । समितिमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, उपाध्यक्षहरू दिवाकर घले, शैलेश चौधरी र सञ्जयराज सिंह हुनुहुन्छ । बैठकपछि अध्यक्ष चन्दले रासससँग भन्नुभयो, “हामीले मुद्दा फिर्ता लिएपछि निलम्बन फुकुवा पनि निश्चित हुनुप¥यो । सबै पक्षसँग छलफल र समन्वय गर्नका लागि समिति बनाएका छौँ, हामी विवाद सल्टाउन बाधक बन्दैनौँ ।” राष्ट्रिय खेलकुद परिषदले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो । निर्वाचित क्यानले आइसिसीको निर्देशनअनुसार मुद्दा फिर्ता लिने निर्णय गरेको हो । गत महिना आइसिसीले निर्वाचित क्यान र राखेप दुवैलाई पत्र पठाएर कानूनी प्रक्रियाको पछिल्लो प्रगति मागेको थियो भने क्यानलाई मुद्दा फिर्ता लिन तथा राखेपलाई तदर्थ समिति औपचारिकरुपमा विघटन गर्न निर्देशन दिएको थियो । मुद्दा फिर्ता लिएपछि पछिल्लो साढे दुई वर्षदेखि निलम्बनमा रहेको नेपाली क्रिकेट फुकुवाको सम्भावना प्रवल बनेको छ । घरेलु विवाद समाधान भएपछि आइसिसीले निलम्बन फुकुवा गर्ने बताउँदै आएको छ । क्यानको नयाँ विधान बनेपछि आइसिसीले क्रिकेटको विवाद निकासका लागि मुद्दा फिर्ता र तदर्थ समिति भङ्गलाई पहिलो शर्त बनाउँदै आएको छ । यस्तो थियो क्यान विवाद विसं २०७२ मङ्सिरमा क्यानका तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतका पक्षले क्यानको अधिवेशन ग¥यो । तर, क्यानकै तत्कालीन अध्यक्ष टङ्क आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएको थियो । उजुरी परेपछि राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि चन्द र प्याकुरेल पक्षले चुनाव गराएरै छाडे, चुनावबाट क्यान अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पा¥यो । त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । क्यान विवादले उग्ररुप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगायो । ‘तदर्थ समिति भङ्ग भइसक्यो’ यसैबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केवशुकमार विष्टले तत्कालीन अवस्थामा रमेश सिलवालको नेतृत्वमा गठन गरिएको तदर्थ समिति भङ्ग भइसकेको बताउनुभयो । तत्कालीन परिस्थितिमा विधिसम्वत क्यानको निर्वाचन नभएपछि निर्वाचित समितिलाई मान्यता दिन नसकिएको र विधिसम्वत छ महिनाभित्रै पुनः निर्वाचन गराउन सिलवालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको बताउनुभयो । उहाँले छ महिनाभित्र सिलवाल नेतृत्वको तदर्थ समितिले निर्वाचन गराउन नसकेपछि तदर्थ समिति स्वतः भङ्ग भइसकेको उल्लेख गर्नुभयो । “छ महिनाका लागि बनाइएको कमिटीले काम गर्न नसकेपछि कमिटीको म्याद थप गरिएको छैन, अहिले तदर्थ कमिटी भङ्ग गर्नुपर्दैन, दुई वर्षअघि नै स्वतः भङ्ग भइसक्यो”–उहाँले भन्नुभयो । मुद्दा फिर्तासँगै आइसिसीको माग पुरा भएको बताउँदै उहाँले अब निलम्बन फुकुको सबै काम आइसिसीले गर्नुपर्ने बताउनुभयो । –––