१० बर्ष कम्युनिष्ट शासन ब्यबस्था चल्नै नसक्ने प्रमुख सचेतक खाँण

आचार्य प्रदीप बुटवल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले दुनियामा १० बर्ष कम्युनिष्ट शासन ब्यबस्था चल्नै नसक्ने दाबि गरेका छन् । उनले कम्यूनिष्टको आचरण र शैली संबिधान बिपरित चलिरहेको भन्दै सरकारलाइ कार्यशैली सच्चाउन अनुरोध समेत गरेका छन् । उनले नेपालका अन्य दलहलरुले पनि यस विषयमा बेलैमा सोच्नको लागि आग्रह समेत गरे । नयँ पुस्ताले चाहेको जस्तो मुलुक निर्माणको लागि लाग्नको लागि ढिला गर्न नहुने खांणको भनाइ छ । नेपालमा कम्यूनिष्ट पार्टीको आयुको गणना सुरु भएको तर्क गर्दै  नेता खँणले द्धन्द्धान्तमक भौतिक वादको सिद्धान्त अनुसार आयुगणना सुरु भएको बताए । ‘एकताको प्रक्रिया सकिएपछि एक दिन नेकपा विगठन भएरै जान्छ, जस्तै ढुंगा गिट्टी बालुवाको मिश्रण पछि घर बन्छ र अहिले नेकपाको घर बन्यो तर अब त्यहि घरको आयु घट्न शुरु भै सक्यो ।’ उनले सदाकै लागि नेपालमा सासन चलाउने  सपना नेकपाले नदेख्नको आग्रह गरे । उनले भने–‘नेकपा भित्र विगठनको प्रक्रिया सुरु भईसकेको छ, बुटवलमा आएर मैले बोलें, के कसरी भन्ने कुरा कम्यूनिष्ट साथीहरुले एकपटक माक्र्ससिजम पढ्नुहोला ।’ रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका खँणले  अहिलेको सरकारकै कारण संघीयता धरापमा परको बताए । पछिल्लो समयमा सरकारले गर्दै आएको गतिविधि तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्याक्तिको कारण नै नेपालमा संघीयता धरापमा परेको उनको गुनासो छ । तर संघीयतालाई दिगोपना दिनको लागि नेपाली काग्रेस लागि परेको उल्लेख गरे । संघीयता धरापमा परेको भन्दै उनले यसलाई दिगो रुपमा लैजानुको विकल्प नरहेको समेत बताए । संघीयताका केहि कमी कमाजोरीहरु रहे पनि धेरै राम्रा पक्षहरु रहेको भन्दै उनले ति राम्रा पक्षलाई अगाडी बढाएर संघीयतालाई दिगो पना दिनुपर्ने उनको भनाइ छ । ‘संविधानमा उल्लेख भएका अधिकारहरुलाई परिमार्जन र परिस्कृत गर्नुआवश्यक रहेको छ, नेकपाले दुई तिहाईको आडमा अन्य दलको अस्थित्वलाई अस्वीकृत गर्ने परिपाटीले सरकारलाई नै घाटा हुन्छ ।’खांणले भने । जनतालाई बढि भन्दा बढि सम्पन्नशाली बनाउनको लागि  संघीय लोकतान्त्रीक  गणतन्त्र नै उत्तम विकल्प भएको भन्दै उनले पछिल्लो समयमा नेकपाको सरकारले प्रदेश, स्थानिय सरकारलाई अधिकार दिनुको सट्टा विभिन्न विवादिद कार्यगरिरहेकोमा आपत्ती जनाए । कांग्रेस केन्द्रिय सदस्य समेत रहेका खाणले प्रतिपक्ष दललाई सरकारले उचित व्यबहार नगरेकोमा दुख प्रकट गरे । सरकारले कर आतंक सृजना गर्ने वाहेक ठोस कार्य गर्न सकेन सरकारले कर आतंक सृजना गर्ने कार्य वाहेक ठोस कार्य गर्न नसकेको नेता खँणको आरोप छ । उनले भने–‘घरको कर तिर्नको लागि घर नै बेच्नुपर्ने अवस्था समेत आउन थाल्यो भन्ने गुनासो आएको छ, यसमा सरकारको ध्यान जानुआवश्यक छ ।’ उद्योगी व्यवासयीहरुलाई समेत सकरारले आतंकित पार्ने काम गरेको भन्दै उनले सरकारलाई राज्यको शक्ति दुरुपयोग  नगर्नको लागि आग्रह गरे । उनले भने–‘सरकारले आफ्नो गतिविधिलाई परिस्कृत गर्न नसकेकमा सरकारको स्थनियत धेरै कमजोर हुन्छ, बेलैमा  ख्याल  गर्नु राम्रो ।’ जस्ले जंहा जे बोलेपनि बुटवलबाट स्थायी राजधानी सर्नै सक्दैन पूर्ववर्ती देउवा सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेको र त्यसका लागि आफूले निकै ठूलो पहल गरेको उनको भनाइ छ । खांणले बुटवलमा नै स्थायी राजधानी बन्नेमा विस्वस्त हुनको लागि आग्रह गर्दै उनले यसमा कुनै पनि शक्तिले स्थायी राजधानी बुटवलबाट बाहिर लैजानै नसक्ने ठोकुवा गरे । प्रजातन्त्र र पत्रकारिता एकसिक्काका दुई पाटाको रुपमा  स्थापित भएको भन्दै खांणले समाचार संकलन गर्दा, पत्रकारहरुको कहिल्यै पनि खुट्टा कमाउन नहुने बताए । स्थायी गुटले कांग्रेस कमजोर बन्यो कांग्रेस केन्द्रिय सदस्य खाणले कांग्रेसमा स्थायी गुटले दुख दिएको बताए । उनले भने—‘यो गुट कहांबाट आयो र निरन्तरता पायो म अचम्म परेको छु,यस्लाइ तोड्नु पर्दछ ।’ कांग्रेस अब नया शीरा र शक्तिका साथमा अगाडि बढ्ने बेला आएको भन्दै अबको ५ बर्षमा पहिलो शक्ति बन्ने गरि काम शुरु हुने दाबि गरे ।

नेपाल तरुणदल पाल्पाले विरामीहरुलाई फलफूल तथा जुस वितरण गरि स्थापना दिवस मनायो

रामचन्द्र रायमाझी पाल्पा,  नेपाल तरुणदल पाल्पाले  आफ्नो ६५ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसर पारेर नेपाल तरुणदल जिल्ला कार्य समिति र तानसेन नगर कार्यसमितिले संयुक्त रुपमा मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि आहुती गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुलाई स्मरण गर्दै जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी सचिव अजयमान कर्मचार्यले मुलुकको परिवर्तनमा तरुणहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले मुलुकमा तरुण विना समृद्धी र विकासको कल्पना नै गर्न नसकिने भन्दै जस्तो सुकै परिस्थितिमा पनि तरुणको सहभागिता आवश्यक रहेको औल्याए । सचिव कर्मचार्यले तरुणदल आन्दोलनको मोर्चामा सधै अग्रपंक्तिमा रहेको बताए । त्यस्तै नेपाली काँग्रेसका नेता राजेन्द्र गोपालसिंले मुलुकको विषम परिस्थितिमा नेपाल तरुणदलले खेलेको भूमिकाको चर्चा गर्दै देशको आर्थिक सम्वृद्धि गर्ने जिम्मेवारी अब युवाहरुको काधमा आएको बताए । नेतासिंले देशमा पादरर्शी र शुसासनका लागि त्यसको नेतृत्व नेपाल तरुणदलले लिनु पर्ने धारण व्यक्त गरे । साथै उनले आर्थिक क्रान्ति विना राजनीतक क्रान्ति असम्भवन भएकाले विपि कोइरालाले २०१० कार्तिक १० मा आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ तरुण दलको स्थापना गरेकाले उद्देश्य पुरा गर्न तरुणदल लाग्नु पर्ने बताए । नेपाल तरुणदलका जिल्ला सभापति मेजरसिं केसीले कांग्रेसले आत्मसाथ गरेको समाजबाद स्थापनाका लागि तरुण दलले सकेको योगदान गर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु विधान श्रेष्ठ, शिवचन्द्र खनाल, नेपाली काँगे्रसका जिल्ला सदस्य दल बहादुर राजपुत, विद्यार्थी विभागका प्रमुख सचिन विष्ट, लगाएतले बोलेका थिए ।लफलफूल पाए पछि अस्पतालका विरामीहरु उत्साहित देखिएका थिए । तरुणदलका युवाहरुले फलफुल दिएपछि ज्वरो आएर अस्पताल भर्ना भएकी अर्घाखाँची चिदिकाकी ७१ वर्षीय ज्ञानुकला कुमालले घरमा साहारा दिने कोही नभए पनि मनकारी व्यक्तिहरु भएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै अर्को विरामी रामपुरका कविलदेव पौडेलले गरिब, असाहय, विरामी र वृद्वाको सम्मान गरेकोमा तरुणदललाई धन्यवाद दिए ।

निर्वाचन आयोगले गलत नजिर बसाल्यो’

  काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई वैधानिकता दिएर गलत नजिर बसाल्न लागेको बताउनुभएको छ । आज रिपोर्टस् क्लबमा आयोजित पत्रकार भेटघाटमा उहाँले गलत नजिर बस्दा पछि अफ्ठेरो पर्ने भन्दै आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने बताउनुभयो । आधिकारिक पत्र आफूहरुलाई नआएको मिडियाबाट मात्रै थाहा पाएको बताउँदै उहाँले भन्नुभयो, “पत्र आएपछि उक्त निर्णयविरुद्ध हामी एक हप्ताभित्रमा सर्वोच्च जान्छौँ ।” उहाँले व्यावहारिकरुपमा नेपाल कम्युनिष्ट पार्टी भनेपछि कमा, कोष्ट राख्दैमा त्यसको पहिचान हुने खालका कुनै पनि नाम अरुलाई दिन नहुने धारणा राख्दै छुट्टै पहिचान हुने खालको नाम दिनुपर्ने बताउनुभयो । उहाँले आफू, मोहन वैद्यलगायतसँग मिलेर नयाँ कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्न लागेको जानकारी दिनुभयो । –––

दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

काभे्रपलाञ्चोक, काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा नेपाल प्रहरीका पूर्व एआइजी किरण गौतम, पनौतीका प्रदीप बोगटी, सीताराम हुमागार्इँ र शुसील भण्डारी घाइते हुनुभएको छ । घाइतेमध्ये गौतमको अवस्था गम्भीर छ । घाइतेलाई धुुलिखेल अस्पतालमा ल्याइएको छ । आजै अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको १३५९ नं को ‘अनटेष्ट’ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ । दूर्घटनामा उनका श्रीमान मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । –––