जय भोलेले दुई दिनमा नघायो करोड

चलचित्र जय भोलेले दुई दिनमा एक करोड ४ लाख रुपैयाँको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । ३० असोजमा  देशव्यापी सिनेमा हलमा उक्त फिल्म रिलिज भएको हो । निर्माता निर्देशक अशोक शर्माले निकै लामो समयपछि राम्रो सिनेमा हर्न पाएको प्रतिक्रिया दर्शकबाट पाएको बताए । शर्माका अनुसार फुलपातीको दिन भन्दा अष्टमीको दिन जय भोलले निकै राम्रो व्यापार गरेको छ । उनले व्यापार बारे भने, दर्शकहरुले फिल्म मनपराउनु भएका कारण जय भोलेको व्यापार उत्साहजनक रुपमा बढी रहेको छ । पहिलो दिन ४६ लाख ग्रस व्यापार गरेको जय भोलेको दोस्रो दिनको ग्रस व्यापार ५७ पुगेको छ । राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् । यो चलचित्र मुलुकका १ सय २५ ओटा सिनेमा हलमा यतीबेला प्रदर्शन भईरहेको छ । यो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरबीर पण्डितलगायतले मुख्य भूमिका रहेको छ ।  

नेकपा सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको छैन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा खासगरी तल्ला तहमा अन्योलता सिर्जना भएको छ । नेकपाले प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोके पनि यसमा पनि विवाद छ । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले यसमा असहमति दर्ज गराएका छन् । आज बस्ने बैठकले पार्टी एकता, प्रदेश जिम्मेवारी बाँडफाँटमा देखिएको विवादलगायत विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ ।    

४४ मध्ये २९ वडा सचिवबिहीन

कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ ः शिक्षामन्त्री पोखरेल