जय भोलेले दुई दिनमा नघायो करोड

७ कार्तिक २०७५, बुधबार

चलचित्र जय भोलेले दुई दिनमा एक करोड ४ लाख रुपैयाँको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । ३० असोजमा  देशव्यापी सिनेमा हलमा उक्त फिल्म रिलिज भएको हो ।

निर्माता निर्देशक अशोक शर्माले निकै लामो समयपछि राम्रो सिनेमा हर्न पाएको प्रतिक्रिया दर्शकबाट पाएको बताए ।

शर्माका अनुसार फुलपातीको दिन भन्दा अष्टमीको दिन जय भोलले निकै राम्रो व्यापार गरेको छ । उनले व्यापार बारे भने, दर्शकहरुले फिल्म मनपराउनु भएका कारण जय भोलेको व्यापार उत्साहजनक रुपमा बढी रहेको छ । पहिलो दिन ४६ लाख ग्रस व्यापार गरेको जय भोलेको दोस्रो दिनको ग्रस व्यापार ५७ पुगेको छ ।

राजनराज सिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेको हुन् । यो चलचित्र मुलुकका १ सय २५ ओटा सिनेमा हलमा यतीबेला प्रदर्शन भईरहेको छ ।

यो चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरबीर पण्डितलगायतले मुख्य भूमिका रहेको छ ।

 

Leave a Reply