बलात्कारको उच्च जोखिममा बालिकाहरु,

  –नारायण ढुङ्गाना काठमाडौँ,  बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार जबर्जस्ती करणीका पीडित १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत रहेका छन् । करणीमा १८ देखि २५ वर्षका १८ प्रतिशत र २६ देखि ३५ वर्षका १० प्रतिशत पीडित छन् । बलात्कारका घटनामा बढी बालिका पीडित भइरहँदा पीडक भने १६ देखि २५ वर्षका व्यक्तिको संलग्नता ४० प्रतिशत बढी छ । “तथ्याङ्कले १८ वर्ष कम उमेरका बढी जोखिममा रहेको पाइयो, त्यसैले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम पनि स्कुल केन्द्रित गर्न लागिएको हो”, महानिरीक्षक खनालले भन्नुभयो । आपराधिक घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले यही कात्तिक ११ गतेबाट उक्त कार्यक्रम देशैभरि लागू गर्ने तयारी गरेको छ । खनालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राईलगायत विभिन्न मन्त्रालयका सचिव र उपत्यकाको स्थानीय तहका प्रमुखलाई समेत उक्त विवरण प्रस्तुत गर्दै समुदायसँग मिलेर आपराधिक क्रियाकलाप रोक्न प्रहरी लागिपरेको जानकारी गराउनुभएको छ । आव २०७४÷७५ मा जबर्जस्ती करणीका एक हजार ४८० मुद्दा दर्ता भएका छन् । जसमा १० वर्षमुनिका २६१ र ११ देखि १६ वर्षका ५५० जना जबर्जस्ती करणीबाट पीडित भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । अरु १० प्रतिशत १७ देखि १८ वर्षका छन् । करणी उद्योगतर्फ ७२७ मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीमा १६ वर्षभन्दा कम उमेरका सात प्रतिशतको संलग्नता रहेको पाइएको छ । सबैभन्दा बढी १६ देखि २५ वर्षका ४० प्रतिशत बलात्कारमा संलग्न छन् । हत्यामा १६ देखि २५ वर्षका ३० प्रतिशत र मानव बेचबिखनमा २३ प्रतिशतको सहभागिता छ । लागुऔषधमा १८ वर्षभन्दा कम उमेरका नौ प्रतिशत र १९ देखि २५ वर्षका ४७ प्रतिशत संलग्न रहेको प्रहरीले जनाएको छ । कतिपय अझै पनि गुपचुपमै रहने गरेकाले पनि जघन्य अपराध बाहिर नआएको अधिवक्ता फूलमायाँ रानाभाट बताउनुहुन्छ । आपराधिक घटनामा १६–२५ वर्षका बढी विभिन्न आपराधिक घटनामा १६ देखि २५ वर्षका व्यक्तिको सहभागिता ३८ प्रतिशत रहेको पाइएको छ । प्रहरीले उनीहरुलाई केन्द्रित गरेर साझेदारी अभियान शुरु गर्न लागेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताउनुहुन्छ । घटनामा २९ देखि ३५ वर्षका व्यक्तिको सहभागिता भने ३० प्रतिशत रहेको पाइएको छ । कुल अपराध पिडितमा १६ देखि २५ वर्षका २४ प्रतिशत, २६ देखि ३५ वर्षका २८ प्रतिशत र ३६ देखि ४५ वर्षका २२ प्रतिशत भेटिएका छन् । बलात्कार घटनामा १६–२५ वर्षका ४० प्रतिशतको संलग्नता छ । हत्याका घटनामा पीडितको अवस्था २६ देखि ३५ वर्षका २७ प्रतिशत रहेको प्रहरीले जनाएको छ । प्रहरीको दिएको तथ्याङ्कअनुसार गएको आवमा ३९ हजार ३१५ वटा विभिन्न आपराधिक घटना भएका छन् ।

भाषणले मात्र समृद्धि आउँदैन, सहमहामन्त्री डा प्रकाशशरण महत

सरिता तिम्सिना पगेनी पोखरा, नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले  भाषणले मात्र समृद्धि नआउने बताउनुभएको छ । । नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय गोष्ठीलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– भाषणले समृद्धि आउँदैन, बोलेर मात्र हुने भए कम्युनिष्टहरुले देशमा उहिलेदेखि नै ठूला ठूला आश्वासन दिएका छन्, धेरै बोलेका छन् । सरकारका अहिलेकै क्रियाकलापबाट देशमा आर्थिक विकास र समृद्धि सम्भव नभएको भन्दै उहाँले भन्नुभयो– प्रधानमन्त्री त भाषणैपिच्छे समृद्धिको कुरा गर्नुहुन्छ, उहाँ कहिले भान्सामा ग्याँस त कहिले बिजुलीको तार जोड्ने कुरा गर्नुहुन्छ। ज्नताले यस्ता हावादारी कुरा   पत्याउन छोडिसकेका छन् । सहमहामन्त्री डा। महतले  वर्तमान सरकारको आर्थिक नीति तथा क्रियाकलापले मुलुकमा समृद्धि आउँछ भनेर कल्पना पनि गर्न नसकिने बताउदै उहाँले देशको अर्थतन्त्र प्रतिदिन ह्रासोन्मुख हुदै गएको, प्रति चिन्ता ब्यक्त गर्नुभयो । सरकारले मुलुकको अर्थतन्त्रलाई चलायमान र उर्भर बनाउने खालका नयाँ नयाँ कार्यक्रमहरु ल्याउन नसकेको भन्दै  उहाँले भन्नु भयो ,सरकारका क्रियाकलाप र उसको आर्थिक नीतिका कारण देशमा समृद्धिको सपना देख्नै कठिन  भयो । । उहाँले देशको आर्थिक अवस्थाको मूल्यांकन गरी देशको अर्थतन्त्र कता जाँदैछ भन्ने बारेमा काँग्रेसले नै देशव्यापी रुपमा अभियान चलाउनुपर्नेमा जोड दिनु भयो ।  । विपी कोइरालाले विसं २०१० मा नै प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको स्मरण गर्दै डा।महतले भन्नुभयो– नेपाली काँग्रेसको आर्थिक नीति पनि प्रजातान्त्रिक समाजवादबाटै प्रेरित छ र त्यसप्रति अहिले पनि काँग्रेस प्रतिबद्ध छ । प्रजातान्त्रिक समाजवाद भनेको वस्तुको उत्पादन र वितरण हो भन्दै उहाँले भन्नुभयो– देशमा उत्पादन बढाउने, उत्पादनको पहूँचमा आम नेपालीलाई पु¥याउने अनि त्यो उत्पादनको वैज्ञानिक एवम् समानुपातिक वितरण गर्ने कार्यबाट नै प्रजातान्त्रिक समाजवाद साकार हुन्छ, यो नै नेपाली काँग्रेसको  आर्थिक नीतिको मूलमन्त्र हो ।        

अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

  काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनुहुनेछ । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो । कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । उहाँको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुग्नुभएको थियो । उहाँ आजै बेलुका स्वदेश फर्कनुहुनेछ । –––

माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएल टी–२० क्रिकेट आजदेखि सुरु हुँदै

  पोखरा। माछापुच्छ्रेको आँगनमा निःशुल्क हेर्न पाइने पीपीएल  टी–२० क्रिकेट आजदेखि पोखरामा सुरु हुँदै छ। खेल बिहान ११ बजे सुरु हुनेछ । प्रतियोगितालाई आइसीसीले मान्यता दिएकाले अन्तर्राष्ट्रिय कभरेज पनि हुनेछ । प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटन भिड्दै छन् । उपाधि घरमै राख्ने लक्ष्य लिएको पोखरा पल्टनको कप्तानी शरद भेषवाकरले गर्दैछन् । त्यसैगरी विराटनगर टाइटनको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् । शरद राष्ट्रिय टिमका अनुभवी खेलाडी हुन् भने सन्दीप कम उमेरमै सबैभन्दा ब्यवसायिक नेपाली खेलाडी बनेका छन् । राउण्ड रोबिनको आधारमा खेल हुने हुँदा दुवै टोलीलाई जित्नै पर्ने दबाब छ। प्रतियोगितामा पोखरा, विराटनगर, चितवन राइनोज, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको विजेताले २७ लाख हात पार्नेछ। उपविजेताले १० लाख जित्नेछ ।