१७ वर्षकी किशोरीको सामूहिक बलात्कार
६ कात्तिक, रौतहट । दशैंको अवसरमा मेला हेर्न गएकी १७ वर्षकी किशोरीको सामूहिक बलात्कार भएको छ ।
गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । आइतबार राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्या।इदिने भन्दै नहरको डिलमा पुर्या एको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् । त्यही समूहले आफूलाई जंगलतर्फ लग्ने क्रममा भागेको उनले बताइन् । पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन्
घटनामा संलग्न रहेका तीनै जना फरार छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
विवाह भएको दुईहप्ता पनि नपुग्दै दुलही रूपा थापा मगरको दुर्घटनामा परि ज्यान गयो
पाल्पा। स्याङ्जाको मालुङ्गा नजिकै स्कुटी दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले जानकारी दिए ।थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रहेका छन् । उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई र विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदा दुर्घटना भएको हो ।
११ दिन अघि विवाह भएका उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटना भएको हो ।
मृतकको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।
मकालु यातायातमा आगो लाग्यो
युबराज रेग्मी झापा
झापाको काकडभिट्टाको एक ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा आफ्नै गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो । बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगो निभाउन मेचीनगर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट गाडी पूर्ण रूपमा छ्यति भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
शेयर बजार सामान्य अङ्कले घट्यो
काठमाडौँ, धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९ विन्दुले घटेर २६४ दशमलब ३१ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ ।
कूल १५५ कम्पनीको आठ लाख ४२ हजार १९८ कित्ता शेयर रु १९ करोड ८७ लाख ७५ हजार ८३४ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोवार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर कारोबारमा भने वृद्धि भएको छ, भने आठ उपसमूहको शेयर भने घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
वित्त क्षेत्र ४ दशमलब ३६ र उत्पादन ३१ दशमलब ६२ विन्दुले बढेको छ । यस्तै बैंकिङ शून्य दशमलब ९५, विकास बैंक ६ दशमलब ९३, जलविद्युत् ३ दशमलब ५७, निर्जीवन बीमा ७७ दशमलब ६४, अन्य ५ दशमलब ३६, माइक्रोफाइनान्स ८ दशमलब २९, जीवन बीमा ३५ दशमलब ८ विन्दुले घटेको छ । यस्तै होटल उपसमूहको भने आज कुनै पनि शेयर कारोबार भएन ।
युनाइटेड फाइनान्स, अरुण काबेली पावर लिमिटेड र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज गुमाएका छन् ।
–––