पहिचान हुन नसकेको युवतीको शवफेला ,महिला हराएको भए खबर गर्न प्रहरीको आग्रह

रामपुर न पा ८ भुजातघाट कालीगण्डकी नदि किनारमा एक युवतीको शब फेला परेको छ । उनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । ढाकाको कुर्ता र जिन्स पाइन्ट लगाएकी कानमा रिङ र घाटीमा सिक्री लगाएकी झण्डै १८र१९ बर्षकी युवतीको शव फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । शब हेर्दा गहुगोरी ब्राह्मण क्षेत्री समुदायकी जस्ती देखिने कालो रातो कपाल भएकी ५ फिट ३ इन्च उचाइकि सो युवतीको शव करिब २र३ दिन यता मात्र नदिमा भएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले रामपुर अस्पतालमा शव राखिएको छ । शव पहिचान हुन नसकेकोले आफ्नो घर छरछिमेकमा सोही प्रकृतिको महिला हराएको भए खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

भारतमा भएको रेल दुर्घटनामा करिब साठीको मृत्यु

  अमृतसर,  भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । प्रहरी स्रोतले उक्त जानकारी दिएको छ । हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिकनजिकै भेला भएका मानिसहरुमाथि रेल गुडेपछि सो घटना भएको थियो । प्रत्यक्षदर्शीले पुत्ला जलाइन लागेको भिडको आवाजले गर्दा रेल आफूतिर आउँदै गरेको रेलको आवाज नसुनेको बताएका छन् । तर आफन्त गुमाएर आक्रान्त भएका व्यक्तिहरुले भने सरकारले सुरक्षालाई ध्यान नदिएको भन्दै शनिबार प्रदर्शन गरेका छन् । ‘जालन्धर–अमृतसर एक्प्रेस’ नामक यस रेलको मार्गमा दर्जनौ व्यक्ति जम्मा भएका र अचानक तीनवटा झट्कापछि रेल पल्टिएको बताइएको छ । शुक्रबार भएको यस दुर्घटना रेल चालकले रोक्न खोज्दा पनि नसकेको बताइएको छ । यद्यपी यस घटनापछि राजनितिक पार्टीलगयात रेलवे अधिकारीहरु र सर्वसाधारणबीच आरोप प्रत्यारोप शुरु भएको बताइएको छ । यस दुर्घटनामा परी ५९ व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका अमृतसर चिकित्सा सेवाका प्रमुख हरदीप सिंहले एएफपी समाचार समितिलाई बताउनु भएको छ । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पनि सिंहले बताउनु भएको छ । सिंहका अनुसार हालसम्म २५ शवको मात्र परिचय खुलेको छ । स्थानीय सम्बादाताहरुका अनुसार यो घटना शुक्रवार साँझ करिब ६ः३० बजे भएको थियो । घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । भारतमा हरेक महिना रेलमार्गबाट सवारी साधन पार गर्दा नै दुर्घटना भएको पाइन्छ । भारतीय सरकार सन् २०१२ मा प्रकाशनमा ल्याएको एक प्रतिवेदनअनुसार हरेक वर्ष भारतमा हुने गरेको रेल दुर्घटनामा परी करिब १५ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । गत नोभेम्बरमा एक विद्यालयको बर्ष रेलमार्गबाट पार हुँदा भएको दुर्घटनामा परी १३ बालबालिकाको मृत्यु भएको थियो । उत्तर प्रदेश राज्यमा सन् २०१६ को नोभेम्बरमा ‘पटना –इन्डोर एक्प्रेस’ नामक एक रेल दुर्घटना हुदाँ १३९ व्यक्तिको मृत्यु भएको थियो । –––

शिशु हत्याको अभियुक्त पक्राउ

  इटहरी, महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेको थियो । सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । महिला तथा बालबालिका विरुद्धको अपराधमा प्रहरीले अपनाएको उच्च सुरक्षा रणनीति तथा सुनसरी प्रहरीले अघि बढाएको आपराधिक गतिविधि नियन्त्रण अभियानअन्तर्गत सूक्ष्म जाँच गर्ने कार्यमा खटिएका प्रहरी टोलीले अभियुक्तको हुलियाका आधारमा आज १ बजेतिर उनलाई नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । –––

नक्कली नोटसहित दुर्इ युवा पक्राउ

काठमाडौं ।  काठमाडौमा नक्कली नोटसहित दुई युबा पक्राउ परेका छन । नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन् । काठमाडौं प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित  उनीहरुलाइ पक्राउ गरेको जनाएको छ । काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो । घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।