सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरे

0
सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।  आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर पनि फहराएका थिए ।  प्रदर्शनकारीहरुले ट्रम्पलाई “महिला विरोधी एजेण्डा” बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए । निर्वाचन लक्षित र्यारली डाउनटाउन पार्कबाट सुरु भएको थियो । र्यातलीमा सहभागीहरुलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियो मार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन् । ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उनको भनाई थियो । एएफपी

लागुऔषधसहित पक्राउ

0
  सिन्धुली,  सिन्धुलीमा लागुऔषधसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका–९ घर भई मलङ्गवा नगरपालिका–७ बस्दै आएका १९ वर्षीय अनिलकुमार बैठालाई काठमाडौँतर्फ आउने क्रममा कमलामाई नगरपालिका–६ ट्राफिक चेक पोष्ट अगाडि लागुऔषधसहित असोज २६ गते पक्राउ गरेको हो । बैठाको साथबाट फेनेग्राम एम्पुल ४०० वटा, नोफिन एम्पुल ४०० वटा र डाइजेपाम ४०० वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान भइसकेको र चाँडै नै पक्राउ गरिने उहाँको भनाइ छ । यसैबीच जिल्ला प्रहरी कार्यालयले दशैँका समयमा चाडपर्व मनाइरहँदा हुन सक्ने घटनालाई कमी गर्न ४०० जना प्रहरी जिल्लाभर परिचालन गरिएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बिपी राजमार्गको माझीटार, ढुङ्ग्रेबास र सिन्धुली बसपार्कमा प्रहरी सहायता कक्ष सञ्चालन गरिएको छ । यातायात व्यवसायी वा जुनसुकै क्षेत्रबाट दशैँका नाममा बसले बढी भाडा लिए वा आफूलाई ठगिएको महसुस भएमा प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । साथै चाडपर्वलाई मर्यादित तवरले मनाउन आग्रह गर्दै कहिँकतै आपराधिक गतिविधि हुन लागेको थाहा पाएमा प्रहरीलाई जानकारी गर्न अनुरोध गर्नुभयो । –––

लमहीको विकट क्षेत्रमा सभामुख, स्थानीयले विकासका योजना मागे

  घोराही,  सभामुख कृष्णबहादुर महराले आज दिनभर लमहीको विकट क्षेत्रको अनुगमन भ्रमण गर्नुभएको छ । यहाँको लमही नगरपालिकाका विकट क्षेत्र मानिने हात्तिखालको वडा नं ९ मा पर्ने गोठुवा, पैते, अमेलियालगायतका स्थानमा उहाँले आज दिनभर घुमेर स्थानीयसँग भेटघाट गर्दै उनीहरुको गुनासो सुन्नुभयो । लमही नगपालिकाका प्रमुख जीतबहादुर केसीका साथमा महरा लमहीको विकट गाउँमा पुग्नुभएको हो । सभामुख महरालाई भेट्नासाथ स्थानीवासीले उहाँसँग विकासका योजना मागेका थिए । उनीहरुले आफ्नो क्षेत्रमा विकासको अनुभूति हुने गरी बजेट विनियोजनमा सघाउन सभामुख महरालाई आग्रह गरेका थिए । लमही–९ निवासी पहलसिंह ठकुरीले राप्ती नदीमा पक्की पुल, सडक, विद्युत् पानीलगायत आधारभूत सेवा सुविधाबाट आफूहरु बञ्चित भएको भन्दै विकासको अनुभूति हुने गरी गाउँको विकासमा सघाउन आग्रह गर्नुभयो । “नगरपालिका भित्रै छौँ, तर सेवा सुविधा केही छैन”, उहाँले भन्नुभयो, “गाउँमा विकास हुने केही प्रयास थाल्नुपर्छ ।” सभामुख महरासँग सोही ठाउँकी लक्ष्मी कुमाल र ननि कुँवरले सुकुम्बासीका समस्याको समाधान हुन नसकेको र किसानलाई निःशुल्क मल र बीउ वितरण हुन नसकको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । पर्यटकीय क्षेत्रको विकासका लागि दशँै शुभकामना तथा खेलकूद प्रतियोगिता कार्यक्रममा सहभागीले सभामुखसँग खुलेरै विकासका पूर्वाधार माग गरेका हुन् । सो अवसरमा सभामुख महराले देउखुरीको हुलाकी सडक कोइलाबास नाकाको विकासअन्तर्गत केन्द्रीय सरकारसँग छलफल चलिरहेको जानकारी दिनुभयो । देउखुरीको कोइलाबास नाका खोल्ने र दाङको समग्र नाकाको विकासमा केन्द्रीय सरकारको ध्यान गएको आफूले पाएको सभामुख महराले बताउनुभयो । “यस विषयमा मैले पनि पहल गरेको छु, सरकार पनि गम्भीर भएको पाएको छु”, सभामुख महराले भन्नुभयो, “लमही नगरपालिकाले नगरको विकासका लागि बृहत् गुरुयोजना बनाउन आवश्यक छ, देउखुरीमा टुरिजम क्षेत्र र राप्ती नदीमा ¥याफ्टिङको सम्भावना छ ।” कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्माले लमही नगरपालिका र राजपुर गाउँपालिकाका दुई वटा वडालाई जोड्न राजपुरको भीमबाधमा पक्की पुलको आवश्यक रहेको बताउनुभयो । लमही नगरपालिका वडा नं ९ भीमबाध र राजपुर गाउँपालिका वडा नं ७ गोठुवा जोड्ने पुल बनेमात्रै समग्र दुई वटा वडाको विकास हुने उहाँको भनाइ थियो । –––

दशैँका बेला सेनाको उपहारः निःशुल्क बस

0
  काठमाडौँ ।  नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइनेछ । पहिलो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– कोटेश्वर– एकान्तकुना– बल्खु– कीर्तिपुर– कलङ्की– कालीमाटी– त्रिपुरेश्वर– रत्नपार्क तथा दोस्रो मार्ग भद्रकाली– जमल– लैनचौर– नारायणगोपाल चोक– बूढानीलकण्ठ– बालाजु चोक– सोह्रखुट्टे– कान्तिपथ– माइतीघर कायम गरिएको नेपाली सेनाले जनाएको छ । तेस्रो मार्ग भद्रकाली– माइतीघर– त्रिपुरेश्वर– कालीमाटी– कलङ्की– थानकोट– स्वयम्भू– छाउनी ९अस्पताल०– ताहाचल– टेकु– थापाथली तथा चौथो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– तीनकुने– गौशाला– चाबहिल– जोरपाटी– नारायणगोपाल चोक– लाजिम्पाट –कान्तिपथ हँुदै भद्रकाली पुग्नेछ । पाँचाँै मार्ग भद्रकाली– थापाथली– कुपण्डोल– जावलाखेल– सातदोबाटो– चापागाउँ– सातदोबाटो– तीनकुने– बानेश्वर– शहीदढोका हुनेछ भने छैटौँ मार्ग भद्रकाली– दरबारमार्ग–कमलपोखरी– गौशाला– चाबहिल– बौद्ध– साँखु– चाबहिल– गौशाला– तीनकुने हँुदै भद्रकाली रहेको छ । सातौँ मार्ग भद्रकाली– माइतीघर– नयाँ बानेश्वर– पुरानो बानेश्वर– गौशाला– सिनामङ्गल– कोटेश्वर– सूर्यविनायक– ठिमी– कोटेश्वर– माइतीघर– भद्रकाली छ भने आठौँ मार्ग भद्रकाली– माइतीघर– कोटेश्वर– सातदोबाटो– कलङ्की– बालाजु– चाबहिल– गौशाला–तीनकुने हँुदै भद्रकालीसम्म कायम गरिएको छ । बडादशँैमा घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारको हितका लागि नेपाली सेनाले यही असोज २५ देखि ३१ गतेसम्म काठमाडौँबाट दोलखा, सुनसरी, कैलाली, लमजुङ, रामेछाप, कास्की, रुपन्देही, गोरखा, धादिङ÷नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिरहा–सप्तरी जान निःशुल्क बस सञ्चालन गरिरहेको छ । उक्त बस सम्बन्धित स्थानबाट प्रत्येक दिन बिहान ६।३० बजे छुट्ने र प्रतिसैनिक व्यक्ति ९परिवारसहित० बढीमा पाँच जनाले सुविधा लिन पाउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ । –––