धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना , तिमिल्सिना

  बागलुङ,  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा गरीब भएको भन्दै अहिलेको सरकारले देशलाई विकासतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो । “नेपाल बहुरङ्गको फूलबारी हो”, तिमिल्सिनाले भन्नुभयो, “अरू देशमा जस्तो धार्मिकयुद्ध नेपालमा नहुनु विश्वलाई सुःखद् सन्देश हो ।” सरकारले नेपालमा भएको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी देशलाई समृद्ध बनाउने उहाँको भनाइ थियो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बागलुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यको समेत उपस्थिति रहेको थियो । –––

श्रद्धाञ्जलिका लागि काङ्ग्रेसका नेता स्वर्गीय बास्तोलाको पार्थिव शरीर सानेपामा

  काठमाडौँ, नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन भएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ । शनिबार नै उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि पुनः निवासमा लगिएको थियो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा स्वर्गीय बास्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उहाँ पूर्वपराराष्ट्रमन्त्री, नेकाका केन्द्रीय सदस्य एवम् भारतका लागि नेपालका राजदूतसमेत हुनुहुन्थ्यो । यसैबीच, मूल्यवृद्धि एवम् करका विषयमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र एवम् प्रदेश सरकारलाई आज बुझाउने भनिएको ज्ञापनपत्र कार्यक्रम स्थगित भएको पार्टीले जनाएको छ । –

काँग्रेसका नेता ,बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित

नेपाली काँग्रेसले आइतबारका लागि तय गरेको जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएको छ । नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित भएको हो । काँग्रेसले महंगी र चर्को कर बिरुद्ध सरकारको ध्यानाकर्षण गराउँन आज देशव्यापी रुपमा ज्ञापनपत्र बुझाउँने कार्यक्रम तय गरेको थियो । केन्द्रीय परिपत्र अनुसार, कास्कीमा पनि कार्यक्रम स्थगित भएको पार्टीका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कांग्रेस नेता बास्तोलाको ७४ वर्षको उमेरमा निधन

काठमाडौं ,नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातबाट अर्धचेत अवस्थामा रहेका उनको शनिबार राती ९ बजेर २० मिनेट जाँदा ललितपुर खुमलटार स्थित आफ्नै निवासमा निधन भएको हो । उनका निजि सचिव राधाकृष्ण काफ्लेले ९ बजेर २० मिनेट जाँदा बाँस्तोलाको निधन भएको पुष्टि गरे । ‘९ बजेर २० मिनेट जाँदा उहाँको निधन भएको हो,’ काफ्लेले भने । उनले स्वर्गीय बाँस्तोलाको अन्तेष्टिबारे भने पार्टीसँग छलफल गरेर निर्णय लिइने जानकारी दिएका छन । झापाको बुधबारे स्थायी घर भएका उनी लामो समयदेखि खुमलटारमा पत्नीसहित बस्दै आएका थिए । शनिबार दिउसो अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको थियो । तर उपचारमा सुधार हुने अवस्था नदेखिएपछि अस्पतालले उनलाई दिउसो तीन बजे घर पठाएको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधीले समेत नेता बाँस्तोलाको शनिबार राती निधन भएको बताए । उनले आइतबार बिहान पार्टीको बैठक बसेर श्रद्धान्जली कार्यक्रम र अन्तेष्टिबबारे निर्णय लिइने जनाए । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुन पुगेका बेला उनलाई मस्तिष्कघात भएको थियो । मष्तिष्कघात भए लगत्तै धरान स्थित विपि कोइराला अस्पताल पुर्याइएकोमा डाक्टरहरुको सुझाव अनुसार नै थप उपचारका लागि भारतको सिलिगुढी लगिएको थियो । तर त्यहाँ समेत उपचार हुन नसकेपछि उनलाई भारतको मेदान्त अस्पतालमा लगेर लामो समय उपचार गरिएको थियो । सात महिना मेदान्तको उपचारपछि समेत स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई घर ल्याएर राखिएको थियो भने त्यसपछिका सात महिना न्युरो अस्पतालमा राख्दा समेत अवस्थामा सुधार नभएपछि उनलाई ०७० कात्तिकदेखि घरमै राखेर उपचार गरिदैं आइएको छ । कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेताका रुपमा चिनिने उनी शान्तिपक्रियाका समेत खम्बा मानिन्छन । उनले तत्कालिन समयमा युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका थिए । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालका बिचमा संवाद गराउने उनी एक सेतु समेत हुन । उनी कोइरालाका अत्यन्तै निकट विश्वासपात्र समेत मानिन्थे । बाँस्तोला बिपीको प्रेरणाबाट ०१७ सालदेखि राजनीतिमा होमिएका हुन । बिपीबाटै समाजवादी दीक्षा पाएका उनी ०३० सालको विमान अपहरणको एक नाइके समेत मानिन्छन । बनारस हिन्दु विश्वविद्यालय ९बिएचयु० मा राजनीतिशास्त्रका पोस्टग्रेजुएट गरेका उनी २०४८ सालको संसदीय चुनावमा झापाबाट उम्मेदवार भएका थिए तर पराजित भए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा उनी परराष्ट्रमन्त्री भएका थिए । उनी भारतका लागि पूर्व नेपाली राजदुतसमेत बनेका थिए । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी कांग्रेस भित्र हक्की स्वभावका निडर नेताका साथै जोखिम मोल्न तयार रहने नेताका रुपमा चिनिन्थे । पार्टीको चुनावी घोषणापत्र लेखन र पार्टीसँग जोडिएका अन्य दस्तावेज लेखनका विषयमा समेत उनले विशेष भूमिका पाउने गरेका थिए । नेतृत्वमा आउनका लागि भने उनी अघि नसर्ने नेताका रुपमा गनिन्छन । उनलाई विरामी भए देखि नै झोलीलो पदार्थ मात्र पाइपबाट खुवाइदै आइएको थियो । यस्तै घरमा नै डाक्टर बोलाएर नियमित फिजियो थेरापी समेत गराइदै आइएको थियो । अर्धचेत अवस्थामा रहँदा बाँस्तोलालाई सबै खालका खानालाई लिक्युइड बनाएर मात्र पाइपबाट खुवाइने गरिएको जनाए । उनको ब्लड सर्कुलेसन र इनर्जी बढाउनका लागि एकुप्वान्टेजर मार्फत उपचार भइरहेको थियो । शरीरमा रगत जम्न नदिन र शक्ति बढाउनका लागि एक दिन बिराएर यो विधिबाट उपचार हुँदै आएको थियो । मसाज र अकुप्रेसरका लागि नेचर केयर अस्पताल बानेश्वरबाट डाक्टर घरमा नै जाने गरेका थिए । बाँस्तोलाको स्वास्थ्य अवस्था बिग्रिएको खबर लगत्तै शनिबार नेपाली काग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरु डा शेखर कोइराला, रमेश लेखक सहितका नेता कार्यकर्ता उनको निवास पुगेका थिए ।चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा निधन काठमाडौं ,नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातबाट अर्धचेत अवस्थामा रहेका उनको शनिबार राती ९ बजेर २० मिनेट जाँदा ललितपुर खुमलटार स्थित आफ्नै निवासमा निधन भएको हो । उनका निजि सचिव राधाकृष्ण काफ्लेले ९ बजेर २० मिनेट जाँदा बाँस्तोलाको निधन भएको पुष्टि गरे । ‘९ बजेर २० मिनेट जाँदा उहाँको निधन भएको हो,’ काफ्लेले भने । उनले स्वर्गीय बाँस्तोलाको अन्तेष्टिबारे भने पार्टीसँग छलफल गरेर निर्णय लिइने जानकारी दिएका छन । झापाको बुधबारे स्थायी घर भएका उनी लामो समयदेखि खुमलटारमा पत्नीसहित बस्दै आएका थिए । शनिबार दिउसो अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको थियो । तर उपचारमा सुधार हुने अवस्था नदेखिएपछि अस्पतालले उनलाई दिउसो तीन बजे घर पठाएको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधीले समेत नेता बाँस्तोलाको शनिबार राती निधन भएको बताए । उनले आइतबार बिहान पार्टीको बैठक बसेर श्रद्धान्जली कार्यक्रम र अन्तेष्टिबबारे निर्णय लिइने जनाए । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी हुन पुगेका बेला उनलाई मस्तिष्कघात भएको थियो । मष्तिष्कघात भए लगत्तै धरान स्थित विपि कोइराला अस्पताल पुर्याइएकोमा डाक्टरहरुको सुझाव अनुसार नै थप उपचारका लागि भारतको सिलिगुढी लगिएको थियो । तर त्यहाँ समेत उपचार हुन नसकेपछि उनलाई भारतको मेदान्त अस्पतालमा लगेर लामो समय उपचार गरिएको थियो । सात महिना मेदान्तको उपचारपछि समेत स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई घर ल्याएर राखिएको थियो भने त्यसपछिका सात महिना न्युरो अस्पतालमा राख्दा समेत अवस्थामा सुधार नभएपछि उनलाई ०७० कात्तिकदेखि घरमै राखेर उपचार गरिदैं आइएको छ । कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेताका रुपमा चिनिने उनी शान्तिपक्रियाका समेत खम्बा मानिन्छन । उनले तत्कालिन समयमा युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका थिए । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालका बिचमा संवाद गराउने उनी एक सेतु समेत हुन । उनी कोइरालाका अत्यन्तै निकट विश्वासपात्र समेत मानिन्थे । बाँस्तोला बिपीको प्रेरणाबाट ०१७ सालदेखि राजनीतिमा होमिएका हुन । बिपीबाटै समाजवादी दीक्षा पाएका उनी ०३० सालको विमान अपहरणको एक नाइके समेत मानिन्छन । बनारस हिन्दु विश्वविद्यालय ९बिएचयु० मा राजनीतिशास्त्रका पोस्टग्रेजुएट गरेका उनी २०४८ सालको संसदीय चुनावमा झापाबाट उम्मेदवार भएका थिए तर पराजित भए । त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा उनी परराष्ट्रमन्त्री भएका थिए । उनी भारतका लागि पूर्व नेपाली राजदुतसमेत बनेका थिए । सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी कांग्रेस भित्र हक्की स्वभावका निडर नेताका साथै जोखिम मोल्न तयार रहने नेताका रुपमा चिनिन्थे । पार्टीको चुनावी घोषणापत्र लेखन र पार्टीसँग जोडिएका अन्य दस्तावेज लेखनका विषयमा समेत उनले विशेष भूमिका पाउने गरेका थिए । नेतृत्वमा आउनका लागि भने उनी अघि नसर्ने नेताका रुपमा गनिन्छन । उनलाई विरामी भए देखि नै झोलीलो पदार्थ मात्र पाइपबाट खुवाइदै आइएको थियो । यस्तै घरमा नै डाक्टर बोलाएर नियमित फिजियो थेरापी समेत गराइदै आइएको थियो । अर्धचेत अवस्थामा रहँदा बाँस्तोलालाई सबै खालका खानालाई लिक्युइड बनाएर मात्र पाइपबाट खुवाइने गरिएको जनाए । उनको ब्लड सर्कुलेसन र इनर्जी बढाउनका लागि एकुप्वान्टेजर मार्फत उपचार भइरहेको थियो । शरीरमा रगत जम्न नदिन र शक्ति बढाउनका लागि एक दिन बिराएर यो विधिबाट उपचार हुँदै आएको थियो । मसाज र अकुप्रेसरका लागि नेचर केयर अस्पताल बानेश्वरबाट डाक्टर घरमा नै जाने गरेका थिए । बाँस्तोलाको स्वास्थ्य अवस्था बिग्रिएको खबर लगत्तै शनिबार नेपाली काग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरु डा शेखर कोइराला, रमेश लेखक सहितका नेता कार्यकर्ता उनको निवास पुगेका थिए ।