२२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनलमा

0
बलेवा, बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् । यस्तै प्रदेश नं ५ पनि सेमिफाइनल प्रवेश गरेको छ । बिहीवार सम्पन्न खेलमा त्रिभवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई २५–६, २५–११ र २५–८ अङ्कले पराजित ग¥यो । अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं ३ लाई २५–११, २५–७ र २५–१३ को सोझो सेटमा हरायो । तेस्रो खेलमा एपिएफ क्लबले गण्डकी प्रदेशलाई २५–२०, २५–१३ र २५–१६ अङ्कले पराजित ग¥यो भने चौथो खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५–६, २५–२ र २५–८ अङ्कले हरायो । बिहवार नै गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१६, २५–१५ र २५–१६ अङ्कले तथा पुलिस क्लबले प्रदेश नं २ लाई २५–९, २५–६ र २५–१० को सोझो सेटमा पराजित ग¥यो । सेमिफाइनलका खेल आज गलकोट बहुमुखी क्याम्पसको मैदानमा हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष यामबहादुर श्रीसले जानकारी दिनुभयो । प्रतियोगितामा नौ टिम सहभागि छन् । –––

‘परामर्श बैठक उपलब्धिमूलक’

0
सुर्खेत, कर्णाली प्रदेश सरकार र यसद्वारा गठित विज्ञ समूहबीचको परामर्श बैठक उपलब्धिमूलक भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताउनुभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक गए राति सम्पन्न भएको हो । बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका विषयमा बैठक केन्द्रित रहेको थियो । “बैठकमा विज्ञ समूहले बजेट कार्यान्वयनका लागि महत्वपूर्ण सुझाव दिएको छ,” केसीले भन्नुभयो, “मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय गरेर बजेट कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउँछौं ।” सरकार र विज्ञ समूहबीचको परामर्श बैठकले बजेट कार्यान्वयनमा देखिएको अन्योलता हटाएको उहाँको धाारणा थियो । बजेट कार्यान्वयन गर्न प्रदेश सार्वजनिक खरिद ऐन नबनेसम्म प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार काम गर्न र सो ऐनले नसमेटिएका विषयमा संवैधानिक अधिकार प्रयोग गरी यसको कार्यविधि निर्माण गरेर काम गर्न विज्ञ समूहले सुझाव दिएको छ । बजेट कार्यान्वयनका लागि आवश्यक प्राविधिक जनशक्ति तथा परामर्शदाता सेवा करारमा भर्ना गरी बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई बाधा नपर्ने विज्ञ समूहका सदस्यले सल्लाह दिएका छन् । बैठकमा मुख्यमन्त्री शाही, मन्त्री प्रकाश ज्वाला, नरेश भण्डारी, दल रावल, खड्कबहादुर खत्री, नन्दसिंह बुढा, विज्ञ समूहका संयोजक जनार्दन शर्मा, सदस्य डा पुण्य रेग्मी, डा सुरेश तिवारी, डा कुशेन्द्र महत, डा कृष्णप्रसाद पौडेल, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, प्रमुख सचिव रामप्रसाद थपलियासहित प्रदेश सरकारका विभागीय मन्त्रालयका सचिवको सहभागिता थियो ।

बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाउँछः महामन्त्री डा कोइराला

नवलपरासी, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ । विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको गैँडाकोटमा काङ्ग्रेस नगर कार्य समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीभित्र अब गुट उपगुट होइन्, एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । महामन्त्री डा कोइरालाले नेपालमा अहिले पनि महामानव बिपी कोइरालाको विचार उत्तिकै सान्र्दिर्भक भएकाले काङ्गे्रसले यो विचारको आधारमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिदैं बिपीको विचारले मात्र काङ्ग्रेसलाई एक बनाएर अघि बढाउन सकिने बताउनुभयो । काङ्ग्रेस आफ्नै कारण र पार्टीभित्रको केही अपवादका कारण पनि चुनाव हारेको उल्लेख गर्दै उहाँले सङ्गठनमा लाग्ने कार्यकर्ताको अब सही मुल्याकङ्न हुने र पार्टी कामको आधारमा कार्यकर्तालाई सम्मान गर्ने बताउनुभयो । महामन्त्री डा कोइरालाले हामीले अब पनि काङ्गेसलाई एक बनाएर अघि बढ्न सकेनौं भने हाम्रो भविष्य नरहने बताउँदै सङ्गठनमा पूर्ण एकताका साथ अघि बढ्न सकेमा मात्र सबैको भविष्य सुरक्षित रहने धारणा व्यक्त गर्नुभयो । काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र अब तेरो र मेरो होइन, हामी एक काङ्ग्रेस भएर गाउँ गाउँमा गई जनताको मन जित्नु पर्ने बेला आएको छ भन्नुभयो । पार्टीलाई बलियो बनाउन ठोस कार्यनीति बनाई अघि बढ्नुको विकल्प नभएको उहाँले जोड दिनुभयो । काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, जीवन परियार, महालक्ष्मी डिना उपाध्याय, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाही लगायतले काङ्गेसमा गुटको अन्त्य गरी एकताको सन्देश गाउँगाउँमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । –––

पोखरा हेमजाको याम्दीमा ४ वर्षीया बालिकालाई बलात्कार उद्योग गर्ने २२ वर्षीय श्रेष्ठ पक्राउ

पोखरा, पोखरा महानगरपालिका वडा नम्वर २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार उद्योग गरेका छन् । हेमजाको याम्दीमा लामो समयदेखि भाडामा को घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार उद्योग गरेका हुन् । मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालिकाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ । स्थानिय मधुकर पराजुलीका अनुसार पक्राउ पर्नेमा याम्दीकै स्थानिय बासिन्दा सुजन श्रेष्ठ रहेका छन । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाबिक क्रियाकलाप गरेको बताएकी छिन् ।