घुस लिएको अभियोगमा उपसचिव पक्राउ

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरिएको हो । आरोपी उपसचिव साहको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

तत्काल चिनीको मूल्य निर्धारण गर्न निर्देशन

काठमाडौँ, २५ असोज प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले चिनीको आयातमा परिमाणत्मक बन्देज लगाइनुअघि आयात भएको चिनी गोदामको तत्काल अनुगमन गर्न र गैरकानूनी कार्य गरेको पाइएमा गोदममा सिलबन्दी गरी कारबाही गर्नसमेत सरकारलाई निर्देशन दिएको छ । त्यस्तै उखु किसानले चीन उद्योगीबाट पाउनुपर्ने बाँकी बक्यौता रकम तत्काल किसानलाई उपलब्ध गराउनसमेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । किसानले उखु बिक्री गरेवापत पाएका रकम र बाँकी रहेको रकमको यथार्थ विवरण समितिमा पठाउन आग्रह गरिएको छ । समितिले जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी कारखानाको जग्गालगायत भौतिक संरचनाको विवरणसमेत माग गरेको छ । उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने आधुनिक संयन्त्र निर्धारण गर्न, व्यापारीले अनिवार्य र विद्युतीय प्रक्रियाबाट बिलबिजक जारी गर्नुपर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । उपभोक्तालाई गुणस्तरहीन र अखाद्य वस्तुको प्रयोगबाट जोगाउन आयात गरिने र नेपालमै उत्पादन गरिएका उपभोग्य वस्तुको गुणस्तर परीक्षण गरेर मात्र बिक्री वितरणको व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । चाडपर्वका समयमा दैनिक उपभोग्य सामग्रीमा हुने अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउँदै समितिले खाद्यान्न, ड्राइफुड, फलफूल, माछामासुलगायत उपभोग्य वस्तुको अत्यधिक र अस्वभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ । उपभोग्य वस्तु देशका सबै भूभागमा सहुलियत दर र सरल रुपमा पु¥याउन र उपभोग्य वस्तुको आवश्यकता अनुसारको भण्डारको व्यवस्था गर्न तथा खाद्यान्नमा मिसावट, कालोबजारी र कृत्रिम अभाव सिर्जना गरी ठगी गर्नेमाथि अनुगमन गरी कडाभन्दा कडा कारबाही गर्नसमेत समितिले उद्योग, वाणज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गरेको छ । समितिले यसअघि सरकारी संयन्त्रबाट भएको बजार अनुगमनको प्रगति, आगामी कार्ययोजनासहितको सम्पूर्ण विवरण समितिलाई उपलब्ध गराउन अनुरोध गरेको छ । चाडवाड अघि उपभोक्तालाई आवश्यक पर्ने खसीबोका, भेडा, च्याङ्ग्रा, हाँस, कुखुराको व्यवस्थापनका पक्ष र मरेका पशु चौपायाको बिक्री वितरण गर्ने कार्यमा तत्काल नियन्त्रण गर्न तथा पशुबधशालाको प्रभावकारी अनुगमन गरी त्यसको प्रतिवेदनसमेत समितिलाई उलब्ध गराउन निर्देशन दिइएको छ । ठूलोमात्रामा खाद्यान्नको कारोबार हुने चाडपर्वका बेला देशका विभिन्न भागमा पर्याप्त मात्रामा सहुलियत पसल खोली सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउन समितिले सरकारलाई आग्रह गरेको छ । त्यस्तै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन, चाडवाड अघि मूल्यवृद्धि तथा मूल्य समायोजन नगर्नसमेत सरकारलाई निर्देशन दिइएको छ । भारतबाट आयात हुने चामल कम गुणस्तरको रहेको जनगुनासो आएको भन्दै समितिले उक्त गुणस्तरहीन चामलको परिणाम र आयातकर्ताको सम्पूर्ण विवरण १० दिनभित्र समितिलाई उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गतका निकायको कार्यप्रगतिका बारेमा छलफल भएको थियो । बैठकमा वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, उद्योग सचिव यामकुमारी खतिवडा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईलगायतले सांसदले राखेका जिज्ञाशाको जवाफ दिनुभएको थियो ।

सरकारको निर्णयको स्वागत, प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षलाई गम्भीर र जिम्मेवार बन्न आग्रह

0
न्युनतम पारिश्रमिक निर्धारण समितिले संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक २५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। समितिको गत भदौ २४ र २५ गते काठमाडौंमा सम्पन्न बैठकले सञ्चार प्रतिष्ठानको वर्गीकरणका आधारमा ५० प्रतिशतसम्म पारिश्रमिक पुनरावलोकनको सिफारिस गरेको भए पनि एकमुष्ठ २५ प्रतिशत वृद्धि गर्ने निर्णयलाई समितिले सकारात्मक रुपमा लिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताए। यो निर्णयले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई फाइदा पुग्ने पराजुलीको विश्वास छ। यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षलाई गम्भीर र जिम्मेवार बन्न समितिले आग्रह गरेको छ। समितिको सुझाव अनुसार संचार प्रतिष्ठानको सवलीकरणका लागि पनि सरकारले उपयुक्त निर्णय लिने अध्यक्ष पराजुलीको विश्वास छ।

६३ औ प्रहरी दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

६३ औ प्रहरी दिवसको अवसरमा ४ नम्बर प्रदेशले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्यो। सम्मानित ब्याक्तिहरुलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, ४ प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दान सिंह बोहोरा लगायतले सम्मान गरे। कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम राना मगरले चार नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान प्राप्त गरे । चार नम्बर प्रदेशमा रहेका ११ जिल्ला मध्ये कास्कीमा अपराध अनुसन्धानमा विशेष काम गरेवापत उनलाइ सम्मान गरिएको हो । राना सहित कास्कीका ४ जना प्रहरी अधिकृतहरु सम्मानीत भए । कास्कीमा अपराध रोकथाम तथा नियन्त्रण एवं अनुसन्धान, सामुदायिक सेवा केन्द्रहरु परिचालन, सवारी दुर्घटना न्युनीकरण, लागुऔषध ओसारपसार एवं सेवन नियन्त्रण, फरार अपराधीहरुको खोजी तथा पक्राउ गर्नुको साथै समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख ओम रानालाई गण्डकी प्रदेशको ११ जिल्ला मध्ये उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मान गरेको हो । त्यसैगरी अपराध रोकथाम तथा अनुसन्धानमा उत्कृष्ट काम गर्दे बैदाम क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न बिशेष योगदान पु¥याउनुका साथै कार्यालय ब्यवस्थापनमा उत्कृष्ट रहेको भन्दै वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीलाई सम्मान गरिएको छ । कास्कीको ट्राफिक ब्यवस्थापनमा विशेष योगदान पु¥याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्ल सम्मानित भए । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदीलाई अपराध अनुसन्धानमा विशेष योगदान पु¥याएको भन्दै उत्कृष्ट अनुसन्धान अधिकृतको विधामा सम्मान गरीयो । चार नम्बर प्रदेशमा उत्कृष्ट साहसिक कार्य तर्फ ससस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी जवान ओम बहादुर सोमै, उत्कृष्ट साहसिक कार्य ९प्राकृतिक प्रकोप उद्दार तर्फ० जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर, उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य र उत्कृष्ट प्रहरी कार्य तर्फ ४ नं। प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी सम्मानित भएका छन । ।