पोप फ्रान्सीस अर्को वर्ष जापान जाने

0

भ्याटिकन सिटी । पोप फ्रान्सीसले आउँदो वर्ष आफू जापान जाने घोषणा बुधबार गरेका छन् ।

झण्डै ४० वर्ष अघि जोन पावल द्वितीयपछि पहिलो पटक उनले सन् २०१९ मा जापानको भ्रमण गर्ने भएका हुन् ।

‘मैले तपाईहरुसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि म अर्को वर्ष जापान आउनेछु,’ भ्याटिकनसिटीमा एउटा जापानीज टोलीसँगको भेटमा उनले भने । उनले आफ्नो यो चाहना पूरा हुने विश्वास पनि व्यक्त गरेका छन् ।

जापानी युवाहरुको सो टोलीले युवा र अनाथका लागि प्रशिक्षण कोष बनाउन सहयोग गर्न फ्रन्सीस जापान जान लागेका बताइएको छ ।

उनले भने, ‘तपाईहरु धर्म, संस्कृति र अर्थतन्त्रका लागि सँगसँगै मिलेर काम गर्न सक्नुहुन्छ, त्यो विश्वव्यापी रुपमा मानवताका लागि शान्तिपूर्ण रुपमा हुनुपर्दछ ।’

फ्रान्सीसले यसअघि फिलिपिन्स, सन् २०१४ मा श्रीलङ्का र त्यसपछि म्यान्मा तथा बङ्लादेशको भ्रमण गरेका थिए । जापानमा भने यसअघि पोप जोन पावल द्वितीयले सन् १९८१ मा भ्रमण गरेका थिए ।

अमेरिकाका पाँच राज्यमा संकटकाल घोषणा

0

अमेरिकाको पूर्वी तटस्थित इलाकामा जुन फ्लोरेन्स चक्रावतको खतरा छ, त्यो पछिल्लो तीन दशकको सबैभन्दा ठूलो चक्रवात हुने मौसम विभागले चेतावनी दिएको छ ।

मौसम विभागका अनुसार अटलान्टिकको तातो पानीबाट यो चक्रवातले शक्ति पाइरहेको छ र भविष्यमा यो थप शक्तिशाली हुने आशा गरिएको छ ।

अधिकारीले अबको ३६ घण्टामा चक्रवातका साथै पानीको स्तरमा वृद्धि भएको हुँदा तटीय इलाकामा जन र धनको खतरा बढ्न सक्ने अनुमान व्यक्त गर्दै तुरुन्त सो स्थान छोड्न निर्देशन दिएका छन् ।

उक्त चक्रवातको अवस्था हेरेर भर्जिनिया, मेरिल्याण्ड, वासिङ्टन, उत्तर र दक्षिण क्यारोलाइनामा संकटकालको घोषणा गरिएको छ ।

उत्तर क्यारोलाइनाका गभर्नर रोय कुपरले तत्काल तटीय इलाका छोड्न निर्देशन दिएका छन् । ‘त्यहाँ बसेर तपाईंहरुले आफ्नो ज्यान जोखिममा पार्दै हुनुहुन्छ,’ कुपरले भने, ‘हावा र वर्षा हुन थालेपछि मात्र अन्यत्र सर्छु भन्ने सोच त्याग्नुहोस् ।’

उनले मंगलबार मिडियासँगको कुराकानीमा उक्त चक्रवातलाई विशाल राक्षकको संज्ञा दिँदै यो निकै खतरनाक र ऐतिहासिक भएको बताएका छन् ।

फ्लोरेन्स अहिले कहाँ छ ?

अमेरिकी मौसम विभागको ताजा जानकारी अनुसार यो चक्रवात मंगलबार बेलुका उत्तरी क्यारोलाइनाभन्दा करिब एक हजार किलोमिटर टाढा थियो ।

उक्त जानकारीमा फ्लोरेन्स चक्रवात करिब २८ किलोमिटर प्रति घण्टाको गतीमा उत्तर–पश्चिमतर्फ बढिरहेको र बुधबार थप बलियो भएको उल्लेख गरिएको छ ।

यद्यपी, मौसम विभागमा अधिकारीले बिहिबार फ्लोरेन्स चक्रवात केही कमजोर हुनसक्ने अनुमान व्यक्त गरेका छन् । तर जमिनमा ठोक्किएपछि यो निकै खतरनाक आँधी हुने जानकारी दिएका छन् ।

फ्लोरेन्सले कति हानी पुर्याउन सक्छ ?

नेशनल हरिकेन सेन्टर (एनएचसी) ले फ्लोरेन्सलाई ‘अत्यधिक खतरनाक’ मौसमी घटना बताएको छ । यसले तटीय र भित्री इलाकामा भारी वर्षा र बाढीका कारण विनास निम्त्याउन सक्छ ।

एनएचसीले भन्यो, ‘फ्लोरेन्सका कारण घातक प्रभाव पैदा हुनसक्छ । तटमा १३ फुट अग्लो छाल आउन सक्छन् र करिब दुई सय किलोमिटर प्रति घण्टाको गतीमा चल्ने चक्रवातको शक्तिशाली हावाले भारी विनास निम्त्याउन सक्छ ।’

फ्लोरेन्स चक्रवातका कारण केही इलाकामा ६४ सेन्टिमिटरसम्म वर्षा हुनसक्छ र भारी वर्षाका कारण भित्री इलाकामा पानी भरिने र बाढी आउन सक्छ ।

अमेरिकाका केही चर्चित मौसम वैज्ञानिकका अनुसार फ्लोरेन्स चक्रवात सन् १९८९ मा आये ह्यूगो नामको त्यो आँधीभन्दा पनि भयानक हुनसक्छ जसका कारण ४९ को मृत्यु भएको थियो र अमेरिकालाई करिब सात सय करोड डलरको क्षती भएको थियो ।

यो चक्रावतले अमेरिकाको ब्रुन्सविक परमाणु संयन्त्रमाथि पनि खतरा छ किनभने उत्तरी क्यारोलाइनामा जुन स्थानमा यो चक्रावत जमिनमा ठोक्किने सम्भावना छ, यो संयन्त्र त्यहाँभन्दा केही मिल पर साउथपोर्टमा रहेको छ ।

मानिसहरुको कस्तो तयारी ?

यो चक्रवातका कारण अमेरिकाको पूर्वी तटको इलाकामा बस्ने करिब दस लाख मानिसहरुलाई सुरक्षित स्थानमा पुर्याउने कोसिस गरिँदै छ ।

दक्षिणी क्यारोलाइना, उत्तरी क्यारोलाइना र भर्जिनियाका केही हिस्सामा मानिसहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिइएको छ ।

अन्य प्रभावित क्षेत्रका निवासी अत्यावश्यक वस्तु संकलन गरिरहेका छन् । दक्षिणी क्यारोलाइनामा एक हार्डवेयर स्टोर चलाउने जोन जनसनले समाचार एजेन्सी एएफपीलाई मानिसहरुले ब्याट्री, फ्ल्याशलाइट्स र प्लाष्टिकको त्रिपाल खरिद गरिरहेको जानकारी दिए । केही पेट्रोल पम्प खाली भएका छन् ।

अहिलेसम्म राष्ट्रपति ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो चक्रवातका कारण शुक्रबार मिसिसिपीमा हुने र्याली रद्द गरेका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर र दक्षिण क्यारोलाइनाका लागि ‘संकटकालको घोषणा’ मा हस्ताक्षर गरेका छन् । साथै, चक्रवातलाई सामना गर्नका लागि संघीय कोषको मद्दत प्रदान गरेका छन् ।

मंगलबार बेलुका डोनल्ड ट्रम्पले भने, ‘सरकार फ्लोरेन्स चक्रवातसँग लड्न कुनै कसर छोडेको छैन ।’

 

पत्रपत्रिकाबाट चीनमा पैदलयात्रुमाथि कार जोतिँदा ९ को मृत्यु, ४३ घाइते

0

दक्षिणी चीनको निकै व्यस्त इलाका स्क्वायरमा पैदलयात्रुमाथि एक कार जोतिँदा ९ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यसबारे स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हुनान प्रान्तको हेंगयाङ्ग सिटीस्थित बिन्जियाङ स्क्वायरमा बुधबार स्थानीय समयानुसार बेलुका सात बजेर ४० मिनेटमा रातो एसयुभीले मानिसहरु जोतेको बीबीसीले बताएको छ । स्थानीय मिडियाका अनुसार घाइतेमध्ये केहीलाई चक्कुमार्फत हमला गरिएको थियो ।

आपराधिक पृष्ठभूमि रहेका ड्राइभरलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ । यद्यपी, उक्त घटना आतंक फैलाउन गरे नगरेको बारे अझै जानकारी नभएको बताइएको छ ।

स्थानीय सरकारको बयानमा उक्त घटना नियोजित र मानिसहरुलाई घाइते बनाउने उद्देश्यसहित गरिएको बताइएको छ ।

‘घाइतेलाई अस्पताल पुर्याइएको र अनुसन्धान थालिएको छ,’ उक्त बयानले भनेको छ ।

चीनियाँ मिडियामा सार्वजनिक भएको भिडियो फुटेजमा घटनापछि मानिसहरु तितरबितर भइरहेको देख्न सकिन्छ ।

स्वीट साम्राज्ञी (फोटोफिचर)

0

काठमाडौं – डेब्यु चलचित्रबाट चर्चा र सफलता दुवै हात पार्ने कमै सेलिब्रेटी छन् नेपाली चलचित्र नगरीमा । यो मामिलामा भाग्यमानी अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । साम्राज्ञीले पहिलो चलचित्र ‘ड्रिम्स’बाटै सफलता र चर्चा दुबै पाउन सफल भइन् । यहीँबाट उनी चलचित्र क्षेत्रमा स्थापित समेत भइन् ।

डेब्यु चलचित्रले उनलाई सम्भावना बोकेको नायिकाको रुपमा मात्र उभ्याएन, अफरको ओहिरो पनि दिलायो । अलि चुजी स्वभावकी उनले दर्जन चलचित्र अफर मध्ये ‘तिमीसँग’ रोजिन् । जुन चलचित्र आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

हुन त साम्राज्ञीको ‘तिमीसँग’को अभिनय हिसाबले दोस्रो चलचित्र हो । यो चलचित्र रिलिजमा केही ढिलाई भएका कारण रिलिजमा आउँदा भने तेस्रो भएको छ । ‘ड्रिम्स’ पछि साम्राज्ञीको परिलिजमा ‘एम मेरो हजुर २’ आएको थियो । यो चलचित्रम मार्फत पनि उनले अभिनयमा राम्रो छाप छोड्न सफल भइन् ।

यो चलचित्रको काम र स्टारक्रेज देखेर उनलाई अहिले चलचित्रमा लिनको लागि चलचित्रका निर्माता तँछाड मछाड गर्न थालेका छन् । तर दुई चलचित्र ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डन’ले भने उनलाई लिन सफल भएका छन् । यस चलचित्रको उनले सुटिङ सकाइ सकेकी छन् ।

राम्रै घरानाबाट चलचित्रमा भित्रिएकी उनको लवज, लवाइखुवाई र अन्य क्रियाकलापले उनी गम्भिर प्रक्रितिको भएको धेरैले अनुमान लगाए । उनी पनि अघिल्ला दुई चलचित्र निर्माण र प्रदर्शनमा समेत मिडियासँग खासै खुलिनन् । तर अहिले भने उनी मिडियासँग खुल्ने मात्र होइन भेटघाट समेत बाक्लो बनाइरहेकी छन् ।

उनी अहिले मिडियासँग उठबस त्यसै गरेकी होइनन् । उनको अभिनय रहेको चलचित्र ‘मितीसँग’ प्रचारका लागि उनले मिडियासँग उठबस चलाएकी हुन् । चलचत्रिको बिषयमा उनी भन्छिन् ‘व्यक्तिगत रूपमा आफैँलाई असाध्यै मन परेको चलचित्र हो ।  तिमीसँग लाग्छ, यस चलचित्रले पक्कै सफलता हासिल गर्छ ।’

पारिश्रमिक १० लाख नेपाली नायिकाहरु मध्ये सर्वाधिक पारिश्रमिक लिने नायिका हुन् साम्राज्ञी । उनले चलचित्र ‘कायरा’का लागि १० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।

शिशिर राणा निर्देशीत यो चलचित्र प्रचारको क्रममा भेटिएकी साम्रज्ञीलाई रातोपाटीले पनि आफ्नो क्यामरा समेत कैद गर्ने मौका पाएको थियो । सोकी समय खिचिएका साम्राज्ञीका केही तस्बिर यस्ता छन् ।